धनगढी बाट काठमाडौंका लागि छुटेको बस दुर्घटना

कैलाली । धनगढी बाट काठमाडौंका लागि छुटेको बस दुर्घटनामा परेको छ । बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीपूर्व नवलपुरको विनयी त्रिवेणीस्थित घ्युखोलामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । बस दुर्घटना हुँदा बसमा रहेका २९ जना यात्रु घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार धनगढीबाट काठमाडौंका लागि छुटेको सुपप्र०१–००१ख २९८६ नम्बरको बस ‘ब्रेक फेल’ भएर सडक छेउमा  पल्टिएको हो।

विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित घ्युखोलामा आज बिहान उक्त बस दुर्घटनामा परेको हो। दुर्घटनामा घाइते भएकाहरूको मध्यविन्दु जिल्ला अस्पताल र दम्किबास स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइते सबैको अवस्था खतरामुक्त रहेको बताइएको छ । बसमा ३५ जना यात्रु सवार रहेका थिए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार