शिक्षा

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाले कक्षा १२ सम्म निःशुल्क शिक्षा लागु गर्ने भएको छ । माध्यमिक तह कक्षा–१२ सम्म निःशुल्क अध्ययन सम्बन्धी कार्यविधि २०८३ गाउँकार्यपालिकाले वैशाख ८ गते स्वीकृत गरेको छ । जेठ १३ गते प्रमाणीकरण भएको कार्यविधिलाई जेठ २६ गते स्थानीय राजपत्रमा प्रकाशित भएको छ । आर्थिक अभावका कारण माध्यमिक तह कक्षा– १२ सम्म को शिक्षाबाट कुनै पनि विद्यार्थी वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले गाउँ सरकारले यस्तो नीति अघि सारेको गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले बताए । “शिक्षामा सबैको पहुँच सुनिश्चित गर्दै सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर वृद्धि गरी समग्र शिक्षा क्षेत्रमा सुधार गर्न हामी गम्भीर भएर लागेका छौ । माध्यमिक…
पुरा पढ्नुहाेस्
राष्ट्रिय परीक्षा बोर्डः एसईई नतिजा सार्वजनिक गर्ने तयारीमा

राष्ट्रिय परीक्षा बोर्डः एसईई नतिजा सार्वजनिक गर्ने तयारीमा

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०८२ मा सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा ९एसईई०को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरेसँगै नतिजा प्राप्त गर्ने विभिन्न माध्यमहरूको सूची सार्वजनिक गरेको छ ।     परीक्षा बोर्डका सदस्यसचिव जङ्गबहादुर अर्यालले अबको चार दिन अर्थात बैशाख महिनाभित्र एसईई नतिजा सार्वजनिक गर्ने तयारी भएको बताए ।     ‘त्यस्तो कुनै समस्या आएन भने यो महिनाभित्र अर्थात नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको छ’, सदस्य सचिव अर्यालले रातोपाटीसँग भने, ‘कुनै प्राविधिक समस्या नआएको खण्डमा अबको चार दिनभित्र नतिजा सार्वजनिक हुन्छ ।’   परीक्षा नियन्त्रण…
पुरा पढ्नुहाेस्
बर्दगोरिया कलेजको भवनको मुख्यमन्त्री शाहद्धारा शिलान्यास

बर्दगोरिया कलेजको भवनको मुख्यमन्त्री शाहद्धारा शिलान्यास

कैलाली — बर्दगोरिया गाउँपालिकामा रहेको बर्दगोरिया कलेजको शैक्षिक तथा प्रशासनिक भवन निर्माणको शिलान्यास गरिएको छ। एक औपचारिक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले उक्त भवनको शिलान्यास गर्नुभएको हो।   बहुवर्षीय योजनाअन्तर्गत निर्माण हुन लागेको उक्त भवनको कुल लागत करिब १० करोड रुपैयाँ रहने जनाइएको छ। भवन निर्माण सम्पन्न भएपछि कलेजको शैक्षिक तथा प्रशासनिक कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ।   कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले आफूले पाएको सेवाको जिम्मेवारीलाई सधैं इमानदारी र निष्ठाका साथ पूरा गर्ने बताउनुभयो। साथै, उहाँले यो क्षेत्र मात्र नभई समग्र सुदूरपश्चिम प्रदेशमा शिक्षाको विकास, गुणस्तरीय शिक्षा प्रदान गर्ने तथा…
पुरा पढ्नुहाेस्
आजदेखि सुरु हुँदै कक्षा १२ को परीक्षा, गत वर्षभन्दा ९३ हजार घटे विद्यार्थी

आजदेखि सुरु हुँदै कक्षा १२ को परीक्षा, गत वर्षभन्दा ९३ हजार घटे विद्यार्थी

काठमाडौं । माध्यामिक तह कक्षा १२ को अन्तिम परीक्षा आज (सोमबार) देखि सुरु हुँदै छ। राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने माध्यामिक तह कक्षा ज्ञद्द को परीक्षामा देशभरका ४ लाख १८ हजार ८ सय परीक्षार्थी सहभागी हुँदै छन्।   बोर्डका अनुसार नियमिततर्फ ३ लाख ३२ हजार १ सय ७८ र आंशिकतर्फ ८५ हजार ८ सय ३० जना विद्यार्थी परीक्षामा सहभागी हुन लागेका हुन्।   यस वर्ष २०७९ यताका विद्यार्थीले आंशिक परीक्षा दिने बोर्डले जनाएको छ। यस्तै, जापानको एभरेस्ट स्कुलबाट पनि ३६ जना विद्यार्थीले पनि आज कक्षा १२ को परीक्षा दिँदैछन्।   परीक्षाका लागि देशभर १ हजार ४२१ वटा परीक्षा केन्द्र तोकिएको…
पुरा पढ्नुहाेस्
ट्रेड युनियन अधिकार कटौती भए आन्दोलनमा आउने निजामती कर्मचारीको चेतावनी

ट्रेड युनियन अधिकार कटौती भए आन्दोलनमा आउने निजामती कर्मचारीको चेतावनी

काठमाडौँ । संघीय निजामती विधेयकमा प्रस्तावित प्रावधानप्रति असन्तुष्टि जनाउँदै निजामती क्षेत्रमा क्रियाशील विभिन्न ट्रेड युनियनहरूले अधिकार कटौती नगर्न सरकारलाई आगह गरेका छन् ।   नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल, नेपाल मधेसी निजामती कर्मचारी मञ्च तथा स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन, नेपालले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै संघीय निजामती सेवा विधेयकबाट ट्रेड युनियन अधिकार कटौती गर्ने प्रावधान तत्काल खारेज गर्न माग गरेका हुन् ।     साथै, नेपालको संविधान तथा अन्तर्राष्ट्रिय श्रम महासन्धिअनुसार सबै कर्मचारीले स्वतन्त्र रूपमा संगठित हुन पाउने पूर्ण ट्रेड युनियन अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका…
पुरा पढ्नुहाेस्
बर्दगोरिया कलेजको प्रथम वार्षिक साधारणसभा सम्पन्न; अध्यक्षमा पुन: कुँवर निर्विरोध चयन

बर्दगोरिया कलेजको प्रथम वार्षिक साधारणसभा सम्पन्न; अध्यक्षमा पुन: कुँवर निर्विरोध चयन

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकास्थित बर्दगोरिया कलेजको प्रथम वार्षिक साधारणसभाबाट सञ्चालक समितिमा चार सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत (निर्विरोध) रूपमा चयन गरिएको छ। साधारणसभाले भिम बहादुर कुँवरलाई पुनः अध्यक्षमा चयन गरेको छ भने जितेन्द्र राज न्यौपाने, सरस्वती बिक र मिरा आले सदस्यमा निर्विरोध चयन भएका छन्। नवनिर्वाचित समितिले कलेजको शैक्षिक गुणस्तर अभिवृद्धि, व्यवस्थापन सुधार तथा विद्यार्थीमैत्री वातावरण निर्माणमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। साधारणसभामा सहभागी वक्ताहरूले नयाँ नेतृत्वले कलेजको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। कलेज प्रशासनले पनि नयाँ समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संस्थाको प्रगतिका लागि सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ। कलेज संचालक…
पुरा पढ्नुहाेस्
मार्गदर्शन एकेडेमीले मनायो १७ औं वार्षिक उत्सव

मार्गदर्शन एकेडेमीले मनायो १७ औं वार्षिक उत्सव

बौनिया । मार्गदर्शन एकेडेमीले आज आफ्नो १७ औं वार्षिक उत्सव मनाएको छ । कैलालीको बर्दगोरिया गाउँपालिका —१ बौनिया मुडा गाउँमा सञ्चालित विद्यालयले आज एक भव्य समारोहका बीच वार्षिक उत्सव मनाएको हो । मार्गदर्शन एकेडेमीका सञ्चालक समिति अध्यक्ष खडक सिंह गडसिलाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहेका थिए । कार्यक्रममा उपस्थित अतिथि तथा अभिभावकहरूलाई स्वागत मन्तव्य मार्फत शिक्षिका सिता चौधरीले स्वागत गरेकी हुन । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कुँवरले आफ्नो कार्यकालको पहिलो प्राथमिकता शिक्षा, स्वास्थ्य र खानेपानी रहेको बताए । आफू निर्वाचित भए पश्चात् बर्दगोरियामा पहिलो काम कलेज स्थापना गरेको बताए । उनले भने…
पुरा पढ्नुहाेस्
लम्की बहुमुखी क्याम्पसमा तालाबन्दी

लम्की बहुमुखी क्याम्पसमा तालाबन्दी

लम्की ।  कैलालीको लम्की चुहा नगरपालिका वडा नं। १ मा सञ्चालित लम्की बहुमुखी क्याम्पस तालाबन्दी गरिएको छ । शनिवार स्वतन्त्र विद्यार्थी युनियन (स्वबियू) सभापति तपेन्द्र प्याकुरेलको नेतृत्वमा क्याम्पसमा तालाबन्दी गरिएको हो । क्याम्पस स्वबियू समितिले एक विज्ञप्ति जारी गर्दै उक्त क्याम्पसमा तालाबन्दी गरेको जानकारी दिएको छ  । स्वबियू सभापति तपेन्द्र प्याकुरेलको हस्ताक्षरित विज्ञप्तिमा यस्तो भनिएको छ “ परीक्षार्थी हरूलाई बस नपठाउने निर्णय प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । त्रिविको परीक्षा तालिका अनुसार २०८२ साउन ११ र १२ गते देखि सुरु हुने स्नातक तह प्रथम वर्षको परीक्षा दिने विद्यार्थीहरूका लागी लम्की बहुमुखी क्याम्पस बाट परीक्षा केन्द्रसम्म जान आउन सहज होस भनी…
पुरा पढ्नुहाेस्
श्री बाल कन्या मा.वि.को १२ र ४ कोठे पक्की भवनको पालिका अध्यक्ष कुँवर द्वारा सम–उद्घाटन 

श्री बाल कन्या मा.वि.को १२ र ४ कोठे पक्की भवनको पालिका अध्यक्ष कुँवर द्वारा सम–उद्घाटन 

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा सञ्चालित श्री बाल कन्या माध्यमिक विद्यालयको नव निर्मित १२ कोठे र ४ कोठे भवनको सोमबार उद्घाटन गरिएको छ ।   बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले सोमबार एक औपचारिक कार्यक्रमका बिच भवनको रिबन काटेर उद्घाटन गरेका हुन ।   भवनको उद्घाटन भएसँगै अव श्री बाल कन्या माध्यमिक विद्यालयका विद्यार्थी हरूले सुविधा सम्पन्न नव निर्मित भवनबाट गुणस्तरीय शिक्षा प्राप्त गर्ने भएका छन । विगतका दिनमा टिनका छाना मुनि रही अध्ययन गराउँदै आएको श्री बाल कन्या माध्यमिक विद्यालयले अबका दिनहरूमा सुविधा सम्पन्न नव निर्मित भवनबाट गुणस्तरीय शिक्षा प्रदान गर्ने भएको हो ।  …
पुरा पढ्नुहाेस्
एसईई नतिजा; नोबेल मा.बि. ले गर्‍यो उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद सहित सम्मान

एसईई नतिजा; नोबेल मा.बि. ले गर्‍यो उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद सहित सम्मान

बर्दगोरिय । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा सञ्चालित नोबेल माध्यमिक विद्यालयले शैक्षिकसत्र २०८१ को एसईई परीक्षामा पालिकामै सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई नगत सहित सम्मान गरेको छ । विद्यालयले मंगलबार एक कार्यक्रमको आयोजना गर्दै शैक्षिकसत्र २०८१ को एसईई परीक्षामा पालिकामै सर्वोत्कृष्ट जिपिए ल्याउदै प्रथम,द्दितिय, तृतीय र  चौथो स्थान हासिल गर्ने भावना कुमारी बम, पुजा पुरी, धर्म सिंह शेठ्ठी र झरना भण्डारीलाइ क्रमशः जनही नगद ५०००, ४०००, ३००० र २००० सहित सम्मान गरेको हो । राष्ट्रिय परिक्षा बोर्डले गत शनिबार सार्वजनिक गरेको एसईई परिक्षाको नतिजामा भावना कुमारी बमले ३.८७ जिपिए ल्याउँदै बर्दगोरिया गाउँपालिकामा प्रथम स्थान हासिल गर्न सफल भएकी हुन…
पुरा पढ्नुहाेस्