सुदुरपश्चिम विशेष

बर्दगोरियाका ६ वटै वडामा खानेपानी आयोजनाको ठेक्का सम्झौता सम्पन्न: सन् २०२८  सम्म सुरक्षित खानेपानी पुर्‍याउने लक्ष्य

बर्दगोरियाका ६ वटै वडामा खानेपानी आयोजनाको ठेक्का सम्झौता सम्पन्न: सन् २०२८ सम्म सुरक्षित खानेपानी पुर्‍याउने लक्ष्य

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाका ६ वटै वडामा सुरक्षित खानेपानी पहुँच विस्तार गर्ने आयोजनाको ठेक्का सम्झौता प्रक्रिया सम्पन्न भएको छ। विश्व बैंकको ऋण सहयोग तथा नेपाल सरकार, सुदूरपश्चिम प्रदेश सरकार र गाउँपालिकाको सहलगानीमा सञ्चालित यस आयोजनाबाट करिब ९ हजार घरधुरी लाभान्वित हुने लक्ष्य राखिएको छ। वडा नं. १ को सडकपुर–बौनिया खानेपानी आयोजनाको ठेक्का खड्का/पीएस जेभी, बाँकेसँग १७ करोड २५ लाख ६८ हजार १२२ रुपैयाँमा सम्झौता भएसँगै सबै वडाको ठेक्का प्रक्रिया पूरा भएको हो। आयोजनाको लक्ष्य सन् २०२८ जुलाईसम्म गाउँपालिकाका शतप्रतिशत नागरिकलाई सुरक्षित खानेपानीको पहुँचमा पुर्‍याउनु रहेको छ। अब निर्धारित समयभित्र गुणस्तरीय निर्माण सम्पन्न गर्नु र खानेपानी सेवाको दिगो व्यवस्थापन सुनिश्चित…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा शुरू भयो तीन दिने खोज पत्रकारिता प्रशिक्षण तालिम

बर्दगोरियामा शुरू भयो तीन दिने खोज पत्रकारिता प्रशिक्षण तालिम

बौनिया। पत्रकारहरूको सीप विकास तथा क्षमता अभिवृद्धिका लागि कैलालीको बर्दगोरिया गाउँपालिकाले तीन दिने खोज पत्रकारिता तालिम सुरु गरेको छ । खोजमूलक पत्रकारिताप्रति दक्षता अभिवृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । बिहीबारबाट बौनियामा सुरु भएको तालिम शनिवार सम्म सञ्चालन हुने छ । गाउँपालिकाका सामाजिक विकास समिति संयोजक तथा प्रवक्ता मिथुन गौतमको अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश अध्यक्ष भरत शाह रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहले पत्रकारिता क्षेत्रको सुदृढीकरणका लागि बर्दगोरिया गाउँपालिकाले महत्त्वपूर्ण र उदाहरणीय कदम चालेको बताए । उनले खोज पत्रकारिता लोकतन्त्र, सुशासन र जबाफदेहिताको आधार भएकाले यस्ता तालिमले दक्ष…
पुरा पढ्नुहाेस्
बर्दगोरियाको आगामी वर्षको बजेट एक अर्ब नौ करोड 

बर्दगोरियाको आगामी वर्षको बजेट एक अर्ब नौ करोड 

बर्दगोरिया। कैलालीको बर्दगोरिया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक अनुमानित बजेट सार्वजनिक गरेको छ । गाउँ सरकारको आफ्नो १८ औँ गाउँ सभा मार्फत गाउँ सरकारका प्रवक्ता एवम् वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतमले कुल १ अर्ब ९ करोड २१ लाख १५ हजार ६ सय ५० रुपैयाँको बजेट सार्वजनिक गरेका हुन । गाउँ सरकारले आगामी आर्थिक वर्षमा ३ करोड ८२ लाख ३३ हजार ८ सय आन्तरिक आय प्राप्त हुने अनुमान गरेको छ भने राजस्व बाँडफाँडबाट ११ करोड ५१ लाख ४१ हजार र अन्तर सरकार वित्तीय हस्तान्तरण (नेपाल सरकार) बाट कुल ५६ करोड ९८ लाख प्राप्त हुने अनुमान गरेको…
पुरा पढ्नुहाेस्
बजेट प्रस्तुत गर्ने जिम्मेवारी भएका उपाध्यक्ष नै सभामा अनुपस्थित; प्रवक्ताले ल्याए वजेट

बजेट प्रस्तुत गर्ने जिम्मेवारी भएका उपाध्यक्ष नै सभामा अनुपस्थित; प्रवक्ताले ल्याए वजेट

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत हुने सबैभन्दा महत्त्वपूर्ण गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष गणेशराज गिरी अनुपस्थित भएपछि उनको राजनीतिक प्राथमिकता, नैतिक जिम्मेवारी र जनप्रतिनिधिको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ। स्थानीय सरकारको वार्षिक नीति, कार्यक्रम तथा बजेट पारित हुने गाउँ सभालाई गाउँपालिकाको संसद् मानिन्छ। यही सभाबाट आगामी वर्षका विकास योजना, सामाजिक कार्यक्रम, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य तथा सेवा प्रवाहका प्राथमिकता तय गरिन्छन्। तर यति महत्त्वपूर्ण सभामा उपस्थित हुनुपर्ने उपाध्यक्ष गिरी भने गाउँ सभा छाडेर आफ्नो दलको महाधिवेशनमा सहभागी हुन चितवन पुगेका छन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले उपाध्यक्षलाई बजेट तथा…
पुरा पढ्नुहाेस्
बर्दगोरिया १ मा नेतृत्व क्षमता विकास तथा उद्घोषण सम्बन्धी २ दिने तालिम शुरु

बर्दगोरिया १ मा नेतृत्व क्षमता विकास तथा उद्घोषण सम्बन्धी २ दिने तालिम शुरु

कैलाली — कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा नेतृत्व क्षमता विकास तथा उद्घोषण सम्बन्धी २ दिने तालिम सुरु भएको छ । स्थानीय तहमा सक्षम नेतृत्व विकास गर्ने उद्देश्यले आयोजना गरिएको उक्त तालिम प्रभावकारी रूपमा सुरु भएको हो । तालिममा नेतृत्व क्षमता विकास सम्बन्धी सहजीकरण लोकेन्द्र बिष्टले गर्नुभएको थियो । उहाँले नेतृत्वको आधारभूत अवधारणा, असल नेतामा हुनुपर्ने गुण, निर्णय क्षमता, संचार सीप, समय व्यवस्थापन तथा समूहलाई प्रभावकारी रूपमा अगाडि बढाउने तरिकाबारे विस्तृत रूपमा प्रशिक्षण दिनुभएको थियो । तालिमका क्रममा सहभागीहरूलाई समूहगत अभ्यास, प्रस्तुतीकरण तथा अन्तरक्रियामार्फत सिकाइलाई अझ प्रभावकारी बनाइएको थियो । यस्ता तालिमले स्थानीय तहमा आत्मविश्वासी, सक्षम तथा जिम्मेवार नेतृत्व…
पुरा पढ्नुहाेस्
बर्दगोरिया–१ मा निःशुल्क आँखा शिविर सम्पन्न, ७०३ जनाको आँखा परीक्षण

बर्दगोरिया–१ मा निःशुल्क आँखा शिविर सम्पन्न, ७०३ जनाको आँखा परीक्षण

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा निःशुल्क आँखा शिविर बिहीबार सम्पन्न भएको छ। वडा नं. १ को आर्थिक सहयोग तथा श्री कृष्ण आँखा अस्पताल, टीकापुरको प्राविधिक सहयोगमा आयोजित निःशुल्क बृहत् आँखा शिविर बिहीबार सफलतापूर्वक सम्पन्न भएको हो। बिहीबार सम्पन्न उक्त शिविरमा ७०३ जना सेवाग्राहीको आँखा परीक्षण (OPD) गरिएको थियो। परीक्षणका क्रममा ८० जना बिरामीमा मोतिबिन्दु, जलबिन्दु, आँखामा मासु पलाएका लगायत बिरामीहरूको शल्यक्रिया आवश्यक रहेको पहिचान गरिएको छ। ती सबै बिरामीको आज शुक्रवार श्री कृष्ण आँखा अस्पताल, टीकापुरमा निःशुल्क शल्यक्रिया (सर्जरी) गरिने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ। त्यसैगरी, शिविरमा दृष्टि समस्याबाट प्रभावित १९२ जना सेवाग्राहीलाई निःशुल्क चस्मा वितरण गरिएको थियो। शिविरमार्फत निःशुल्क…
पुरा पढ्नुहाेस्
बालविवाह, छुवाछूत र विभेदविरुद्ध अभिमुखीकरण मोहन्याल १ मा कार्यक्रम सम्पन्न

बालविवाह, छुवाछूत र विभेदविरुद्ध अभिमुखीकरण मोहन्याल १ मा कार्यक्रम सम्पन्न

कैलाली । बालविवाह, छुवाछूत तथा सामाजिक विभेद न्यूनीकरण गर्ने उद्देश्यले मोहन्याल गाउँपालिका वडा नम्बर १ को चायाभावरमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। समृद्ध नेपाल ट्रेनिङ सेन्टरका संयोजक कृष्ण प्रसाद ओझाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि मोहन्याल गाउँपालिका वडा नम्बर १ का अध्यक्ष प्रेम बुढा रहनु भएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुढाले समाजमा विद्यमान कुप्रथा र विभेद अन्त्य गर्न सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गर्दै यस्ता सचेतनामूलक कार्यक्रमले सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा बालविवाह, छुवाछूत तथा विभेदसम्बन्धी विषयमा अधिवक्ता द्वय गणेश कडायत र रोहित देउवाले सहजीकरण गर्नुभएको थियो । उनीहरूले कानुनी व्यवस्था, सामाजिक असर र न्यूनीकरणका…
पुरा पढ्नुहाेस्
बौनिया जेसीज द्वारा रक्तदान कार्यक्रम सम्पन्न

बौनिया जेसीज द्वारा रक्तदान कार्यक्रम सम्पन्न

बर्दगोरिया । विश्व रक्तदाता दिवसको अवसरमा बौनिया जेसीजले आयोजना गरेको रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।   नेपाल जेसीजको प्रोजेक्ट संकल्प अनुसार समाजमा रगत अभावका कारण हुने समस्यालाई न्यूनीकरण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा स्थानीय युवा, समाजसेवी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि बौनिया जेसीजका संस्थापक अध्यक्ष लिला जंग शाही रहेका थिए । कार्यक्रमलाई सम्बोधन प्रमुख अतिथि शाहीले रक्तदान जीवनदान भएकाले स्वस्थ व्यक्तिले नियमित रूपमा रक्तदान गर्नुपर्नेमा जोड दिएका थिए। टीकापुर जेसीजको मातृत्वमा सन् २०११ मा स्थापना भएको यस जेसीजले २०११ देखि २०२६ सम्म पुग्दै गर्दा रक्तदान लगायत विभिन्न सामाजिक कार्यहरू साफतापूर्वक सम्पन्न गर्दै आएको…
पुरा पढ्नुहाेस्
हुरीबाट शुक्लाफाँटाका ८० परिवार प्रभावित

हुरीबाट शुक्लाफाँटाका ८० परिवार प्रभावित

कञ्चनपुर: “राति खाना पकाउने तयारी गर्दै थियौँ, एक्कासि आएको हावाहुरीले घरको छाना उडाएर लग्यो, अन्नपात, लुगाफाटा सबै भिज्यो, ज्यान जोगाउनमै व्यस्त भयौँ, अरू सामान बचाउने समय नै पाएनौँ।” शुक्लाफाँटा नगरपालिका–९ का महेश जोशीले दुई दिनअघि (बुधवार राति) आएको हुरीले निम्त्याएको पीडा सुनाउँदै भने, “अहिले खुला आकाशमुनि बस्न बाध्य छौँ, हुरीले हाम्रो बिचल्ली बनाइदियो।” शुक्लाफाँटा नगरपालिका–९ मा आएको भीषण हुरीले ८० परिवारलाई प्रभावित बनाएको छ। हावाहुरीले ६० वटा घर र २० वटा गोठमा क्षति पु¥याउँदा दर्जनौँ परिवारको वासस्थान, खाद्यान्न र दैनिक जीवन प्रभावित भएको हो। शुक्लाफाँटा –९ वडाध्यक्ष रमेशबहादुर ऐरकाअनुसार हुरीले अधिकांश घरका जस्तापाताका र टायलका छाना उडाएको छ। त्यस लगत्तै…
पुरा पढ्नुहाेस्
सुगरखाल काडा नदीमा कटान नियन्त्रणका लागि तटबन्धन शिलान्यास सम्पन्न

सुगरखाल काडा नदीमा कटान नियन्त्रणका लागि तटबन्धन शिलान्यास सम्पन्न

बर्दगोरिय । बर्दगोरिया गाउँपालिका वडा नं. ६ अन्तर्गत सुगरखाल क्षेत्रमा रहेको काडा नदीको कटान नियन्त्रण गर्न तटबन्धन निर्माण कार्यको बुधवार वडा नम्बर ६ का अध्यक्ष राम कृष्ण डगौरा थारुले शिलान्यास गर्नु भएको छ । वर्षेनी हुने नदी कटानका कारण स्थानीय बस्ती तथा कृषियोग्य जमिन जोखिममा पर्दै आएको सन्दर्भमा यो आयोजना सुरु गरिएको हो ।   उक्त तटबन्धन निर्माण कार्य राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति अन्तर्गत कार्यक्रम कार्यान्वयन इकाइ लम्की, कैलालीको सहयोगमा सञ्चालन हुन लागेको हो ।   शिलान्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकाय तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।   शिलान्यास पश्चात्त बोल्दै वडा अध्यक्ष डगौरा थारुले…
पुरा पढ्नुहाेस्