सुनचाँदी व्यवसायी संघ बर्दगोरिया उपशाखाको अध्यक्षमा राम बिक्रम सिजापती

बर्दगोरिया । नेपाल सुनचाँदी व्यवसायी संघ बर्दगोरिया उपशाखाको तेस्रो साधारण सभा तथा दोस्रो अधिबेशन बिहीवार बौनियामा सम्पन्न भएको छ ।

अधिवेशन बाट ३ बर्षका लागि राम बिक्रम सिजापतिको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघ उपशाखा बर्दगोरिया अध्यक्ष राजेश गौतमको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहेका थिए । यसै गरि कार्यक्रममा बिशिष्ट अतिथी गाउँपालिका उपाध्यक्ष गणेश राज गिरि (लालदीप) र सुनचाँदी ब्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश सभापति सन्तोष लामिछाने रहेका थिए ।

सुनचाँदी व्यवसायी संघ उपशाखा बर्दगोरियाका वरिष्ठ उपाध्यक्ष राम बिक्रम सिजापतीको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का अध्यक्ष मिथुन गौतम, वडा नम्बर २ का अध्यक्ष गोबिन्द बि क, नेपाल सुनचाँदी ब्यवसायी महासंघ सुदुरपश्चिम प्रदेश प्रवक्ता रुपक सुनार, सुनचाँदी ब्यवसायी महासंघ सुदुरपश्चिम प्रदेश सचिव सकुन्तला सोब, सहारा घरका संचालक बल बहादुर बिष्ट , बौनिया बजार ब्यवस्थापन समिती अध्यक्ष अमर बम, जोशिपुर आभुषणक अध्यक्ष शेखर श्रीपाईलि, घोडाघोडी नगरपालिका सुनचाँदी व्यवसायी दिनेश सोब, लगाएतकाले शुभकामना मन्तव्य राखेका थिए ।

२०७७ सालमा बिधिवत रुपमा स्थापना भएको बर्दगोरिया उपशाखाले पालिका भित्र संचालित विभिन्न सामाजिक कार्यक्रम सहयोग गर्दै आएको छ ।

कार्यक्रममा सुनचाँदी ब्यवसायी संघ बदगोरिया उपशाखाले राष्ट्रिय खेलाडी कृष्णा बम, सहारा घरका संचालक बल बहादुर बिष्ट , संस्थाका संस्थापक तिलक गौतम लगाएतकालाई सम्मान गरिएको थियो । कार्यक्रमको संचालन सुनचाँदी ब्यवसायी संघ बर्दगोरिया उपशाखाका सचिव चित्र सदाशन्करले गरेका थिए ।

साथै दोस्रो अधिबेशनबाट ११ सदस्य नयाँ कार्य समिती सर्वसहमतिबाट निर्वाचित भएका छन । जसको अध्यक्षमा राम बिक्रम सिजापती चयन भएका छन । यस्तै वरिष्ठ उपाध्यक्षमा चित्र सदाशन्कर, उपाध्यक्षमा मोति सुनार, कोषाध्यक्षमा नरेश सुनार, सचिवमा संजिव वि क लगाएत, कमल सदाशकर, विकाश विश्वकर्मा, गोपाल सुनार, दिपक सोब, रोशन गौतम, अनूप वि क र ,जोसिष सुनार रहेका छन ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार