नेकपा एमालेको प्रमुख सचेतकमा बर्तौला, सचेतकमा बराल

काठमाडौं । नेकपा एमालेले आफ्नो प्रमुख सचेतकमा महेश बर्तौला मनोनित गराएको छ।

एमाले प्रमुख सचेतक पदम गिरी मन्त्री नियुक्त भएपछि पार्टीले बर्तौलालाई प्रमुख सचेतकको जिम्मेवारी दिएको हो ।

संसदी दलका नेता केपी शर्मा ओलीले यसअघि सचेतक रहेका बर्तौलालाई प्रमुख सचेतक मनोनित गरेका हुन् ।

यस्तै  सचेतकमा भने सुनिता बराल मनोनित भएकी छन् ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार