नाैलाेप्रेस डेस्क

969 Posts
बर्दगोरियाका ६ वटै वडामा खानेपानी आयोजनाको ठेक्का सम्झौता सम्पन्न: सन् २०२८  सम्म सुरक्षित खानेपानी पुर्‍याउने लक्ष्य

बर्दगोरियाका ६ वटै वडामा खानेपानी आयोजनाको ठेक्का सम्झौता सम्पन्न: सन् २०२८ सम्म सुरक्षित खानेपानी पुर्‍याउने लक्ष्य

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाका ६ वटै वडामा सुरक्षित खानेपानी पहुँच विस्तार गर्ने आयोजनाको ठेक्का सम्झौता प्रक्रिया सम्पन्न भएको छ। विश्व बैंकको ऋण सहयोग तथा नेपाल सरकार, सुदूरपश्चिम प्रदेश सरकार र गाउँपालिकाको सहलगानीमा सञ्चालित यस आयोजनाबाट करिब ९ हजार घरधुरी लाभान्वित हुने लक्ष्य राखिएको छ। वडा नं. १ को सडकपुर–बौनिया खानेपानी आयोजनाको ठेक्का खड्का/पीएस जेभी, बाँकेसँग १७ करोड २५ लाख ६८ हजार १२२ रुपैयाँमा सम्झौता भएसँगै सबै वडाको ठेक्का प्रक्रिया पूरा भएको हो। आयोजनाको लक्ष्य सन् २०२८ जुलाईसम्म गाउँपालिकाका शतप्रतिशत नागरिकलाई सुरक्षित खानेपानीको पहुँचमा पुर्‍याउनु रहेको छ। अब निर्धारित समयभित्र गुणस्तरीय निर्माण सम्पन्न गर्नु र खानेपानी सेवाको दिगो व्यवस्थापन सुनिश्चित…
पुरा पढ्नुहाेस्
देशैभर फैलियो मनसुनी वायु : यी क्षेत्रमा भारी वर्षाको सम्भावना

देशैभर फैलियो मनसुनी वायु : यी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालभर मनसुनी वायुको बलियो प्रभाव देखिएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायु देशको पश्चिमी सीमासम्मै पुगेको छ र आज गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भू-भागमा समेत मनसुन विस्तार भएको छ । यससँगै यो वर्षको मनसुन प्रणाली देशैभर पूर्ण रूपमा फैलिएको छ । नेपालमा साधारणतया जुन १३ तारिखमा पूर्वी भू-भागबाट मनसुन प्रवेश गरी एक हप्ताभित्र देशभर विस्तार हुने गर्दछ । तर यस वर्ष मनसुन सरदर मिति भन्दा ६ दिन ढिलो गरी असार ५ गते (जुन १९ तारिख) पूर्वी भू-भागबाट नेपाल भित्रिएको थियो ।…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा शुरू भयो तीन दिने खोज पत्रकारिता प्रशिक्षण तालिम

बर्दगोरियामा शुरू भयो तीन दिने खोज पत्रकारिता प्रशिक्षण तालिम

बौनिया। पत्रकारहरूको सीप विकास तथा क्षमता अभिवृद्धिका लागि कैलालीको बर्दगोरिया गाउँपालिकाले तीन दिने खोज पत्रकारिता तालिम सुरु गरेको छ । खोजमूलक पत्रकारिताप्रति दक्षता अभिवृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । बिहीबारबाट बौनियामा सुरु भएको तालिम शनिवार सम्म सञ्चालन हुने छ । गाउँपालिकाका सामाजिक विकास समिति संयोजक तथा प्रवक्ता मिथुन गौतमको अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश अध्यक्ष भरत शाह रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहले पत्रकारिता क्षेत्रको सुदृढीकरणका लागि बर्दगोरिया गाउँपालिकाले महत्त्वपूर्ण र उदाहरणीय कदम चालेको बताए । उनले खोज पत्रकारिता लोकतन्त्र, सुशासन र जबाफदेहिताको आधार भएकाले यस्ता तालिमले दक्ष…
पुरा पढ्नुहाेस्
बर्दगोरियाको आगामी वर्षको बजेट एक अर्ब नौ करोड 

बर्दगोरियाको आगामी वर्षको बजेट एक अर्ब नौ करोड 

बर्दगोरिया। कैलालीको बर्दगोरिया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक अनुमानित बजेट सार्वजनिक गरेको छ । गाउँ सरकारको आफ्नो १८ औँ गाउँ सभा मार्फत गाउँ सरकारका प्रवक्ता एवम् वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतमले कुल १ अर्ब ९ करोड २१ लाख १५ हजार ६ सय ५० रुपैयाँको बजेट सार्वजनिक गरेका हुन । गाउँ सरकारले आगामी आर्थिक वर्षमा ३ करोड ८२ लाख ३३ हजार ८ सय आन्तरिक आय प्राप्त हुने अनुमान गरेको छ भने राजस्व बाँडफाँडबाट ११ करोड ५१ लाख ४१ हजार र अन्तर सरकार वित्तीय हस्तान्तरण (नेपाल सरकार) बाट कुल ५६ करोड ९८ लाख प्राप्त हुने अनुमान गरेको…
पुरा पढ्नुहाेस्
बजेट प्रस्तुत गर्ने जिम्मेवारी भएका उपाध्यक्ष नै सभामा अनुपस्थित; प्रवक्ताले ल्याए वजेट

बजेट प्रस्तुत गर्ने जिम्मेवारी भएका उपाध्यक्ष नै सभामा अनुपस्थित; प्रवक्ताले ल्याए वजेट

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत हुने सबैभन्दा महत्त्वपूर्ण गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष गणेशराज गिरी अनुपस्थित भएपछि उनको राजनीतिक प्राथमिकता, नैतिक जिम्मेवारी र जनप्रतिनिधिको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ। स्थानीय सरकारको वार्षिक नीति, कार्यक्रम तथा बजेट पारित हुने गाउँ सभालाई गाउँपालिकाको संसद् मानिन्छ। यही सभाबाट आगामी वर्षका विकास योजना, सामाजिक कार्यक्रम, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य तथा सेवा प्रवाहका प्राथमिकता तय गरिन्छन्। तर यति महत्त्वपूर्ण सभामा उपस्थित हुनुपर्ने उपाध्यक्ष गिरी भने गाउँ सभा छाडेर आफ्नो दलको महाधिवेशनमा सहभागी हुन चितवन पुगेका छन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले उपाध्यक्षलाई बजेट तथा…
पुरा पढ्नुहाेस्
मनसुनी वायु फैलिने क्रम जारी, आज कहाँ-कहाँ हुनेछ वर्षा ?

मनसुनी वायु फैलिने क्रम जारी, आज कहाँ-कहाँ हुनेछ वर्षा ?

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधरणतया बादल लागेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ । सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशका हिमाली र पहाडी भूभाग साथै कोशी प्रदेशका तराई भूभागमा साधरणतया बादल लाग्नेछ । मधेस प्रदेश तथा बागमती र  गण्डकी प्रदेशको तराई…
पुरा पढ्नुहाेस्
आइतबार देशका यी स्थानमा हुनेछ भारी वर्षा, केही ठाउँमा तातो दिन

आइतबार देशका यी स्थानमा हुनेछ भारी वर्षा, केही ठाउँमा तातो दिन

काठमाडौं : आइतबार देशका हिमाली र पहाडी भू-भाग साथै कोशी प्रदेशका तराई भू-भागमा साधारणतया बादल लाग्नेछ। मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका तराई भू-भागमा आंशिक बादल लाग्नेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ। कोशी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। कोशी प्रदेशका तराई भू-भागका केही स्थानमा तथा मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका तराई भू-भागमा एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी प्रदेशका…
पुरा पढ्नुहाेस्
बर्दगोरिया १ मा नेतृत्व क्षमता विकास तथा उद्घोषण सम्बन्धी २ दिने तालिम शुरु

बर्दगोरिया १ मा नेतृत्व क्षमता विकास तथा उद्घोषण सम्बन्धी २ दिने तालिम शुरु

कैलाली — कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा नेतृत्व क्षमता विकास तथा उद्घोषण सम्बन्धी २ दिने तालिम सुरु भएको छ । स्थानीय तहमा सक्षम नेतृत्व विकास गर्ने उद्देश्यले आयोजना गरिएको उक्त तालिम प्रभावकारी रूपमा सुरु भएको हो । तालिममा नेतृत्व क्षमता विकास सम्बन्धी सहजीकरण लोकेन्द्र बिष्टले गर्नुभएको थियो । उहाँले नेतृत्वको आधारभूत अवधारणा, असल नेतामा हुनुपर्ने गुण, निर्णय क्षमता, संचार सीप, समय व्यवस्थापन तथा समूहलाई प्रभावकारी रूपमा अगाडि बढाउने तरिकाबारे विस्तृत रूपमा प्रशिक्षण दिनुभएको थियो । तालिमका क्रममा सहभागीहरूलाई समूहगत अभ्यास, प्रस्तुतीकरण तथा अन्तरक्रियामार्फत सिकाइलाई अझ प्रभावकारी बनाइएको थियो । यस्ता तालिमले स्थानीय तहमा आत्मविश्वासी, सक्षम तथा जिम्मेवार नेतृत्व…
पुरा पढ्नुहाेस्
बर्दगोरिया–१ मा निःशुल्क आँखा शिविर सम्पन्न, ७०३ जनाको आँखा परीक्षण

बर्दगोरिया–१ मा निःशुल्क आँखा शिविर सम्पन्न, ७०३ जनाको आँखा परीक्षण

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा निःशुल्क आँखा शिविर बिहीबार सम्पन्न भएको छ। वडा नं. १ को आर्थिक सहयोग तथा श्री कृष्ण आँखा अस्पताल, टीकापुरको प्राविधिक सहयोगमा आयोजित निःशुल्क बृहत् आँखा शिविर बिहीबार सफलतापूर्वक सम्पन्न भएको हो। बिहीबार सम्पन्न उक्त शिविरमा ७०३ जना सेवाग्राहीको आँखा परीक्षण (OPD) गरिएको थियो। परीक्षणका क्रममा ८० जना बिरामीमा मोतिबिन्दु, जलबिन्दु, आँखामा मासु पलाएका लगायत बिरामीहरूको शल्यक्रिया आवश्यक रहेको पहिचान गरिएको छ। ती सबै बिरामीको आज शुक्रवार श्री कृष्ण आँखा अस्पताल, टीकापुरमा निःशुल्क शल्यक्रिया (सर्जरी) गरिने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ। त्यसैगरी, शिविरमा दृष्टि समस्याबाट प्रभावित १९२ जना सेवाग्राहीलाई निःशुल्क चस्मा वितरण गरिएको थियो। शिविरमार्फत निःशुल्क…
पुरा पढ्नुहाेस्
बालविवाह, छुवाछूत र विभेदविरुद्ध अभिमुखीकरण मोहन्याल १ मा कार्यक्रम सम्पन्न

बालविवाह, छुवाछूत र विभेदविरुद्ध अभिमुखीकरण मोहन्याल १ मा कार्यक्रम सम्पन्न

कैलाली । बालविवाह, छुवाछूत तथा सामाजिक विभेद न्यूनीकरण गर्ने उद्देश्यले मोहन्याल गाउँपालिका वडा नम्बर १ को चायाभावरमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। समृद्ध नेपाल ट्रेनिङ सेन्टरका संयोजक कृष्ण प्रसाद ओझाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि मोहन्याल गाउँपालिका वडा नम्बर १ का अध्यक्ष प्रेम बुढा रहनु भएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुढाले समाजमा विद्यमान कुप्रथा र विभेद अन्त्य गर्न सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गर्दै यस्ता सचेतनामूलक कार्यक्रमले सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा बालविवाह, छुवाछूत तथा विभेदसम्बन्धी विषयमा अधिवक्ता द्वय गणेश कडायत र रोहित देउवाले सहजीकरण गर्नुभएको थियो । उनीहरूले कानुनी व्यवस्था, सामाजिक असर र न्यूनीकरणका…
पुरा पढ्नुहाेस्