बर्दगोरियामा सरसफाइ तथा विपद् व्यवस्थापन सामाग्री वितरण

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा सरसफाई तथा विपद् व्यवस्थापन सामाग्री वितरण गरिएको छ ।

पालिकाको वन वातावरण तथा विपद व्यवस्थापन शाखाको आयोजनामा शुक्रबार सरसफाई तथा विपद् व्यवस्थापन सम्बन्धिका सामाग्री वितरण गरिएको हो ।

उक्त सामाग्री पालिकाका १७ वटा सामुदायिक बिद्यालय, पालिकाका ६ वटै स्वास्थ्य कार्यालय, ६ वटै वडा कार्यालय, ईलाका प्रहरी कार्यालय सडकपुर बौनिया, मुडा बजार र बौनिया बजार व्यवस्थापन समितीलाई वितरण गरिएको वन वातावरण तथा विपत व्यवस्थापन शाखाले जानकारी दिएको छ ।

शाखाका अनुसार सामुदायिक बिद्यालय, गाउँपालिका कार्यालय, वडा कार्यालय, प्रहरी कार्यालय, सामुदायिक स्वास्थ्य इकाई लगाएत बजारमा हुने फोहोर लाई व्यवस्थापन गर्ने उद्देश्यका साथ उक्त १ सय ७० ओटा फोहोर व्यवस्थापन सामाग्री वितरण गरिएको हो । यस्का साथै गाउँपालिका भवन, वडा कार्यालय र सामुदायिक स्वास्थ्य इकाईका लागि ३० ओटा fire extinguisher (आगो निभाउने उपकरण) समेत वितरण गरिएको छ ।

वन वातावरण तथा विपद व्यवस्थापन शाखा संयोजक तथा वडा नम्बर ४ का वडा अध्यक्ष जगत बहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले पालिकाले आफुहरुले विपत व्यवस्थापनमा निरन्तर ध्यानाकर्षण सहित अगाडि बढेको बताउदै आउदो आर्थिक वर्षमा दमकलको समेत व्यवस्थापन गर्ने बताए । यस्तै विपत व्यवस्थापन कार्यमा सबैले पुर्व सतर्कता अपनाउदै पालिकालाई समेत सहयोग गर्न अनुरोध गरे ।

यस्तै कार्यक्रम लाई समापन गर्दै वन वातावरण तथा विपद व्यवस्थापन शाखा संयोजक तथा वडा नम्बर ४ का वडा अध्यक्ष जगत बहादुर शाहीले आफ्नो शाखा विपत व्यवस्थापन कार्यमा निरन्तर लागि रहेको बताउदै बर्दगोरियालाई प्लास्टिक मुक्त पालिका बनाउदै हरियाली पालिकामा रुपान्तरण गर्न सबै आम सरोकारवाला पक्ष एकजुट हुन समेत अनुरोध गरे ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार