वर्षाका कारण अभ्यास खेल रद्ध: नेपालले सिधै विश्वकप खेल्ने

काठमाडौं । नेपाल र अमेरिकाको औपचारिक अभ्यास खेल वर्षाका कारण रद्ध भएको छ।

आईसीसी टी-२० विश्वकप अगाडिको अभ्यास खेल वर्षाका कारण रद्ध भएसङ्गै नेपालले सिधै विश्व कप खेल्ने भएको हो ।

बिहीबार राति ९ : १५ बजे सुरु हुने भनिएको खेल लामो समयसम्म वर्षा नरोकिएपछि टस भइसकेपछि अवरुद्ध भएको हो। अमेरिकाले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्ने भएको थियो।

नेपाल पहिलो औपचारिक अभ्यास खेलमा क्यानडासँग ६३ रनले पराजित भएको थियो। नेपालले अब जेठ २२ गते नेदरल्यान्डसँग प्रतिस्पर्धा गर्दै सिधै विश्वकप खेल्नेछ।

विश्वकपको समूह ‘डी’ मा रहेको नेपालले समूह चरणको दोस्रो खेल जेठ ३० गते श्रीलङ्का, तेस्रो खेल असार १ गते दक्षिण अफ्रिका र चौथो खेल असार ३ गते बङ्गलादेशसँग खेल्दैछ।

२० टोलीको सहभागिता रहने विश्वकपमा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ। समूहका शीर्ष दुई टोली सुपर आठमा प्रवेश गर्नेछन्।

नेपालले १० वर्षपछि टी-२० विश्वकप खेल्न लागेको हो। नेपालले बङ्गलादेशमा सन् २०१४ मा आयोजना भएको टी–२० विश्वकप खेलेको थियो।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार