बर्दगोरिया-५ मा १ दिने निःशुल्क पशु स्वास्थ्य चेकजाँच तथा खोप शिविर सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा संचालन गरिएको १ दिने निःशुल्क पशु स्वास्थ्य चेकजाँच तथा खोप शिविर कार्यक्रम सम्पन्न भएको छ ।

सोमबार गाउँपालिका पशु सेवा शाखा प्रमुख जयप्रकास कोइरलाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेशराज गिरी (लालदीप) रहेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष गिरीले पशु स्वस्थ रहे मात्र मानिस स्वस्थ रहने बताए । मानिसलाई लाग्ने विभिन्न प्रकारका रोगहरु मध्ये आधा भन्दा बढी रोगहरु पशु बाट सर्ने हुदा पशु स्वस्थ रहन जरुरी रहन्छ । त्यसकारण बर्दगोरिया गाउँपालिकाले मानिसहरू स्वास्थ्य सँगै पशु स्वास्थ्य लाई पनि प्राथमिकतामा राखेको छ । जस अनुसार पालिकाको पशु सेवा शाखाले हरेक वर्ष विभिन्न वार्षिक कार्यक्रमको आयोजना गर्दै गाउँ-गाउँ मा पशुको स्वास्थ्य चेकजाँच गर्नुका साथै निशुल्क औषधि समेत वितरण गर्दै आएको छ । अन्य समयमा भने पालिकाको पशु सेवा शाखा मुडा, र वडा नम्बर ६ मा रहेको पशु सेवा इकाई मार्फत पशुपालक कृषक हरुलाइ सेवा दिदै आएको बताए ।

शिविरमा बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ का वडा भोलेराम चौधरी, वडा सदस्यहरुको सहभागिता रहेको थियो ।

शिविरबाट वडाका २ सय २७ पशुपालक कृषकहरूका ८ सय ३५ पशुहरुको स्वास्थ्य चेकजाँच गरिएको थियो । जस मध्ये २ सय पशुहरुमा लम्फी स्कीन रोग विरुद्ध खोप लगाइएको थियो भने १० ओटा कुकुरहरू लाई रेविज विरुद्धको खोप लगाइएको थियो । यस्तै अन्य पशुहरुलाई विभिन्न प्रकारका औषधि वितरण गरिएको पशु सेवा शाखाका पशु प्राविधिक अनिल ओलीले जानकारी दिए ।

शिविर पशु सेवा शाखाको आर्थिक वर्ष २०८०/०८१ का विनियोजित बजेट संञ्चालन गरिन लागेको हो । कार्यक्रमको संचालन पशु सेवा प्राविधिक अनिल ओलीले गरेका थिए ।

यस्तै शिविरमा वडा नम्बर ६ मा रहेको पशु सेवा इकाईको समेत प्राविधिक सहयोग रहेक्क थियो । जसमा इकाई प्रमुख युवराज कठरियाको समेत सहभागिता रहेको थियो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार