समाज

वर्षाका कारण अभ्यास खेल रद्ध: नेपालले सिधै विश्वकप खेल्ने

वर्षाका कारण अभ्यास खेल रद्ध: नेपालले सिधै विश्वकप खेल्ने

काठमाडौं । नेपाल र अमेरिकाको औपचारिक अभ्यास खेल वर्षाका कारण रद्ध भएको छ। आईसीसी टी-२० विश्वकप अगाडिको अभ्यास खेल वर्षाका कारण रद्ध भएसङ्गै नेपालले सिधै विश्व कप खेल्ने भएको हो । बिहीबार राति ९ : १५ बजे सुरु हुने भनिएको खेल लामो समयसम्म वर्षा नरोकिएपछि टस भइसकेपछि अवरुद्ध भएको हो। अमेरिकाले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्ने भएको थियो। नेपाल पहिलो औपचारिक अभ्यास खेलमा क्यानडासँग ६३ रनले पराजित भएको थियो। नेपालले अब जेठ २२ गते नेदरल्यान्डसँग प्रतिस्पर्धा गर्दै सिधै विश्वकप खेल्नेछ। विश्वकपको समूह ‘डी’ मा रहेको नेपालले समूह चरणको दोस्रो खेल जेठ ३० गते श्रीलङ्का, तेस्रो खेल असार…
पुरा पढ्नुहाेस्
सुनको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बिहिवार नेपाली बजारमा पहेलो धातु सुनको मुल्य नेपाली घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ हजार ८ सय रुपैयाँले घटेको हो । जस अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३८ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३८ हजार  ५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४० हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । त्यसै गरी आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदी तोलामा ३५ रुपैयाँले घटेर तोलामा १८६५ रुपैयाँमा कारोबार…
पुरा पढ्नुहाेस्
मौसम पूर्वानुमान: चट्याङसहित हल्का वर्षाको सम्भावना

मौसम पूर्वानुमान: चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा हाल स्थानीय र पश्चिमी वायुका साथै विहार आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले अहिले कोसी र मधेस प्रदेशका एक दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ । यस्तै आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने बताएको छ । कोसी, मधेस प्रदेशलगायत पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी भू–भागका एक दुई स्थानमा चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज राति कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरी सहित हल्का वर्षाको…
पुरा पढ्नुहाेस्
मौसम पूर्वानुमान: चट्याङ्गसहित वर्षाको सम्भावना

मौसम पूर्वानुमान: चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाएको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो देशका पहाडी भूभागको मौसम आंशिक देखि सामान्यतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा तथा मधेस र बाँकी पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति कोशी प्रदेशलगायत बागमती र…
पुरा पढ्नुहाेस्
इडिभी २०२५ को नतिजा आज आउदै, यसरी हेर्नुस्

इडिभी २०२५ को नतिजा आज आउदै, यसरी हेर्नुस्

काठमाडौँ । अमेरिकाले हरेक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा (इडिभी) २०२५ को नतिजा आज आउने भएको छ । शुक्रबार नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत उक्त कुराको जानकारी दिएको हो । दूतावासका अनुसार आज वैशाख २२ गते राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC मा गई नतिजा हेर्न सकिने छ । यो नै इडिभीको नतिजा थाहा पाउने यो एक मात्र तरिका रहेको दूतावासले जनाएको छ ।
पुरा पढ्नुहाेस्
मौसम पूर्वानुमान, चट्याङ्गसहित वर्षाको सम्भावना

मौसम पूर्वानुमान, चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि साधरणतया बदली  रहेको  छ। आज दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली भई बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ। यस्तै आज राति कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधरणतया…
पुरा पढ्नुहाेस्
नेकपा एमालेको प्रमुख सचेतकमा बर्तौला, सचेतकमा बराल

नेकपा एमालेको प्रमुख सचेतकमा बर्तौला, सचेतकमा बराल

काठमाडौं । नेकपा एमालेले आफ्नो प्रमुख सचेतकमा महेश बर्तौला मनोनित गराएको छ। एमाले प्रमुख सचेतक पदम गिरी मन्त्री नियुक्त भएपछि पार्टीले बर्तौलालाई प्रमुख सचेतकको जिम्मेवारी दिएको हो । संसदी दलका नेता केपी शर्मा ओलीले यसअघि सचेतक रहेका बर्तौलालाई प्रमुख सचेतक मनोनित गरेका हुन् । यस्तै  सचेतकमा भने सुनिता बराल मनोनित भएकी छन् ।
पुरा पढ्नुहाेस्
बसको ठक्करबाट चितवनमा बालकको मृत्यु

बसको ठक्करबाट चितवनमा बालकको मृत्यु

भरतपुर (चितवन) । चितवनको भरतपुरमा बसको ठक्करबाट बालकको मृत्यु भएको छ । नारायणगढबाट माडीतर्फ जाँदै गरेको ना४ख ५८१५ नम्बरको बसले नौ वर्षीय आरुष पौडेललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । गएराति भरतपुर महानगरपालिका–७ स्थित माछापुच्छ्रे चोक नजिकै ‘जेब्रा क्रसिङ’मा हिँडिरहेका बेला बालक पौडेललाई बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए । माडी नगरपालिका–८ बस्ने चालक विकास सार्कीलाई प्रहरीले सीताराम चोक पुगेपछि नियन्त्रणमा लिएको थियो । घटनामा बसमा सवार भरतपुर–७ बस्ने २१ वर्षीया कोपिला राई पनि घाइते भएका थिए । रासस
पुरा पढ्नुहाेस्
मौसम पूर्वानुमान: सुदूरपश्चिम सहित केही प्रदेशमा चट्याङसहित हल्का वर्षा

मौसम पूर्वानुमान: सुदूरपश्चिम सहित केही प्रदेशमा चट्याङसहित हल्का वर्षा

काठमाडौं । नेपालमा हाल पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। जस अनुसार अहिले बिहानको मौसम देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था रहेको छ। कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ। सोमबार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका पहाडी भू—भागका एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका…
पुरा पढ्नुहाेस्
अफगानिस्तानमा भारी हिमपात: १५ जनाको मृत्यु, दर्जनौँ घाइते

अफगानिस्तानमा भारी हिमपात: १५ जनाको मृत्यु, दर्जनौँ घाइते

काबुल । अफगानिस्तानका विभिन्न प्रान्तमा विगत तीन दिनयताको भारी हिमपातका कारण १५ जनाको मृत्यु भएको छ । करिब ३० जना घाइते छन् । बाल्ख र फार्याब प्रान्तबाट प्राप्त तथ्यांकलाई उद्धृत गर्दै टोलोन्युजले भारी हिमपातका कारण पशुधनमा व्यापक प्रभाव परेको उल्लेख गरेको छ । हालैको हिमपातका कारण लगभग १० हजार जनावर मरेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सर–ए–पुलका स्थानीय अब्दुल कादिरले भने, “व्यापक हिउँ परिरहेको छ । धेरै सडकहरू अवरुद्ध भएका छन् । कुनै पनि आवागमन छैन । आफ्ना पशुधनको क्षति भएकाले स्थानीय निकै चिन्तित बनेका छन् ।” अर्का बासिन्दा अमानुल्लाहले सडक अवरुद्ध भएका र भोकभोकै रहेका पशुचौपायाको दुर्दशाबाट प्रभावितका निम्ति…
पुरा पढ्नुहाेस्