सुनको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बिहिवार नेपाली बजारमा पहेलो धातु सुनको मुल्य नेपाली घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ हजार ८ सय रुपैयाँले घटेको हो ।

जस अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३८ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३८ हजार  ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४० हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसै गरी आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदी तोलामा ३५ रुपैयाँले घटेर तोलामा १८६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो चाँदी तोलाको १९ सय रुपैयाँमा कारोबार भएको थियो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार