सेती भिजन एकेडेमीले मनायो आफ्नो १५ औं वार्षिक उत्सव तथा अभिभावक दिवस

बर्दगोरिया । विभिन्न चरणहरु पार गर्दै कैलालीको लम्किचुहा नगरपालिका वडा नम्बर १० मा रहेको सेती भिजन एकेडमीले आफ्नो १५ औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ।
शुक्रबार एक भव्य कार्यक्रमको आयोजना गर्दै बिधालयले आफ्नो १५ औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको हो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष नृप बहादुर खड्काको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि लम्किचुहा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष हर्क बहादुर कठरिया हरेका थिए ।

यस्तै विशिष्ट अतिथिमा लम्कि बहूमुखि क्याम्पस प्रमुख महेश बिक्रम थापा, लम्किचुहा नगरपालिका प्याब्सन का अध्यक्ष मोहन ढुंगाना, लम्कि बहूमुखि क्याम्पसका सहायक प्रमूख तथा सेति भिजन एकेडमीका प्रमुख व्यवस्थापक जनक बिष्ट, साहारा घरका संञ्चालक बल बहादुर बिष्ट रहेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिती वडा अध्यक्ष हर्क बहादुर कठरियाले बिधालयले आफ्नो १५ औं वर्ष पार गर्दैगर्दा शिक्षण सिकाइ सँगै अतिरिक्त क्रियाकलापमा समेत विशेष जोड दिएको छ । जस्मा स्थानीय सरकार सँग पनि समन्वय गर्दै स्थानीय सरकारले विद्यार्थीको मनोबल तथा उनीहरुका विभिन्न क्रियाकलापहरुक पहिचानका निम्ति आयोजना गरिने गरिने कार्यक्रममा समेत आफ्नो सहभागी जनाउदै आएको छ ।

यति मात्र नभई प्रमुख अतिथि कठरियाले बिद्यालय प्रशासनले शिक्षक, अभिभावक र बिद्यार्थी बिचमा रहेको आफ्नो सुमधुर सम्बन्ध थप प्रगाढ गर्दै शिक्षण सिकाईलाई थप प्रभावकारी बनाउन अनुरोध गरे ।

कार्यक्रममा नवदूर्गा मावि मालभंगा प्रधानाध्यापक धनविर कुँवर, नव बालवाटिका विद्या मन्दिरका संस्थापक प्रमोद मल्ल, सुर्योदय प्रावि तोरीपुरका प्रधानाध्यापक निम प्रसाद कठरिया,सरस्वती प्रावि डम्मरीयाका प्रधानाध्यापक भरत कुँवर, न्यू ओम स्टार पव्लिक ईङ्गलिस स्कुलका प्रिंसिपल फेरू चौधरी, सून्दर सगरमाथा ईङ्गलिस बोर्डिंग स्कूलका प्रिंसिपल सगराम चौधरी, चुहा स्वास्थ्य चौकी प्रमुख मनरूप न्यौपाने, अस्थाई प्रहरी पोष्ट चुहाका प्रमुख तप्त सिंह साउद, NNSWO कन्चनपुरका प्रतिनिधि मान बहादुर महरा,बौनिया जेसिज बर्ष २०२४का अध्यक्ष बिर बहादुर बिष्ट, लक्ष्मी ग्रामीण विधूत सहकारी संस्थाका अध्यक्ष नेत्र देउवा, मनकामना ग्रामीण विधूत सहकारी संस्थाका अध्यक्ष कमान सिंह खड्का, सी टि एफ नेपाल का ट्रेनर हिरा के सी, लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

यसैगरी विधालमा भएका विभिन्न खेलकुद गतिविधिमा प्रथम द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरू लाई पुरस्कार वितरण गरिनुका साथै विद्यालयका विद्यार्थीले विभिन्न भेषभुसा सास्कृतिक नृत्यहरु प्रस्तुत गरेका थिए।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार