नेपाल कुरियर संघ सुदुरपश्चिम प्रदेशको अध्यक्षमा भट्ट चयन

२७ साउन, धनगढी
नेपाल कुरियर संघ सुदुरपश्चिम प्रदेशको अध्यक्षमा नवराज भट्ट चयन भएका छन् । शनिबार धनगढीमा भएको संघको प्रथम अधिवेशनले भट्टको अध्यक्षतामा एघार सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।

समितिको उपाध्यक्षमा मुकेश बोहरा, सचिवमा अनिल चौधरी तथा कोषाध्यक्षमा खगेन्द्र प्रसाद ओझा चयन भएका छन् । त्यस्तै नवनिर्वाचित कार्यसमिति सदस्यहरुमा जीवन पाण्डे, भोज बहादुर शाही, अनिल चौधरी, पदम खरेल, घनश्याम पौडेल, नवराज भण्डारी र डम्बर सिंह रहेका छन् ।

संघका तदर्थ समितिका अध्यक्ष नवराज भट्टको अध्यक्षतामा भएको साधारण सभा तथा अधिवेशनमा प्रमुख अतिथि नेपाल कुरियर सेवा संघका कोषाध्यक्ष तथा केन्द्रीय प्रतिनिधि तिलराज खतिवडा र विशिष्ट अतिथि केन्द्रीय सदस्य टंकमणि खरेल रहेका थिए । सभामा तदर्थ समितिका कोषाध्यक्ष खगेन्द्र ओझाले प्रस्तुत गरेको आर्थिक विवरण तथा सचिव अनिल चौधरीले प्रस्तुत गरेको संघले गरेका कार्य, भावी योजनाको प्रतिवेदन पारित गरिएको छ । कार्यक्रमको सञ्चालन शिवहरि पाण्डेले गरेका थिए ।

 

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार