रास्वपाको सरकारमा जाने निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले सरकारमा जाने निर्णय गरेको छ ।

सोमबार बिहान केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकबाट नयाँ समीकरणमा सरकारमा जाने निर्णय गरिएको हो ।

जसमा रास्वपाले सरकारमा कति सिट लिने र क–कसलाई मन्त्री बनाउने भन्ने टुंगो लगाउने अधिकार सभापति एवं संसदीय दलका नेता रवि लामिछानेलाई दिइएको छ ।

वर्तमान सत्ता गठबन्धन भत्किएर नयाँ समीकरणका साथ सरकार बनाउने गरी पछिल्लो समय राजनीतिक घटनाक्रम विकास भएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार