लक्ष्मी सनराइज बैंक बौनिया शाखाद्वारा बालकन्या मा.वि.मा वृक्षारोपण

बर्दगोरिया । विश्व वातावरण दिवसको अवसर पारी लक्ष्मी सनराइज बैंक लिमिटेड बौनिया शाखाले शुक्रबार वृक्षारोपण गरेको छ ।

शाखाले बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा रहेको श्री बालकन्या माध्यमिक विद्यालयमा गएर वृक्षारोपण गरेको हो ।

वृक्षारोपण कार्यक्रममा बोल्दै शाखाका प्रमुख मित्र खडकाले पछिल्लो समयमा देखिएको वातावरण प्रदुषण लाई ख्याल गर्दै आफ्नो बैंक देशभर ५ हजार बढी बोटबिरुवा रोप्ने कार्यक्रम ल्याए सङ्गै बौनिया शाखाले आज श्री बाल कन्या माध्यमिक विद्यालयमा एक सय बिरुवा रोपेको बताए । पछिल्लो समय बोटबिरुवा रोप्नुको साटो विभिन्न माध्यमबाट विनाश मात्र भइरहेको हुँदा वातावरणमा निकै नकारात्मक असर परेको छ । जसको प्रत्येक्ष असर आम सजिव प्राणीहरुमा परेको छ । बाताबरण लाई सन्तुलन राख्दै आम नागरिकहरुमा वृक्षारोपण गर्नु पर्छ भन्ने जनचेतना जगाउने उद्देश्यले बैक ले वृक्षारोपण गरेको हो । बैंकले आर्थिक पाटो लाई बलियो बनाउदै समाजलाई सकारात्मक बाट तर्फ डोर्‍याउन समेत प्रयास गर्दै आएको बताए ।

यस्तै वृक्षारोपण कार्यक्रममा धन्यवाद मन्तव्य राख्दै विद्यालयकी प्रधानाध्यापक सुशीला कुँवरले बैंकले समाजसेवामा समेत आफ्नो ध्यानाकर्षण गरेको भन्दै धन्यवाद व्यक्त गरिन साथै आगामी दिनहरुमा समेत यस्तै कार्यक्रमलाई थप प्रभावकारी बनाउन समेत अनुरोध गरिन ।

वृक्षारोपण कार्यक्रमलाई समापन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमन्त राज खतिवडाले बैंकले जुन उद्देश्यका साथ बाल कन्या माध्यमिक बिधालयमा वृक्षारोपण कार्यक्रम गरेको छ । त्यसलाई सफल बनाउन विद्यालयले गर्ने जुनसुकै कार्यमा कमि नहुन दिने बताउदै । आउँदा दिनहरुमा बैंकका कुनै पनि कर्मचारीहरु अनुगमन कार्यमा आउँदा हरियाली मैत्री बाताबरण देख्न पाउने कुरामा ढुक्क हुन समेत अनुरोध गरे । अध्यक्ष खतिवडाले विरुवा रोपेर वातावरण र हरित क्रान्तिमा लक्ष्मी सनराइज वैंकले महत्वपूर्ण भूमिका खेलेको बताउदै धन्यवाद व्यक्त गरे ।

वृक्षारोपण कार्यक्रममा वोतल पाम, एरोकर पाम, बोम्बो पाम, अशोक, रवर, वल्यक खर, विवी क्रोटेन, वेङ्लोरी, मयुर पंखी, स्वामी, खेसोना, आँप,अमला र स्याउ बोट विरुवा रोपिएको थियो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार