
एसईई नतिजा; नोबेल मा.बि. ले गर्यो उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद सहित सम्मान
बर्दगोरिय । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा सञ्चालित नोबेल माध्यमिक विद्यालयले शैक्षिकसत्र २०८१ को एसईई परीक्षामा पालिकामै सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई नगत सहित सम्मान गरेको छ । विद्यालयले मंगलबार एक कार्यक्रमको आयोजना गर्दै शैक्षिकसत्र २०८१ को एसईई परीक्षामा पालिकामै सर्वोत्कृष्ट जिपिए ल्याउदै प्रथम,द्दितिय, तृतीय र चौथो स्थान हासिल गर्ने भावना कुमारी बम, पुजा पुरी, धर्म सिंह शेठ्ठी र झरना भण्डारीलाइ क्रमशः जनही नगद ५०००, ४०००, ३००० र २००० सहित सम्मान गरेको हो । राष्ट्रिय परिक्षा बोर्डले गत शनिबार सार्वजनिक गरेको एसईई परिक्षाको नतिजामा भावना कुमारी बमले ३.८७ जिपिए ल्याउँदै बर्दगोरिया गाउँपालिकामा प्रथम स्थान हासिल गर्न सफल भएकी हुन…