सिजनमै रासायनिक मल आपूर्ति नहुँदा किसान चिन्तित
जनकपुर। रासायनिक मलको अभाव प्रत्येक वर्ष खेती गर्ने समयमा मधेसका किसानले मलको अभाव झेल्नुपर्ने परेको छ । समयमै मल आपूर्ति नहुँदा किसानले सिजनमै मलको अभाव सामना गर्नुपर्ने नियति छ । यतिबेला मकै बालीका लागि रासायनिक मल आवश्यक पर्छ । केही महिनामै धान खेतीका लागि पनि मलको जोहो गर्नुपर्ने बाध्यतामा किसान छन् । अन्न उत्पादनको दृष्टिले महत्त्वपूर्ण मानिको मधेस प्रदेशमै रासायनिक मलको अभाव बढ्न थालेको छ । रासायनिक मल, भरपर्दो सिँचाइ र उन्नत बीउको सहज उपलब्धता नहुँदा कृषि उत्पादनमा ह्रास आउने कृषकको भनाइ छ । ‘एकातिर सरकारले कृषिको उत्पादन र उत्पादकत्वलाई प्राथमिकता दिएका छौँ भन्छ, तर अर्कोतर्फ कृषकलाई चाहिने मल समयमै…













