कृषि

किसानलाई २२ प्रजातिका बिरुवा निःशुल्क वितरण

किसानलाई २२ प्रजातिका बिरुवा निःशुल्क वितरण

तनहुँ । जिल्लाका किसानलाई डालेघाँसको सहज व्यवस्था होस् भन्ने उद्देश्यले डिभिजन वन कार्यालय तनहुले २२ प्रजातिका बिरुवा निःशुल्क वितरण गरेको छ । उक्त कार्यालयले यो वर्ष किसानलाई ४० हजार बिरुवा वितरण गर्ने लक्ष्य लिएको जनाएको छ । सहायक वन अधिकृत राजकुमार श्रेष्ठका अनुसार किसानलाई कार्यालयको नर्सरीमा उत्पादित चाँप, खयर, निम, चिउरी, कटहर, बकाइनो, राइखन्यु, निमारो, अमला, हर्रो, टिमुर, बडहर, तेजपात, कुरिलो, कपुर, धुपी, अशोका, बेल, वर, पिपल, म्याङ्गोस्टिक, कल्कीफूलका बिरुवा वितरण गरिएको हो । गत आर्थिक वर्षमा कार्यालयले ८२ हजार बिरुवा वितरण गरेको थियो । जिल्लाका कूल क्षेत्रफलमध्ये करीब ७२ हजार ८० हेक्टर वनले ओगेटेको छ । जिल्लाभर ६ सय…
पुरा पढ्नुहाेस्
बर्दगोरिया पशु स्वास्थ्य सेवा शाखा द्वारा वडा नं. २ मा १ दिने पशु स्वास्थ्य शिबिर सम्पन्न

बर्दगोरिया पशु स्वास्थ्य सेवा शाखा द्वारा वडा नं. २ मा १ दिने पशु स्वास्थ्य शिबिर सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं २ बनडेवामा निशुल्क पशु स्वास्थ्य शिबिर तथा खोप कार्यक्रम सम्पन्न भएको छ । बर्दगोरिया गाउँपालिकाको पशु सेवा शाखाको सहकार्यमा निशुल्क पशु स्वास्थ्य शिबिर सम्पन्न भएको हो । बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष गोबिन्द बि क को अध्यक्षतामा कार्यक्रम भएको हो । उक्त शिविरवाट वडा नम्बर २ का २ सय बढी पशुधनीहरुले सेवा लिएका छन् । बिहान ८ बजेदेखी दिउँसो ३ बजे सम्म संचालन गरेको उक्त शिविरमा १ हजार २ सय ५५ पशुहरुको औषधी उपचार र २ सय ३९ लाई खोप लगाइएको पशु शाखाका पशु स्वास्थ्य अधिकृत जय प्रसाद कोईरालाले जानकारी…
पुरा पढ्नुहाेस्
श्री असल महिला कृषि सहकारी संस्थाको ११ औ वार्षिक साधारणसभा सम्पन्न

श्री असल महिला कृषि सहकारी संस्थाको ११ औ वार्षिक साधारणसभा सम्पन्न

बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ निमुवाबोझीमा रहेको श्री असल महिला कृषि सहकारी संस्था लिमिटेडको ११ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बिहीवार संस्थाका अध्यक्ष पार्वती साउदको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथितिका रूपमा बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष रामकृष्ण डगौरा थारु (रन्जित) रहेका थियो भने विशिष्ट अथितिमा वडा नम्बर ६ का वडा सदस्य नेहा कुमारी चौधरी रहेकी थिइन । साधारणसभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष राम कृष्ण डगौरा थारुले सहकारीलाई आफुले बिगत देखि नै वडाको तर्फबाट सहयोग गर्दै आएको बताए । सहकारीको कार्यक्षेत्र आफ्नो वडामा समेत भएकोले आफू जुनसुकै समयमा पनि सहकारीलाई सहयोग…
पुरा पढ्नुहाेस्
बरदगोरिया बहुउद्देश्यीय सहकारी संस्थाको २५ औ वार्षिक साधारणसभा सम्पन्न

बरदगोरिया बहुउद्देश्यीय सहकारी संस्थाको २५ औ वार्षिक साधारणसभा सम्पन्न

बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ सन्तोषि टोलमा रहेको श्री बरदगोरिया बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २५औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बिहीवार संस्थाका अध्यक्ष उमाशङ्कर अवस्थीको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथितिका रूपमा बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर रहनुभएको थियो भने विशिस्ट अथितिमा पालिका उपाध्यक्ष गणेश राज गिरि(लालदीप) रहनुभएको थियो । साधारणसभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुवरले पालिकाभित्र रहेका सबै सहकारी संस्थाको वृद्धि विकासका लागि आफुले गर्न सक्ने सबै सहयोग गर्ने प्रतिबद्धता जनाए । पालिका अध्यक्ष कुवरले सरकारीहरू सरकारको नीति–नियमअनुसार चल्न आवश्यक रहेको बताए । उनले सहकारीले वास्तविक बचतकर्ताहरूलाई मद्दत गर्नुपर्ने बताउदै…
पुरा पढ्नुहाेस्
बोटबाटै सुन्तला झर्न थालेपछि किसान चिन्तित

बोटबाटै सुन्तला झर्न थालेपछि किसान चिन्तित

म्याग्दी । टिप्ने बेला भएको सुन्तला बोटबाटै झर्न थालेपछि म्याग्दीका किसान चिन्तित भएका छन् । सुन्तलाको दानाभित्र कीरा परेर आधा भाग पहेलो भएर सुन्तला झर्न थालेको जनाइएको छ । बोटबाट २५ प्रतिशत सुन्तलाका दाना झरिसकेको बेनी नगरपालिका–४ बास्कुनाका किसान सन्दीप खत्रीले बताए । कात्तिकको तेस्रो हप्तादेखि सुन्तला झर्ने समस्या देखिएको छ । गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयका निर्देशक वासुदेव रेग्मीको नेतृत्वमा केही दिनअघि बास्कुना पुगेको कृषि ज्ञान केन्द्र र बेनी नगरपालिकाको कृषि शाखाका प्राविधिकको टोलीले झरेका सुन्तलाको नमूना सङ्कलन गरेर परीक्षणका लागि लगेका छन् । प्रयोगशालाको प्रतिवेदन आएपछि के कारणले सुन्तला झरेको हो भन्ने पहिचान हुने केन्द्रका प्रमुख सञ्जीव बास्तोलाले…
पुरा पढ्नुहाेस्
२४ वटा जङ्गली हात्तीले आतंक मच्चायो

२४ वटा जङ्गली हात्तीले आतंक मच्चायो

कञ्चनपुर । जङ्गली हात्तीले घर भत्काए पछि लालझाडी गाउँपालिका–४ खल्लाजाँइका ठगी कडारा परिवारसहित एक हप्तादेखि छिमेकीको घरमा बस्न बाध्य छन् । घरभित्र राखेको अन्नपात केही हात्तीले खाइदिएको छ । बचेको अन्न, लत्ताकपडा बोकेर उनी छिमेकीको घरमा शरण लिन पुगेका हुन् । “दिउँसो घर बारी रेखदेखका लागि आउने गरेका छौँ”, उनको भनाइ छ, “साँझ नपर्दै छिमेकीको घरमा शरण लिन पुग्छौँ ।” हात्तीको बथान अझै आउने डरले कडाराले एक साताअघिदेखि घरमा बस्न छाडेका छन् । घरभित्र राखिएको आठ बोरा धान खाएको उल्लेख गर्दै उनले लत्तापकडा च्यातचुत पार्ने कार्यसँगै भाँडाकुँडा सबैमा हात्तीले खुट्टामुनि राखेर पिच्काएर कामै नलाग्ने बनाएको बताए । कडारा परिवारजस्तै छिमेकमा…
पुरा पढ्नुहाेस्
कञ्चनपुरका प्रेम रोकायालाई तिहारमा फूल बेच्न भ्याइनभ्याई

कञ्चनपुरका प्रेम रोकायालाई तिहारमा फूल बेच्न भ्याइनभ्याई

कञ्चनपुर । बारीमा फूल फुलेर पहेँलपुर छन्। कोही फूल टिप्दैछन् त कोही माला उन्नमा व्यस्त छन्। फूल किन्ने ग्राहकको पनि घुइँचो नै छ। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ सुन्दरनगरका प्रेम रोकायालाई हाल फूल बिक्री गर्न भ्याइनभ्याई छ। तिहारका लागि फूलको माग बढेको उनको भनाइ छ। ‘तिहारका लागि फूलको माग असाध्यै छ। मागअनुसार फूल पुर्याउन भ्याइनभ्याई छ’, उनले भने, ‘कोही बारीमै पुगेर फूल किनिरहेका छन्। कतिपयले फोनबाट फूलको माग गरेका छन् ।’ पछिल्लो समय रोकाया मागअनुसार फूल पुर्‍याउन मोटरसाइकल बिहानैदेखि दौडधुप गरिरहन्छन्। फूल बिक्रीका लागि कहिले दोधारा चाँदनी त कहिले सदरमुकाम महेन्द्रनगर पुग्ने गरेका छन् उनी। तिहारमा हालसम्म १५ हजारका फूल बिक्री…
पुरा पढ्नुहाेस्
जुम्लामा २० हजार पाँच सय ११ मेट्रिक टन स्याउ उत्पादन

जुम्लामा २० हजार पाँच सय ११ मेट्रिक टन स्याउ उत्पादन

जुम्ला । यो वर्ष जुम्लामा २० हजार पाँच सय ११ मेट्रिक टन स्याउ उत्पादन भएको छ । कृषि विकास कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कानुसार चार हजार दुई सय ५० हेक्टरमा लगाएका स्याउबाट २० हजार पाँच सय ११ मेट्रिक टन ९४६ क्विन्टल० स्याउ उत्पादन भएको छ । यहाँका आठवटै स्थानीय तहको स्याउ विक्रिबाट ६१ करोड ४१ लाख रुपैयाँ जिल्लामा भित्र्याएको कार्यालय प्रमुख बालकराम देवकोटाले जानकारी दिए। जसमध्ये नौ हजार तीन सय ९१ मेट्रिक टन स्याउ जिल्ला बाहिर निर्यात भएको छ । ट्रक, बस, जिप तथा हाइस र जहाजबाट समेत स्याउ निर्यात भएको कार्यालय प्रमुख देवकोटाले भने, “बसबाट एक हजार छ सय ६०…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-६ को धार्मिक तथा पर्यटकीय क्षेत्र राम जानकी मन्दिरमा रोपिए ५ सय बढी फलफूलका बिरुवा

बर्दगोरिया-६ को धार्मिक तथा पर्यटकीय क्षेत्र राम जानकी मन्दिरमा रोपिए ५ सय बढी फलफूलका बिरुवा

बर्दगोरिया । "एक घर एक बिरुवा, एक वडा एक बगैँचा"  भन्ने मूल नारा सहित कैलालीको बर्दगोरिय गाउँपालिका वडा नम्बर ६ मा वृक्षारोपण कार्यक्रम गरिएको छ । युवा संगको सझेदारी ताथ सार्वजनिक जग्गामा वृक्षारोपण कार्यक्रम अन्तरगत बुधबार वडाको धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा प्रसिद्ध रहेको श्री राम जानकी सेवा सामाज भक्तिनिय आस्थान मन्दिरमा उक्त वृक्षरोपण गरेको हो ।  वृक्षरोपणमा फलफूल (आप, लिच्ची) का बिरुवा रोपेको वडा अध्यक्ष राम कृष्ण डगौरा थारु (रन्जित) ले जानकारी दिए। उनका अनुसार वडा का विभिन्न सार्वजनिक जग्गा रहेको ठाउँमा उक्त फलफूलका बिरुवा हरु रोप्ने कार्यक्रम रहेको छ । जस अनुसार आज श्री राम जानकी सेवा सामाज…
पुरा पढ्नुहाेस्
सहुलियत मूल्य पसल: हुम्लामा खाद्यान्नमा प्रतिकेजी रु पाँच छुट

सहुलियत मूल्य पसल: हुम्लामा खाद्यान्नमा प्रतिकेजी रु पाँच छुट

रासस सिमकोट । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले असोज ६ गतेदेखि प्रतिकेजी रु पाँच छुटमा खाद्यान्न बिक्री गर्ने भएको छ । हिन्दुहरूको महान् चाडपर्व दशैँ, तिहारलाई लक्षित गरी सहुलियत मूल्यमा खाद्यान्न बिक्री गर्न लागिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयका निमित्त प्रमुख नवीनप्रसाद आचार्यले बताए । कार्यालयले यहाँका नागरिकलाई २५ केजीका छ किसिमका चामल बिक्री गर्दै आएको छ भने तोरी तेल र सूर्यमुखी तेलमा पनि प्रतिलिटर रु सात छुटमा बिक्री हुने भएको निमित्त प्रमुख आचार्यले बताए। अरुवा मोटा चामलको रु एक हजार पाँच सय २५, अरुवा सोना मन्सुली रु एक हजार सात सय २५,…
पुरा पढ्नुहाेस्