मुख्य समाचार

उपल्लो मुस्ताङमा बाढी बगायो ७ पुल, डेढ करोड बढीको क्षति

उपल्लो मुस्ताङमा बाढी बगायो ७ पुल, डेढ करोड बढीको क्षति

मुस्ताङ । उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले पुर्‍याएको क्षतिको प्रारम्भिक अनुगमनका लागि अनुगमन सुरु भएको छ । लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङ, उपाध्यक्ष छ्युमी बिष्ट, प्रमुख प्रशासकीय अधिकृत विकास केसी, गाउँपालिकाका प्राविधिक टोली, पाँचवटै वडाका वडाध्यक्ष तथा सदस्यलगायत नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षा प्रतिनिधिहरूले संयुक्त रूपमा बाढीले त्यहाँ पुर्‍याएको क्षति यकिन गर्न बुधबार अनुगमन गरेका छन् । बाढीले तीनवटा पक्की पुलसहित गाउँपालिकाको शाखा सडकमा कुल सातवटा पुलमा क्षति पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केसीले जानकारी दिए । यसबाट डेढ करोडभन्दा बढी नोक्सान भएको अनुमान गरिएको उनले बताए । प्रमुख प्रशासकीय अधिकृत केसीका अनुसार मङ्गलबार साँझ लोमान्थाङ—४ चुम्जुङस्थित छुआमा खोलाको बाढीले…
पुरा पढ्नुहाेस्
माैसम पूर्वानुमान: देशभर मनसुनी वायुको प्रभाव, यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

माैसम पूर्वानुमान: देशभर मनसुनी वायुको प्रभाव, यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। जसको प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ । सबै प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको…
पुरा पढ्नुहाेस्
किसानलाई २२ प्रजातिका बिरुवा निःशुल्क वितरण

किसानलाई २२ प्रजातिका बिरुवा निःशुल्क वितरण

तनहुँ । जिल्लाका किसानलाई डालेघाँसको सहज व्यवस्था होस् भन्ने उद्देश्यले डिभिजन वन कार्यालय तनहुले २२ प्रजातिका बिरुवा निःशुल्क वितरण गरेको छ । उक्त कार्यालयले यो वर्ष किसानलाई ४० हजार बिरुवा वितरण गर्ने लक्ष्य लिएको जनाएको छ । सहायक वन अधिकृत राजकुमार श्रेष्ठका अनुसार किसानलाई कार्यालयको नर्सरीमा उत्पादित चाँप, खयर, निम, चिउरी, कटहर, बकाइनो, राइखन्यु, निमारो, अमला, हर्रो, टिमुर, बडहर, तेजपात, कुरिलो, कपुर, धुपी, अशोका, बेल, वर, पिपल, म्याङ्गोस्टिक, कल्कीफूलका बिरुवा वितरण गरिएको हो । गत आर्थिक वर्षमा कार्यालयले ८२ हजार बिरुवा वितरण गरेको थियो । जिल्लाका कूल क्षेत्रफलमध्ये करीब ७२ हजार ८० हेक्टर वनले ओगेटेको छ । जिल्लाभर ६ सय…
पुरा पढ्नुहाेस्
एसईई नतिजा; नोबेल मा.बि. ले गर्‍यो उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद सहित सम्मान

एसईई नतिजा; नोबेल मा.बि. ले गर्‍यो उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद सहित सम्मान

बर्दगोरिय । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा सञ्चालित नोबेल माध्यमिक विद्यालयले शैक्षिकसत्र २०८१ को एसईई परीक्षामा पालिकामै सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई नगत सहित सम्मान गरेको छ । विद्यालयले मंगलबार एक कार्यक्रमको आयोजना गर्दै शैक्षिकसत्र २०८१ को एसईई परीक्षामा पालिकामै सर्वोत्कृष्ट जिपिए ल्याउदै प्रथम,द्दितिय, तृतीय र  चौथो स्थान हासिल गर्ने भावना कुमारी बम, पुजा पुरी, धर्म सिंह शेठ्ठी र झरना भण्डारीलाइ क्रमशः जनही नगद ५०००, ४०००, ३००० र २००० सहित सम्मान गरेको हो । राष्ट्रिय परिक्षा बोर्डले गत शनिबार सार्वजनिक गरेको एसईई परिक्षाको नतिजामा भावना कुमारी बमले ३.८७ जिपिए ल्याउँदै बर्दगोरिया गाउँपालिकामा प्रथम स्थान हासिल गर्न सफल भएकी हुन…
पुरा पढ्नुहाेस्
मौसम पूर्वानुमान; देशभर मनसुनी वायुको प्रभाव, यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान; देशभर मनसुनी वायुको प्रभाव, यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तर तर्फ पश्चिम नेपालको केही नजिक रहेको छ। जसको प्रभावले हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ । मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । लुम्बिनी प्रदेशको एक–दुई स्थानमा भारी वर्षा पनि भइरहेको छ। आज दिउँसो देशभर साधरणतया बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा…
पुरा पढ्नुहाेस्
मंगलबार देखि लागुहुने गरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि

मंगलबार देखि लागुहुने गरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा उच्च मूल्यवृद्धि गरेको छ । आयल निगमले साेमबार प्रेस विज्ञप्ति जारी गर्दै यसबारेमा जानकारी दिएकाे हाे । निगमले मंगलबारबाट लागू हुने गरी पेट्रोलमा ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ४ रुपैयाँले मूल्य बढाइएको छ । त्यस्तै आन्तरिक हवाई इन्धनमा ७ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति किलोलिटर ६० डलर मूल्य बढेको छ ।
पुरा पढ्नुहाेस्
एस.ई.ई. परीक्षा; नोबेल मा.वि बन्यो उत्कृष्ट नतिजा ल्याउँदै बर्दगोरियामा प्रथम

एस.ई.ई. परीक्षा; नोबेल मा.वि बन्यो उत्कृष्ट नतिजा ल्याउँदै बर्दगोरियामा प्रथम

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा सञ्चालित नोबेल माध्यमिक  विद्यालयले शैक्षिक सत्र २०८१ को एस. ई.ई. परीक्षामा पालिकामै उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । पालिकाका ६ वटा सामुदायिक र ४ वटा संस्थागत माध्यमिक विद्यालयलाई पछि पार्दै संस्थागत विद्यालयका रूपमा सञ्चालित नोबेल माध्यमिक विद्यालय पालिकामै उत्कृष्ट नतिजा सहित प्रथम हुन सफल भएको छ । नोबेल माध्यमिक विद्यालय अघिल्लो शैक्षिक सत्रमा पालिकामै समेत उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालय हो । यस शैक्षिक सत्र २०८१ मा पनि ३.८७ जिपिए ल्याउँदै प्रथम, ३.८४ र ३.७८ जिपिए ल्याउँदै पालिकामै द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भएको हो । विद्यालयमा नियमित…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा एसइई को नतिजा: ४६ दशमलव ३५ प्रतिशत विद्यार्थी उत्तीर्ण 

बर्दगोरियामा एसइई को नतिजा: ४६ दशमलव ३५ प्रतिशत विद्यार्थी उत्तीर्ण 

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा एसइई परीक्षामा सहभागी भएका ४६ दशमलव ३५% विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी कुल ६ सय ५८ जना विद्यार्थीमध्ये ३ सय ५ जना विद्यार्थी उत्तीर्ण भएका हुन । उत्तीर्ण भएका मध्ये ३४ दशमलव ३१% सामुदायिक विद्यालय र ८९ प्रतिशत ३९% विद्यार्थी संस्थागत विद्यालयका हुन । सामुदायिक विद्यालयबाट सहभागी कुल ५ सय ४५ विद्यार्थीमध्ये १ सय ८७ जना अर्थात् ३४ दशमलव ३१% विद्यार्थी उत्तीर्ण भएका छन् । भने संस्थागत विद्यालयबाट सहभागी भएका १ सय ३२ जनामध्ये १ सय १८ जना अर्थात् ८९ दशमलव ३९% विद्यार्थी उत्तीर्ण भएका हुन ।
पुरा पढ्नुहाेस्
बर्दगोरिया-१ मा किटजन्य रोग नियन्त्रण सम्बन्धि वडा स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न 

बर्दगोरिया-१ मा किटजन्य रोग नियन्त्रण सम्बन्धि वडा स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न 

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा किटजन्य रोग (औलो, कालाजार, डेंगु र मलेरिया) नियन्त्रणका लागि वडा स्तरीय अन्तरकृयात्मक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । बिहिवार गाउँपालिकामा संचालित दोदोधरा अस्पतालको आयोजनामा पालिकाको वडा नम्बर १ का जनप्रतिनिधि तथा स्वास्थ्य स्वयंसेवककाहरु सँग औलो, कालाजार र डेंगु रोग नियन्त्रणका लागि अन्तरकृयात्मक अभिमुखिकरण कार्यक्रम गरेको हो । किटजन्य रोग भनेको के हो ? यस बाट कसरी बच्ने ? यसका लक्षण के–के हुन ? यसका रोकथामका उपाएहरु के हुनु? भन्ने विषयमा दोदोधरा अस्पतालका अस्पताल प्रशासन प्रमुख युजिन कुस्मीमे प्रशिक्षण गराएका हुन । कार्यक्रममा बर्दगोरिया गाउँपालिक प्रबक्ता तथा वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतम, कार्यपालिका…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-५ मा १ दिने नि:शुल्क स्वास्थ्य परिक्षण शिविर मंगलबार सम्पन्न; २१६ जनाले लिए सेवा

बर्दगोरिया-५ मा १ दिने नि:शुल्क स्वास्थ्य परिक्षण शिविर मंगलबार सम्पन्न; २१६ जनाले लिए सेवा

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा रहेको कोइलीभुरुवा आधारभूत स्वास्थ्य चौकिमा मंगलबार सम्पन्न १ दिने निशुल्क स्वास्थ्य शिविरबाट २१६ जना सेवाग्राहीले स्वास्थ्य परिक्षण गरि सेवा लिएका छन । जिल्ला स्वास्थ्य कार्यालय धनगढीको आर्थिक सहयोग र बर्दगोरिया गाउँपालिका कार्यालय मुडा कैलाली समन्वयमा उक्त १ दिने निशुल्क स्वास्थ्य शिविर मंगलबार सम्पन्न भएको हो । शिविरबाट १२८ महिला र ८७ पुरुष गरि जम्मा २१६ जना सेवाग्राहीले सेवा लिएको स्वास्थ्य चौकी प्रमुख देवकुमार चौधरीले जानकारी दिए । चौधरीका अनुसार २१६ जनाको रगतको सोलुबिलेटी टेष्ट गर्दा २७ जनामा सिकलसेल ट्रेट पोजेटिभ देखिएको हो । जसबारे थप परिक्षण गर्न प्रदेश स्वास्थ प्रयोगशाला धनगढी…
पुरा पढ्नुहाेस्