सुनचाँदीको मूल्य घट्यो: कतिमा हुँदैछ कारोबार

काठमाडौं । नेपाली बजारमा पहेलो धातु सुनचाँदीको मूल्य घटेको छ ।

बुधबार आज सुन तोलाको ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ५०० मा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन प्रतितोला १ लाख ४२ हजार ७ सयमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १८२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार