बर्दगोरिया ३ मा प्रसुती गृहको उद्घाटन, छिट्टै एम्बुलेन्स उपलब्ध गराउछु : अध्यक्ष कुँवर

बर्दगोरिया । बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा रहेको रानीकुण्डा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा प्रसूति गृहको उद्घाटन गरिएको छ । आईतवार पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले सो प्रसुती गृहको उद्घाटन गरेका हुन ।

कार्यक्रममा बोल्दै पालिका अध्यक्ष कुँवरले नागरिकका समस्यानै आफ्ना समस्या भयको बताउदै कुनैपनि नागरिकलाई आधारभूत सेवा-सुबिधा र अधिकारबाट बञ्चित हुन नदिने बताउनु भयो ।

 

पालिका अध्यक्ष कुँवरले भन्नुभयो पिछडिएको वडाको रुपमा रहेको ३ नम्बर वडालाई बिकास गर्न आफू निरंतर लागी परेको छु । साथै यश क्षेत्रका जनताले समस्या भोग्न नपरोस् भन्दै चाडै एम्बुलेन्स उपलब्ध गराउने बताउनु भयो ।

नव निर्मित प्रसुति भवनको उद्घाटन गर्दै अध्यक्ष कुँवरले बर्थिङ सेन्टरले सुरक्षितरुपमा सुत्केरी गराउन सहयोग पुग्ने बताउनुभयो । अध्यक्ष कुँवरले प्रसुति भवनको सही सदुपयोग गर्दै दिगोरुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

वडा नम्बर ३ को जटिल समस्याको रुपमा रहेको प्रसुती भवनको उद्घाटनले समस्या समाधान हुने वडा नम्बर ३ का अध्यक्ष मन्ऋषि आचार्यले बताए ।

उद्घाटन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष गणेश राज गिरि, गाउँ सरकारका प्रबक्ता तथा वडा नम्बर १ का अध्यक्ष मिथुन गौतम, वडा नम्बर २ का अध्यक्ष गोबिन्द बि.क ,वडा नम्बर ५ का अध्यक्ष भोलेराम चौधरी लगाएत स्थानिय संघ संस्था, वडा सदस्य लगाएत स्थानियको सहभागिता रहेको थियो ।

स्वास्थ्य शाखा प्रमुख कैलाश कुमार रावतले स्वागत मन्तव्य व्यक्त गरेक्ल कार्यक्रमको संचालन रानिकुण्डा आधारभुत स्वास्थ्य केन्द्रका प्रमुख भरत रसाईलिले गरेका थिए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार