विशेष खबर

गौतमबुद्धको अवसरमा प्रधानमन्त्री प्रचण्डद्वारा शुभकामना व्यक्त

गौतमबुद्धको अवसरमा प्रधानमन्त्री प्रचण्डद्वारा शुभकामना व्यक्त

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै मानव जातिको सर्वाङ्गीण हित र शान्तिका लागि बौद्ध दर्शनका प्रवर्तक गौतम बुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय रहेको बताएका छन् । विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६८औँ जन्मजयन्तीका अवसरमा आज शुभकामना दिँदै उनले बुद्धको दर्शन र विचारले अहिंसा, सद्भाव र मानव कल्याणको बाटो देखाएकाले बुद्धका विचार विश्वभरि लोकप्रिय र कालजयी रहन सकेको बताए । प्रधानमन्त्री दाहालले शुभकामना सन्देशमा नेपाली भूमिमा जन्म लिएका बुद्धले सम्पूर्ण मानव जातिको कल्याणको सङ्कल्पसहित गृहत्याग गरी कठोर परिश्रमबाट बोधिज्ञान प्राप्त गरेको प्रसङ्ग महत्वपूर्ण रहेको उल्लेख गरेका छन् । गौतम बुद्धले देखाएको अहिंसा, शान्ति, मानव कल्याणको…
पुरा पढ्नुहाेस्
स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव: सुदूरपश्चिममा आंशिक बदली

स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव: सुदूरपश्चिममा आंशिक बदली

काठमाडौँ । नेपालमा हाल स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र मधेस प्रदेशसहित देशका  पहाडी भूभागमा आंशिक बदली रहेको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी  प्रदेशको पहाडी भूभागका थोरै  स्थानहरूमा साथै बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी  र  गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति कोशी प्रदेश लगायत बागमती, गण्डकी र कर्णाली…
पुरा पढ्नुहाेस्
सन्दीपको निलम्बन फुकुवा: विश्वकप खेल्ने बाटो खुल्यो

सन्दीपको निलम्बन फुकुवा: विश्वकप खेल्ने बाटो खुल्यो

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनबाट सफाइ पाए सँगै नेपाल क्रिकेट संघ (क्यान) ले  गरेको निलम्बन पनि फुकुवा भएको छ । बलात्कार मुद्दामा दोषी भनिएका लामिछानेलाई आज उच्च अदालत पाटनले सफाई दिए पछि नेपाल क्रिकेट संघ (क्यान) ले उनी विरुद्ध गरेको निलम्बन एक विज्ञप्ति जारी फुकुवा गरेको जनाएको छ । बुधबार क्यानले लामिछानेको निलम्बन फुकुवा गरेसँगै उनको अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने बाटो खुला भएको छ । यसअघि बुधबार नै उच्च अदालत पाटनले लामिछानेलाई सफाइ दिएको थियो । ‘सम्मानित उच्च अदालत पाटनको मिति २०८१ जेठ २ को फैसला बमोजिम नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा…
पुरा पढ्नुहाेस्
आज पनि सन्दीपको मुद्दामा सुनुवाइ

आज पनि सन्दीपको मुद्दामा सुनुवाइ

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर गरिएको मुद्दामा आज पनि सुनुवाइ हुने भएको छ । उच्च अदालत पाटनमा क्रीकेट लामिछानेविरुद्ध दायर गरिएको जबरजस्ती करणीसम्बन्धी मुद्दामा जारी बहस नसकिएपछि मंगलबार  हेर्दाहेर्दैमा राखिएको थियो । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस भइरहेको छ । न्यायाधीशद्वयले यो मुद्दामा हिजो बहस सक्नुपर्ने भन्दै वरिष्ठ अधिवक्ताहरूलाई समेत बहसमा समय निर्धारण गर्दै कडाइ गरे पनि बहस पूरा हुन सकेन । बहस नसिकएपछि हेर्दाहेर्दै आजका लागि पेशी राखिएको हो। हिजो सरकारका तर्फबाट रत्नकेशरी महर्जन र प्रकाश घिमिरेले बहस गरेका थिए। उनीहरूपछि लामिछानेका कानुन व्यवसायीहरूले बहस गरे । लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, रमण श्रेष्ठ,…
पुरा पढ्नुहाेस्
संघीय संसद्‍को बजेट अधिवेशन आह्वान

संघीय संसद्‍को बजेट अधिवेशन आह्वान

काठमाडौं । बिहिवार बसेको मन्त्रिपरिषद्को बैठकले संसद्को बजेट अधिवेशन आह्वान गरेको छ । बैठकको सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते शुक्रबार दिउँसो २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा बस्ने गरी संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् । बजेट अधिवेशनलाई बर्खे अधिवेशन पनि भनिन्छ । सरकार अहिले बजेट निर्माणको चरणमा छ । आगामी जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट संसद्मा पेश हुनेछ ।
पुरा पढ्नुहाेस्
काङ्ग्रेसले प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता लियो

काङ्ग्रेसले प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता लियो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन नेपाली काङ्ग्रेसले फिर्ता लिएको छ । आज पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले समर्थन फिर्ता लिने र प्रतिपक्षमा बस्ने निर्णय गरे सँगै काङ्ग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको हो । बैठकले इलाम र बझाङको उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय पनि गरेको छ ।
पुरा पढ्नुहाेस्
नेपाललाई ४ विकेटले पराजित गर्दै नेदरल्यान्ड्सले उचाल्यो उपाधि

नेपाललाई ४ विकेटले पराजित गर्दै नेदरल्यान्ड्सले उचाल्यो उपाधि

काठमाडौँ । त्रिकाणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेपाललाई पराजित गर्दै नेदरल्यान्ड्सले सिरिजको उपाधि जितेको छ । मंगलबार आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा नेपाललाई ४ विकेटले पराजित गर्दै नेदरल्यान्ड्सले सिरिजको उपाधि हात पारेको हो । जितका लागि चाहिएको १ सय ८५ रनको लक्ष्य नेदरल्यान्ड्सले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो । नेदरल्यान्ड्सका लागि माइकल लेभिटले ५४ रन, सायब्रान्ड इन्गलब्रेचले ४८ रन, विक्रमजित सिंहले २९ रन तथा म्याक्स ओ'दाउदले २२ रन बनाए । नेपालका लागि कुशल मल्लले ४ तथा अविनाश बोहरा र दिपेन्द्र सिंह ऐरीले १-१ विकेट हात पारे । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले…
पुरा पढ्नुहाेस्
कर्णाली प्रदेशका तीन मन्त्रीले दिए राजीनामा

कर्णाली प्रदेशका तीन मन्त्रीले दिए राजीनामा

कर्णाली । कर्णाली प्रदेशका तीन जना मन्त्रीले राजीनामा दिएका छन्। नेपाली कांग्रेसबाट प्रदेश सरकारमा सहभागी तीन जना मन्त्रीले मंगलबार अपराह्न मुख्यमन्त्री राजकुमार शर्मासमक्ष राजीनामा पत्र बुझाएका हुन्। शर्मा माओवाादी केन्द्रबाट निर्वाचित सांसद हुन्। सोमबार केन्द्रको कांग्रेस-माओवादी गठबन्धन टुटेपछि कर्णालीमा कांग्रेसबाट सहभागी मन्त्रीहरूले राजीनामा दिएका हुन्। राजीनामा दिनेमा कर्णालीका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंह, सामाजिक विकास मन्त्री खड्कबहादुर पोखरेल र उद्योग, पर्यटन तथा वातावरण मन्त्री कृष्णकुमार विसीले पदबाट राजीनामा दिएका हुन्।
पुरा पढ्नुहाेस्
रास्वपाको सरकारमा जाने निर्णय

रास्वपाको सरकारमा जाने निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले सरकारमा जाने निर्णय गरेको छ । सोमबार बिहान केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकबाट नयाँ समीकरणमा सरकारमा जाने निर्णय गरिएको हो । जसमा रास्वपाले सरकारमा कति सिट लिने र क–कसलाई मन्त्री बनाउने भन्ने टुंगो लगाउने अधिकार सभापति एवं संसदीय दलका नेता रवि लामिछानेलाई दिइएको छ । वर्तमान सत्ता गठबन्धन भत्किएर नयाँ समीकरणका साथ सरकार बनाउने गरी पछिल्लो समय राजनीतिक घटनाक्रम विकास भएको छ ।
पुरा पढ्नुहाेस्
एकिकृत अखिल नेपाल शिक्षक संगठन बर्दगोरियाको तेस्रो गाउँ परिषद सम्पन्न

एकिकृत अखिल नेपाल शिक्षक संगठन बर्दगोरियाको तेस्रो गाउँ परिषद सम्पन्न

बर्दगोरिया । एकिकृत अखिल नेपाल शिक्षक संगठन बर्दगोरिया गाउँ कमिटीको तेस्रो गाउँ परिषद शनिवार सम्पन्न भएको छ । एकिकृत अखिल नेपाल शिक्षक संगठन बर्दगोरिया गाउँ कमिटी अध्यक्ष पुष्कर सुनारको अध्यक्षतामा भएको कार्यक्रममा बर्दगोरिया गाउँपालिका उपाध्यक्ष तथा नेकपा माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश सचिवालय सदस्य गणेश राज गिरी (लालदीप) रहेका थिए । यस्तै कार्यक्रममा विशिष्ट अतिथि पार्टी जेष्ठ नागरिक सुदुरपश्चिम प्रदेश कमिटी सदस्य तथा बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मनऋषि आचार्य, पार्टी बर्दगोरिया गाउँ कमिटी अध्यक्ष राम बहादुर साउद (आएम), रहेका थिए । कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै उपाध्यक्ष गिरीले बर्दगोरिया गाउँपालिका तथा आफ्नो व्यक्तिगत तर्फबाट कुनै पनि शिक्षक…
पुरा पढ्नुहाेस्