बर्दगोरिया ६ मा आगलागी, करिब साढे ८ बिघा गहुँ जलेर नष्ट

बर्दगोरिया ।  कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ स्थित फुलवारी देखि जोशीपुर गाउँपालिका ६ पकरिया सम्म लगाइएको गहुँखेतमा आगलागी भएको छ ।

पालिकाको वडा नम्बर ६ को जोकाही देखि जोशीपुर गाउँपालिका ६ पकरिया सम्म करिब साढे ८ बिघा जमिनमा लगाइएको गहुँमा आगलागी भएको हो ।

जसमा बर्दगोरिया गाउँपालिका तर्फ करिब डेढ बिघाहामा लगाएको गहुँबाली नष्ट भएको ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाले जनाएको छ भने जोशीपुर तर्फको करिब ७ बिघा २ कट्ठामा लगाएको गहुँ बाली जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय जोशीपुरले जनाएको छ ।

करिब बिहान ११ बजे तिर लागेको आगो ईलाका प्रहरी कार्यालय सडकपुर बौनिया, ईलाका प्रहरी कार्यालय जोशीपुर, शस्त्र बेश क्याम्प झगडपुर, स्थानीय वासी र टिकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका र घोडाघोडी नगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय बौनियाले नजाएको छ ।

आगो एक स्थानीय नाबालकले खेल्ने क्रममा लगाइएको बुझिएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार