घोडाघोडी बहुमुखी क्याम्पसमा प्रशासनिक कर्मचारी तथा प्राध्यापकका लागि आयोजित क्षमता अभिवृद्धि तालिम सम्पन्न

कैलाली। घोडाघोडी बहुमुखी क्याम्पसमा प्रशासनिक कर्मचारी तथा प्राध्यापकका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । कैलालीको घोडाघोडी नगरपालिकामा रहेको घोडाघोडी बहुमुखी क्याम्पसको सभाहलमा आज शनिबार तीन दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको हो । विश्वविध्यालय अनुदान आयोगको सहयोगमा घोडाघोडी बहुमुखी क्याम्पसले कैलाली र कञ्चनपुरका ११ वटा क्याम्पसको सहभागितामा क्षमता अभिवृद्धि तालिम सञ्चालन गरेको थियो ।

कैलाली र कञ्चनपुर जिल्लाका १८ क्याम्पसलाई सहभागिताका लागि पत्राचार गरिएकोमा ११ वटा क्याम्पसका प्राध्यापक तथा कर्मचारीको उपस्थिति रहेको आयोजकले  जनाएको छ । तालिममा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायमा सहायक डिन डा. श्रीकृष्ण खरेल, त्रिभुवन विश्वविद्यालय केन्द्रिय पुस्तकालय प्रमुख सागर राज सुवेदीले प्रस्तुति दिएका थिए ।

यस्तै त्रिभुवन विश्वविद्यालयका सूचना तथा प्रविधि विज्ञ डा. वेद प्रसाद ढकाल,  सुदूरपश्चिम विश्वविद्यालय टीकापुर बहुमुखी क्याम्पसमा अध्यापनरत डा. धन कृष्ण उपाध्याय र घोडाघोडी बहुमुखी क्याम्पसका प्राध्यापक डा. दीपक राज जोशीले समेत विभिन्न विषयमा आज प्रस्तुतिकरण दिएका थिए ।

कार्यक्रममा लम्की बहुमुखी क्याम्पस लम्की ,रघुनाथ आदर्श बहुमुखी क्याम्पस जोशीपुर ,मोहन्याल बहुमुखी क्याम्पस भजनी, धनगढीका कैलाली बहुमुखी क्याम्पस,  नास्ट कलेज, सुदूरपश्चिमाञ्चल क्याम्पस(एपीए) र फूलबारी बहुमुखी क्याम्पसका  प्रतिनिधिकाे उपस्थिति रहेकाे थियाे । यसै गरि टीकापुर बहुमुखी क्याम्पस, टीकापुर स्कुल अफ एग्रिकल्चर टीकापुर, कञ्चनपुरको दाेधारा चाँदनी स्थित भानु बहुमुखी क्याम्पसका प्रतिनिधि र घाेडाघाेडी बहुमुखी क्याम्पसका सम्पूर्ण  प्रशासनिक कर्मचारी तथा प्राध्यापकको उपस्थिति रहेको थियो ।

समापन सत्रमा कार्यक्रममा सहभागिताकाे प्रमाणपत्र बुझ्दै सम्पूर्ण क्याम्पसका प्रतिनिधिहरूले तालिम पश्चात सूचना प्रविधि एवं अंग्रेजी र नेपाली भाषा लगायत विभिन्न विषयमा महत्वपूर्ण ज्ञान हासिल भएको बताएका छन् ।

घोडाघोडी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष विष्णु सापकोटाको सभाध्यक्षमा भएको कार्यक्रमको प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय सहायक डिन श्रीकृष्ण खरेल त्यस्तै विशिष्ट अतिथि त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय प्रमुख सागर राज सुवेदी रहेका थिए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार