बर्दगोरियामा धान खेती सम्बन्धि १ दिने स्थलगत तालिम सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा धान खेती सम्बन्धि १ दिने स्थलगत तालिम संचालन गरिएको थियो ।

सुदूरपश्चित प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालय कृषि ज्ञान केन्द्र, कैलालीको आयोजनामा बिहिबार पालिकाको वडा नम्बर ५ को सभाहलमा उक्त १ दिने स्थलगत तालिम संचालन गरिएको थियो ।

तालिममा पालिका भरका विभिन्न कृषक समुहमा आवद्ध बृहत एवम् विशेष उत्पादन तथा औद्योगिकीकरणा कार्यक्रम (खाद्यान्न बाली) का सदस्य (कृषक) हरुको सहभागिता रहेको थियो ।

तालिममा कृषि कार्यलाई कसरी आधुनिकीकरण तर्फ लैजान सकिन्छ ? रासायनिक मलको मात्रा कसरी, कति र कहिले हाल्ने ? सरकारले कृषक हरुलाई कस्ता खाले अनुदानका कार्यक्रम ल्याउने गरेको छ ? भन्ने विषयमा कृषि ज्ञान केन्द्र कैलालीका बाली विकास अधिकृत अरुण चपाई अधिकृत छैटौं रामनारायण चौधरीले प्रशिक्षण दिएका थिए ।

मुख्यमन्त्री वृहत एवम विशेष उत्पादन तथा औद्योगिककरण कार्यक्रम खाद्यन्न बाली समन्वय समिती करण चौधरी अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष भोलेराम चौधरी रहेका थिए । यस्तै विशिष्ट अतिथिमा वडा नम्बर ३ का वडा अध्यक्ष मनऋषी आचार्य रहेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै वडा अध्यक्ष चौधरीले आफ्नो पालिकामा आएर कृषि कार्यलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा लक्ष्यित गर्दै १ दिने तालिम भए पनि संचालन गरेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा यस्ता तालिमलाई विशेष प्राथमिकतामा राख्न अनुरोध गरे ।

यस्का साथै आफुले पालिका सङ्ग समेत विशेष रुपमा छलफल गर्दै सके सम्म आउदो आर्थिक वर्षमा कृषि सम्बन्धिका तालिमहरुलाई समेट्ने प्रयास गर्ने बताए ।

सोही क्रममा अध्यक्ष चौधरी पछिल्लो समयमा आम जनसमुदाय तालिम भन्ने नकारात्मक सोचको विकास भएको बताए । उनले भने तालीम भन्ने वितिकै सिक्ने भन्दा नि भत्ता कति पाईन्छ ? दिने हो कि नाई ? तालिम त त्यस्तै हो भत्ता दिए भइहाल्छ, जस्ता सोचको सृजना बढ्दो रहेको देखिने गरेको छ । तालिममा सहभागी हरुलाई भत्ता भनेर दिने सरकारको तिनी नियम छैन, तालिम विशेष समुदाय, समुहलाई दिने गरेको हुँदा तालिम स्थल सम्म आउन र घर सम्म जान सहज होस भनेर यातायात खर्चको रूपमा केही व्यवस्थापन गरेको हुँदा । सहभागी हरुले तालिममा आइसके पछि जुन उद्देश्यले सरकारले लगानी लगाएको हुन्छ त्यसको मर्म बुझ्दै संबंधित बिषयमा ज्ञान हासिल गर्नु होला ।

यस्तै विशिष्ट अतिथि आसनबाट बोल्दै बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मनऋषि आचार्यले तालिम भनेको एक सिक्ने ठाँउ हो यहाँ सिकेका कुराहरू व्यवहारीक क्षेत्रमा लगाउन उपस्थित सबै सहभागीलाई अनुरोध गरे । नेपाली समुदाय विशेष गरि कृषि पेशामा आश्रीत समुदाय हो । तर आवश्यक ज्ञान सिपको अभावका कारण विदेशीन बाध्य भएका छन । त्यसकारण सरकारले कृषि कार्यमा जुन उद्देश्यले वर्षेनि लगानी लगाउदै आएको छ ।

त्यसलाई सफल पार्दै आफ्नै देशमा आफ्नै परिवार सङ्ग बस्ने तालिममा सिकेका कुरा व्यवहारीक जिवनमा लागू गर्दै अरुलाई पनि सिकाउन अनुरोध गरे ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार