बर्दगोरिया-३ मा विपन्न वर्गका नागरिकलाई बङ्गुरका पाठापाठी वितरण

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाले ३१ जना विपन्न वर्गलाई बङ्गुरका पाठापाठी वितरण गरेको छ । पालिकाको पशु सेवा शाखाले वडा नम्बर ३ मा रहेका विपन्न वर्गको आयआर्जनका लागि शनिबार पाठापाठी वितरण गरेको हो।

शाखाको आर्थिक वर्ष २०८०/८१ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत वडा नम्बर ३ मा रहेका दलित, एकल महिला ,मुक्तकमैया गरि ३१ जनालाई छनोट गरि उनीहरूको आयआर्जन उकास्न मद्दत पुराउने उदेश्यले निःशुल्क रूपमा बङ्गुरका पाठापाठी वितरण गरिएको शाखा प्रमुख जयप्रसाद कोइरालाले बताए ।

पालिका अध्यक्ष कर्ण बहादुर कुवर, उपाध्यक्ष गणेश राज गिरि,वडा नम्बर ३ का वडा अध्यक्ष मनऋषि आचार्यले संयुक्त रूपमा उनीहरूलाई बङ्गुरका पाठापाठी वितरण गरेका थिए । सो क्रममा पालिका अध्यक्ष कुवरले समाजमा रहेका विपन्न वर्गको जिवनस्त्तर माथि उकास्न र व्यवसायीक बन्न सहयोग पुर्याउने उदेश्यले पाठापाठी वितरण गरिएको बताए।

विपन्न वर्गको आर्थिक सशक्तीकरणलाई सघाउने पालिकाको उद्देश्य हो”, अध्यक्ष कुवरले भने, “बङ्गुरपालन सहज र मासु खपत पनि राम्रो रहेकाले घरमै बसेर आम्दानी गर्न सकिने व्यवसाय भएको हुँदा यसको सही सदुपयोग गर्न आग्रह गरे ।

पालिका अध्यक्ष कुवरले भने – हामीले दिएका बङ्गुरलाई पालेर व्यवसाय विस्तार गर्नुहोला। केही दिन पालेर काटेर खाने होइन”, उनले भने, “हामी निरन्तर अनुगमनमा आउने छौँ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार