कर्णाली प्रदेशका तीन मन्त्रीले दिए राजीनामा

कर्णाली । कर्णाली प्रदेशका तीन जना मन्त्रीले राजीनामा दिएका छन्।

नेपाली कांग्रेसबाट प्रदेश सरकारमा सहभागी तीन जना मन्त्रीले मंगलबार अपराह्न मुख्यमन्त्री राजकुमार शर्मासमक्ष राजीनामा पत्र बुझाएका हुन्।

शर्मा माओवाादी केन्द्रबाट निर्वाचित सांसद हुन्। सोमबार केन्द्रको कांग्रेस-माओवादी गठबन्धन टुटेपछि कर्णालीमा कांग्रेसबाट सहभागी मन्त्रीहरूले राजीनामा दिएका हुन्।

राजीनामा दिनेमा कर्णालीका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंह, सामाजिक विकास मन्त्री खड्कबहादुर पोखरेल र उद्योग, पर्यटन तथा वातावरण मन्त्री कृष्णकुमार विसीले पदबाट राजीनामा दिएका हुन्।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार