लम्कीचुहा-१० ले भन्यो सडक छेउछाउमा पशुचौपाया नबाध्नुस

बर्दगोरिया । कैलालीको लम्कीचुहा नगरपालिकाका वडा नम्बर १० ले सडक छेउछाउमा पशुचौपाया नवाँध्न तथा भौतिक संरचना निमार्ण सामाग्री नथुर्पान अनुरोध गरेको छ ।

वडाले आज एक सुचना सार्वजनीक गर्दै वडा भित्रका सडक छेउछाउमा ढुङ्गा ,बालुवा नथुपार्न, घरपालुवा पशुचौपाया नबाध्न अनुरोध गरेको हो ।

साघुरो सडक भएका कारण सडक छेउछाउमा भवन निमार्ण सामाग्री तथा पशुचौपाया वाँध्नाले सडक दुर्घटनाको जोखिम बढेको वडा अध्यक्ष हर्क बहादुर कठरियाले बताए । उनले भने सडक दुर्घटना न्यूनिकरण गर्दै सुन्दर वडा बनाउने उद्देश्यका साथा सडक छेउछाउमा पशुचौपाया नवाँध्न तथा भौतिक संरचना निमार्णका सामाग्री नथुर्पान आज एक सूचना मार्फत सम्पुर्ण वडा बासीहरुलाई जानकारी दिएका छौं । उक्त सुचनाको यदि कसैले अटेर गरि वेवास्ता गरेमा वडा कार्यालयले कानुन बमोजिम कार्बाही गर्न सक्ने छ ।

साथै बर्षातको समयमा सडक छेउछाउमा अन्नबाली र तरकारी बाली रोप्ने कार्यले सवारी साधन आवगमनमा समस्या सिर्जना हुने, र सडक छेउछाउ भत्किनुका साथै दुर्घटनाको जोखिम समेत रहने हुँदा अब उपरान्त त्यस्तो कार्य नगर्न नगराउन समेत सुचनामा उल्लेख गरिएको छ ।

यस्तै वडा अध्यक्ष कठरियाले वडावासीहरुलाई आआफ्नो घर अगाडिका नाला थुनिएको पाईएमा सरसफाई गरि सहयोग गर्न समेत अपिल समेत गरेका छन ।

सूचना..

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार