काठमाडौं । बिहिवार बसेको मन्त्रिपरिषद्को बैठकले संसद्को बजेट अधिवेशन आह्वान गरेको छ ।
बैठकको सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते शुक्रबार दिउँसो २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा बस्ने गरी संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् ।
बजेट अधिवेशनलाई बर्खे अधिवेशन पनि भनिन्छ । सरकार अहिले बजेट निर्माणको चरणमा छ । आगामी जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट संसद्मा पेश हुनेछ ।