इडिभी २०२५ को नतिजा आज आउदै, यसरी हेर्नुस्

काठमाडौँ । अमेरिकाले हरेक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा (इडिभी) २०२५ को नतिजा आज आउने भएको छ ।

शुक्रबार नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत उक्त कुराको जानकारी दिएको हो ।

दूतावासका अनुसार आज वैशाख २२ गते राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC मा गई नतिजा हेर्न सकिने छ ।

यो नै इडिभीको नतिजा थाहा पाउने यो एक मात्र तरिका रहेको दूतावासले जनाएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार