एकिकृत अखिल नेपाल शिक्षक संगठन बर्दगोरियाको तेस्रो गाउँ परिषद सम्पन्न

बर्दगोरिया । एकिकृत अखिल नेपाल शिक्षक संगठन बर्दगोरिया गाउँ कमिटीको तेस्रो गाउँ परिषद शनिवार सम्पन्न भएको छ ।

एकिकृत अखिल नेपाल शिक्षक संगठन बर्दगोरिया गाउँ कमिटी अध्यक्ष पुष्कर सुनारको अध्यक्षतामा भएको कार्यक्रममा बर्दगोरिया गाउँपालिका उपाध्यक्ष तथा नेकपा माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश सचिवालय सदस्य गणेश राज गिरी (लालदीप) रहेका थिए ।

यस्तै कार्यक्रममा विशिष्ट अतिथि पार्टी जेष्ठ नागरिक सुदुरपश्चिम प्रदेश कमिटी सदस्य तथा बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मनऋषि आचार्य, पार्टी बर्दगोरिया गाउँ कमिटी अध्यक्ष राम बहादुर साउद (आएम), रहेका थिए ।

कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै उपाध्यक्ष गिरीले बर्दगोरिया गाउँपालिका तथा आफ्नो व्यक्तिगत तर्फबाट कुनै पनि शिक्षक कर्मचारीलाई विस्ताबित नगरी उनीहरुलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने बारेमा आफुहरुको ध्यान केन्द्रिय भएको छ । शिक्षाबिना मानिसको जीवन अन्धकार हुने हुँदा सर्वप्रथम आफुले दिने शिक्षामा चुस्त दुरुस्त रुपमा निडर भइ आफ्नो कर्तव्य पूरा गर्नु होला । कसले के भन्छ? भन्ने कुरामा ध्यान केन्द्रिय नगरी आफ्नो कर्तव्य पूरा गर्नुहोला । अरुको भ्रम पुर्ण कुरामा नलागी आआफ्नो स्थानमा निडर भइ लाग्न सम्पुर्ण शिक्षकहरुमा आग्रह गरे । पालिकाले कुनै पनि पेशागत शिक्षक, शिक्षिका, कर्मचारीहरुलाई राजनीति भागबन्डा नगरी उनीहरुलाई थप हौसला प्रदान गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने गरि वातावरणमा सृजना गर्ने छ । त्यसैले आफुहरुमा कहि कतै अन्यायपूर्ण व्यवहार हुन्छ कि भन्ने कुरामा चिन्ता नगर्नु होला ।

यस्तै कार्यक्रमलाई विशिष्ट अतिथिको आसन बाट सम्बोधन वडा नम्बर ३ का वडा अध्यक्ष मनऋषि आचार्यले शिक्षक हरुको पेशागत हकहितकाको लागि पालिका एकेबद्धता भएको बताए । यद्यपि यदि कहि कतै बाट शिक्षक कर्मचारीको हकहित विपरीत कार्य गरेमा आफुहरुलाई स्वीकार्य नहुने बताए ।

यस्तै पार्टी केन्द्रको तर्फबाट सम्बोधन गर्दै नेकपा माओवादी केन्द्र बर्दगोरिया गाउँ कमिटी अध्यक्ष राम बहादु साउद (आएम) ले पार्टी निरन्तर आफ्ना विभिन्न भातृ संगठनको अधिकारका निम्ति अगाडि नै रहेको छ । यद्यपि पार्टीले अहिके समग्र देशको नेतृत्व गरिरहेका बेला कहि कतै बाट कसैलाई पनि विभेद पुर्ण व्यवहार गरेको छैन, र गर्ने छुट पनि छैन । त्यसैले पार्टीले कतै आफुहरुलाई अन्यायपूर्ण व्यवहार गर्छकी भन्ने कुरामा दोधार नहुनु होला । कतै कसैबाट अन्यायपूर्ण व्यवहार भएको पाइएमा पार्टी कार्यालय सम्पर्क गर्न आग्रह गर्दै ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै वक्ताहरूले शिक्षक संगठन भनेको शिक्षक कर्मचारीहरुको हक हितको लागि बनाएको भएपनि पछिल्लो समयमा बाहिरी रुपमा आएको विभिन्न होहल्लाक कारण केही शिक्षकहरुमा निराशाजनक अवस्था सृजना भएको छ । त्यसैले यस्मा आफ्ना पार्टीमा आस्थावान शिक्षक कर्मचारीको हकहितमा स्थानीय सरकारमा रहेका पार्टीका प्रतिनिधि तथा पार्टीका माथिल्ला कमिटीमा रहेका नेतागण्हरुले विशेष ध्यान दिदै थप हौसला प्रदान गरि आफ्नो अभिभवक्तोलाई निर्वाह गर्न समेत आग्रह गरे ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार