जिल्ला विशेष

कठरिया भाषा जाेगाउन सहकार्य आवश्यक

कठरिया भाषा जाेगाउन सहकार्य आवश्यक

पहलमानपुर । कठरिया समुदायकाे भाषा, संस्कृति र माैलिक पहिचान जाेगाउन सबैकाे सहकार्य आवश्यक रहेकाे एक कार्यक्रमका बक्ताहरुले औंल्याएका छन् । एस.आई. एल ईन्टरनेशनल नेपालले कैलालीको घाेडाघाेडी नगरपालिकामा आयाेजना गरेकाे स्थानिय परियाेजना सल्लाह समितीकाे बैठकका सहभागीहरुले साे कुरा औंल्याएका हुन् । पछिल्लाे समय कठरिया समुदायको भाषा दिनानुदिन अन्य भाषीहरुकाे प्रभावमा परिरहेकाे कारणले साेकाे संरक्षण, सम्बर्द्धनका लागि मातृभाषी स्वयम्, स्थानीय सरकार, भाषा सम्बन्धि काम गर्ने संघ, संस्था र अन्य सराेकारवालहरुकाे सहकार्य र सक्रियता आवश्यक रहेकाे सहभागिहरुले बताए । कठरिया समुदायकाे बासाेबास रहेकाे १५ वटा कठरिया गाउँहरुमा कठरिया भाषा पढाई प्रवाह परियाेजना लागु गरिएकाे थियाे । परियाेजना एस.आई.एल.ईन्टरनेशल नेपाल र हिमाली आदिवासी समाज…
पुरा पढ्नुहाेस्
संसदीय समितिको चार वटा बैठक आज बस्दै

संसदीय समितिको चार वटा बैठक आज बस्दै

काठमाडौँ । आज सङ्घीय संसद्अन्तर्गतका चार वटा संसदीय समितिहरूको बैठक बस्ने भएको छ । जस अनुसार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा अभिलेख संरक्षण ऐन,२०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ । त्यस्तै राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक पनि बिहान ११ बजे नै बस्दै छ । सो बैठकमा खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ को दफा १९ को कार्यान्वयन मापन प्रतिवेदन, २०८० का सिफारिस सम्बन्धमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग छलफल गर्ने कार्यसूची छ । त्यस्तै, दिउँसो साढे १ बजे सार्वजनिक नीति तथा…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा सरसफाइ तथा विपद् व्यवस्थापन सामाग्री वितरण

बर्दगोरियामा सरसफाइ तथा विपद् व्यवस्थापन सामाग्री वितरण

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा सरसफाई तथा विपद् व्यवस्थापन सामाग्री वितरण गरिएको छ । पालिकाको वन वातावरण तथा विपद व्यवस्थापन शाखाको आयोजनामा शुक्रबार सरसफाई तथा विपद् व्यवस्थापन सम्बन्धिका सामाग्री वितरण गरिएको हो । उक्त सामाग्री पालिकाका १७ वटा सामुदायिक बिद्यालय, पालिकाका ६ वटै स्वास्थ्य कार्यालय, ६ वटै वडा कार्यालय, ईलाका प्रहरी कार्यालय सडकपुर बौनिया, मुडा बजार र बौनिया बजार व्यवस्थापन समितीलाई वितरण गरिएको वन वातावरण तथा विपत व्यवस्थापन शाखाले जानकारी दिएको छ । शाखाका अनुसार सामुदायिक बिद्यालय, गाउँपालिका कार्यालय, वडा कार्यालय, प्रहरी कार्यालय, सामुदायिक स्वास्थ्य इकाई लगाएत बजारमा हुने फोहोर लाई व्यवस्थापन गर्ने उद्देश्यका साथ उक्त १ सय ७० ओटा…
पुरा पढ्नुहाेस्
गौतमबुद्धको अवसरमा प्रधानमन्त्री प्रचण्डद्वारा शुभकामना व्यक्त

गौतमबुद्धको अवसरमा प्रधानमन्त्री प्रचण्डद्वारा शुभकामना व्यक्त

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै मानव जातिको सर्वाङ्गीण हित र शान्तिका लागि बौद्ध दर्शनका प्रवर्तक गौतम बुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय रहेको बताएका छन् । विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६८औँ जन्मजयन्तीका अवसरमा आज शुभकामना दिँदै उनले बुद्धको दर्शन र विचारले अहिंसा, सद्भाव र मानव कल्याणको बाटो देखाएकाले बुद्धका विचार विश्वभरि लोकप्रिय र कालजयी रहन सकेको बताए । प्रधानमन्त्री दाहालले शुभकामना सन्देशमा नेपाली भूमिमा जन्म लिएका बुद्धले सम्पूर्ण मानव जातिको कल्याणको सङ्कल्पसहित गृहत्याग गरी कठोर परिश्रमबाट बोधिज्ञान प्राप्त गरेको प्रसङ्ग महत्वपूर्ण रहेको उल्लेख गरेका छन् । गौतम बुद्धले देखाएको अहिंसा, शान्ति, मानव कल्याणको…
पुरा पढ्नुहाेस्
बर्दगोरिया ६ मा नि:शुल्क स्वास्थ्य शिविर संचालन हुने

बर्दगोरिया ६ मा नि:शुल्क स्वास्थ्य शिविर संचालन हुने

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा एक दिने निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । वडा नम्बर ६ मा अव्यवस्थित कोटातुल्सीपुर स्वास्थ्य चौकीको आयोजनामा यहीँ जेठ ४ गतेका दिन उक्त एक दिने निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको हो । शिविरमा नसर्ने रोगहरु जस्तै रक्तचाप, मधुमेह (सुगर), पिसाबमा प्रोटिनको जाँच, उपचार र परामर्श दिइने भएको वडा नम्बर ६ द्वारा प्रकाशि सूचना उल्ले गरिएको छ । सूचना उपरोक्त विषय सम्बन्धमा बर्दगोरिया गाउँपालिका वडा नं. ६ मा यहि मिति २०८१/०२/०४ गतेका दिन कोटातुल्सीपुर स्वास्थ्य चौकी द्वारा नसर्ने रोगहरु जस्तै रक्तचाप, मधुमेह (सुगर), पिसाबमा प्रोटिनको जाँच, उपचार र परामर्श…
पुरा पढ्नुहाेस्
आज पनि सन्दीपको मुद्दामा सुनुवाइ

आज पनि सन्दीपको मुद्दामा सुनुवाइ

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर गरिएको मुद्दामा आज पनि सुनुवाइ हुने भएको छ । उच्च अदालत पाटनमा क्रीकेट लामिछानेविरुद्ध दायर गरिएको जबरजस्ती करणीसम्बन्धी मुद्दामा जारी बहस नसकिएपछि मंगलबार  हेर्दाहेर्दैमा राखिएको थियो । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस भइरहेको छ । न्यायाधीशद्वयले यो मुद्दामा हिजो बहस सक्नुपर्ने भन्दै वरिष्ठ अधिवक्ताहरूलाई समेत बहसमा समय निर्धारण गर्दै कडाइ गरे पनि बहस पूरा हुन सकेन । बहस नसिकएपछि हेर्दाहेर्दै आजका लागि पेशी राखिएको हो। हिजो सरकारका तर्फबाट रत्नकेशरी महर्जन र प्रकाश घिमिरेले बहस गरेका थिए। उनीहरूपछि लामिछानेका कानुन व्यवसायीहरूले बहस गरे । लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, रमण श्रेष्ठ,…
पुरा पढ्नुहाेस्
राष्ट्रिय युवा संघद्वारा सहयोग हस्तान्तरण

राष्ट्रिय युवा संघद्वारा सहयोग हस्तान्तरण

बर्दगोरिया । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कैलालीले आफ्नो स्थापनाको ३५ औं बर्षगाठ मनाउने क्रममा मंगलबार बर्दगाेरिया गाउँपालिका वडा नम्बर २ मा रहेको असाहयका लागि सहयोगी हातहरु नेपाल संस्थाद्धारा सञ्चालित सहारा घरमा सहयोग हस्तान्तरण गरेको छ । सहयोग हस्तान्तरण कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल कैलाली जिल्ला कमिटी अध्यक्ष लक्ष्मण थापाको अध्यक्षतामा भएको हाे । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटी सदस्य कैलाली इञ्चार्ज एवम् नेकपा एमाले जिल्ला कमिटी सदस्य उमेश तुलाचन रहेका थिए । यस्तै विशिष्ट अतिथिमा नेकपा एमाले कैलाली जिल्ला कमिटी सचिवालय सदस्य टंकराज ओलि रहेका थिए । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा…
पुरा पढ्नुहाेस्
मौसम पूर्वानुमान: चट्याङ्गसहित वर्षाको सम्भावना

मौसम पूर्वानुमान: चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाएको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो देशका पहाडी भूभागको मौसम आंशिक देखि सामान्यतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा तथा मधेस र बाँकी पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति कोशी प्रदेशलगायत बागमती र…
पुरा पढ्नुहाेस्
इडिभी २०२५ को नतिजा आज आउदै, यसरी हेर्नुस्

इडिभी २०२५ को नतिजा आज आउदै, यसरी हेर्नुस्

काठमाडौँ । अमेरिकाले हरेक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा (इडिभी) २०२५ को नतिजा आज आउने भएको छ । शुक्रबार नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत उक्त कुराको जानकारी दिएको हो । दूतावासका अनुसार आज वैशाख २२ गते राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC मा गई नतिजा हेर्न सकिने छ । यो नै इडिभीको नतिजा थाहा पाउने यो एक मात्र तरिका रहेको दूतावासले जनाएको छ ।
पुरा पढ्नुहाेस्
मौसम पूर्वानुमान, चट्याङ्गसहित वर्षाको सम्भावना

मौसम पूर्वानुमान, चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि साधरणतया बदली  रहेको  छ। आज दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली भई बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ। यस्तै आज राति कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधरणतया…
पुरा पढ्नुहाेस्