मोहन्याल गाउँपालिकाको शिक्षा समिती सदस्यमा जैशी मनोनीत


बर्दगोरिया । कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ३ मा रहेको भैरवमाला माध्यमिक विद्यालयका बिधालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र जैशी गाउँपालिका अन्तरगत शिक्षा समितिको सदस्यमा मनोनीत भएका छन ।

आइतबार मोहन्याल गाउँपालिका अध्यक्ष देविदत्त उपाध्यक्षले गाउँपालिका शिक्षा ऐन २०७९ बमोजिम शैक्षिक सत्र २०८१ का लागि जैशीलाई पालिकाको शिक्षा समिति सदस्यमा मनोनीत गरेका हुन ।

शिक्षा समितीमा मनोनीत भए सँग जैशीले आफुलाई जुन अपेक्षा सहित पालिकाले विश्वास गरि शिक्षा समितीको सदस्यमा मनोनीत गरेको छ, उक्त कार्यमा आफू निस्वार्थ पुर्ण आफ्नो कर्तव्य पूरा गर्ने बताए ।

जैशीले नौलो प्रेस सँग कुरा गर्दै- “म बिगतका दिनहरुमा पनि शिक्षा क्षेत्र लगाएत पालिकाका विभिन्न सामाजिक कार्यमा संलग्न हुदै थिए । त्यहीँ कार्यको विश्वास गर्दै आज पालिकाले शिक्षा समितीको सदस्यमा मनोनीत गरेको छ । मैले मेरो कार्यकालमा सदस्यको हैसियतले गर्न मिल्ने कार्यहरुमा कुनै पनि प्रकृयाको प्रलोभनमा नरही आफ्नो कर्तव्य पूरा गर्नेछु । मलाई पालिकाले शिक्षा समितिको सदस्यमा मनोनीत गरेको हुँदा मोहन्यालमा शिक्षामा कसरी गुणस्तरीयता ल्याउन सकिन्छ ? सबै बालबालिकालाई कसरी शिक्षाको पहुँच पुर्‍याउन सकिन्छ ? भन्ने कुरामा आफ्नो विशेष ध्यान केन्द्रित रहने र समिति लाई पनि सक्रिय गराउने प्रयास गर्नेछु ।”

साथै आफुलाई एक शिक्षा समितिको सदस्य पादमा मनोनीत गरेको प्रति मोहन्याल गाउँपालिका अध्यक्ष सहित गाउँपालिका कार्य समितिलाई समेत धन्यवाद व्यक्त गरे ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार