जीवनशैलि

लक्ष्मी सनराइज बैंक बौनिया शाखाद्वारा बालकन्या मा.वि.मा वृक्षारोपण

लक्ष्मी सनराइज बैंक बौनिया शाखाद्वारा बालकन्या मा.वि.मा वृक्षारोपण

बर्दगोरिया । विश्व वातावरण दिवसको अवसर पारी लक्ष्मी सनराइज बैंक लिमिटेड बौनिया शाखाले शुक्रबार वृक्षारोपण गरेको छ । शाखाले बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा रहेको श्री बालकन्या माध्यमिक विद्यालयमा गएर वृक्षारोपण गरेको हो । वृक्षारोपण कार्यक्रममा बोल्दै शाखाका प्रमुख मित्र खडकाले पछिल्लो समयमा देखिएको वातावरण प्रदुषण लाई ख्याल गर्दै आफ्नो बैंक देशभर ५ हजार बढी बोटबिरुवा रोप्ने कार्यक्रम ल्याए सङ्गै बौनिया शाखाले आज श्री बाल कन्या माध्यमिक विद्यालयमा एक सय बिरुवा रोपेको बताए । पछिल्लो समय बोटबिरुवा रोप्नुको साटो विभिन्न माध्यमबाट विनाश मात्र भइरहेको हुँदा वातावरणमा निकै नकारात्मक असर परेको छ । जसको प्रत्येक्ष असर आम सजिव प्राणीहरुमा परेको…
पुरा पढ्नुहाेस्
बर्दगोरिया गाउँपालिकामा १ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न: ४ सय ४४ जनाले सेवा

बर्दगोरिया गाउँपालिकामा १ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न: ४ सय ४४ जनाले सेवा

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा १ दिने निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ । विश्व हिन्दु परिषद नेपाल,धनगढी नगर समिति कैलालीको आयोजना तथा बर्दगोरिया गाउँपालिकाको सहयोगमा स्थानीय दोदोधरा अस्पतालमा शनिबार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । शिविरमा महिला पुरुष गरि ४ सय ४४ जनाले सेवा लिएको अस्पताल स्रोतले जनाएको छ । शिविरमा कन्सल्टेण्ड रेडियोलोजिस्ट डा. अशोक राज पन्त, हाडजोर्नी तथा मेरुदण्ड विषेशज्ञ डाक्टर ज्ञानेन्द्र जोशी, पेट,छाती,मुटु,सुगर,दम रोग सम्बन्धि विषेशज्ञ डाक्टर विकास रिजाल ,स्त्रीरोग तथा प्रसुती विषेशज्ञ डाक्टर जगदीश चन्द्र विष्ट लगाएतको विशेषज्ञ टोलिद्वारा परामर्श सेवा प्रदान गरिएको थियो । शिविरको पालिका अध्यक्ष कर्ण बहादुर कुवरले उद्घाटन गर्नुभएको थियो…
पुरा पढ्नुहाेस्
बर्दगोरियाले दियो गर्मी बिदा

बर्दगोरियाले दियो गर्मी बिदा

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाले गर्मी बिदा दिएको छ । पछिल्लो केही दिनदेखि अत्यधिक गर्मी बढेपछि बर्दगोरिया गाउँपालिकाले एकहप्ता विद्यालयमा बिदा दिएको हो । पालिकाले भोलि, शुक्रबारदेखि लागू हुनेगरी २४ जेठसम्म बिदा दिएको हो । पालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश ढुंगानाले बिहिवार एज सूचना जारी गर्दै बर्खे बिदाबाट कट्टा हुनेगरी पालिकाभित्र रहेका सबै विद्यालयमा बिदा दिइएको उल्लेख गरेका छन । गर्मी अत्यधिक बढेपछि बालबालिकाको स्वास्थमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै पालिकाले बिदा दिइएको जनाइएको छ । पछिल्लो केही दिनदेखि बढ्दै गएको गर्मीको कारणले जनजीवन कष्टकर बन्दै गएको छ। बिहान सबेरैदेखि सुरु हुने गर्मी मध्याह्नसम्म ४४ डिग्री सेल्सियससम्म पुग्ने गरेकाले दैनिक कामकाज…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-३ मा विपन्न वर्गका नागरिकलाई बङ्गुरका पाठापाठी वितरण

बर्दगोरिया-३ मा विपन्न वर्गका नागरिकलाई बङ्गुरका पाठापाठी वितरण

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाले ३१ जना विपन्न वर्गलाई बङ्गुरका पाठापाठी वितरण गरेको छ । पालिकाको पशु सेवा शाखाले वडा नम्बर ३ मा रहेका विपन्न वर्गको आयआर्जनका लागि शनिबार पाठापाठी वितरण गरेको हो। शाखाको आर्थिक वर्ष २०८०/८१ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत वडा नम्बर ३ मा रहेका दलित, एकल महिला ,मुक्तकमैया गरि ३१ जनालाई छनोट गरि उनीहरूको आयआर्जन उकास्न मद्दत पुराउने उदेश्यले निःशुल्क रूपमा बङ्गुरका पाठापाठी वितरण गरिएको शाखा प्रमुख जयप्रसाद कोइरालाले बताए । पालिका अध्यक्ष कर्ण बहादुर कुवर, उपाध्यक्ष गणेश राज गिरि,वडा नम्बर ३ का वडा अध्यक्ष मनऋषि आचार्यले संयुक्त रूपमा उनीहरूलाई बङ्गुरका पाठापाठी वितरण गरेका थिए । सो…
पुरा पढ्नुहाेस्
आज २५६८ औं बुद्ध जयन्ती, विभिन्न कार्यक्रमका साथ मनाइँदै

आज २५६८ औं बुद्ध जयन्ती, विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौँ । आज २५६८ औँ बुद्ध जयन्ती । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको आज २५६८ औँ जयन्ती, प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । हरेक वर्ष आजकै दिन सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरण स्वरूप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६८ औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको…
पुरा पढ्नुहाेस्
स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव: सुदूरपश्चिममा आंशिक बदली

स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव: सुदूरपश्चिममा आंशिक बदली

काठमाडौँ । नेपालमा हाल स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र मधेस प्रदेशसहित देशका  पहाडी भूभागमा आंशिक बदली रहेको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी  प्रदेशको पहाडी भूभागका थोरै  स्थानहरूमा साथै बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी  र  गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति कोशी प्रदेश लगायत बागमती, गण्डकी र कर्णाली…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा व्यवसायीक चिया तथा नास्ता सम्बन्धि १० दिने तालिम सम्पन्न

बर्दगोरियामा व्यवसायीक चिया तथा नास्ता सम्बन्धि १० दिने तालिम सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरोया गाउँपालिका वडा नम्बर २ मा १० दिने व्यवसायीक चिया तथा नास्ता तालिम सम्पन्न भएको छ । चैत्र १७ गते देखि शुरु भएको उक्त १० दिने व्यवसायीक चिया तथा नास्ता तालिम मंगलबार एक औपचारिक कार्यक्रमका बिच सम्पन्न भएको हो। समापन कार्यक्रममा प्रमुख अतिथी बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेश राज गिरी (लालदीप) रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै पालिका उपाध्यक्ष गिरीले तालिम लिएर मात्र नहुने बताए । जब सम्म हामीले सिकेको सीप व्यवहारीक रुपमा सदुपयोग गर्दैनौ तब सम्म हामी सीप हुँदा हुँदै पनि बेरोजगार हुन्छौं । त्यस कारण जुन उद्देश्यका साथ मुक्त कमलरी विकास मञ्चले १० दिने व्यवसायिक चिया…
पुरा पढ्नुहाेस्
आयआर्जन गर्न महिलालाई समुहमा बिउपूँजी प्रदान

आयआर्जन गर्न महिलालाई समुहमा बिउपूँजी प्रदान

चौमाला । कैलालीको गौरीगंगा नगरपालिकामा दलित समुदायका महिलाहरुलाई आयआर्जनको लागि विउपुँजी वितरण गरिएको छ । दलित महिला संघ (फेडो) कैलालीले नगरपालिकाको विभिन्न वडामा गठन गरिएका समुहमा आबद्ध १० जना महिलाहरुलाई २१ हजार रुपैयाँको दरले समुहमा सामुहिक कर्जा प्रदान गरिएको हो । कर्जा प्रदान गर्दै गौरीगंगा नगरपालिका प्रमुख देविदत्त कडेलले फेडोले दलित महिलाहरुमा जागरण तथा सशक्तिकरण गर्न उल्लेखनिय योगदान गरेको बताउदै सामान्य पेशा अवलम्बन गरिरहेका महिलालाई सहुलियत घुम्ती कोषको माध्यमबाट स्वावलम्बी र मितव्ययी हुन प्रेरित गरेको भन्दै प्रशंसा गरेका थिए । दलित महिला संघ (फेडो) कैलालीको आयोजनामा भएको कार्यक्रममा संघको सुदुरपश्चिम प्रदेश अध्यक्ष अम्बिका ताम्राकाको अध्यक्षतामा भएको थियो । सामुहिक घुम्ती…
पुरा पढ्नुहाेस्
चार  महिनादेखि स्वास्थ्यकर्मीले पाएन्न तलब

चार  महिनादेखि स्वास्थ्यकर्मीले पाएन्न तलब

भजनी । कैलालीको जानकी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीले चार  महिनादेखि तलबभत्ता नपाएको जनाउँदै गुनासो गरेका छन् ।  उनीहरुले चालु आर्थिक वर्षको असोजसम्मको मात्र तलबभत्ता पाएका थिए । तलबभत्ता रोकिएपछि दैनिक जनजीवन चलाउन मुस्किल हुन थालेको उनीहरूको भनाइ  छ । “आएको तलबभत्ताबाटै घर खर्चदेखि बालबालिकाको विद्यालयको शुल्कलगायत आधारभूत खर्चको जोहो गर्नुपर्ने बाध्यता छ । त्यो भन्दा अरु आयस्रोत हामीसँग छैन ।” गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी प्रमोद कठरियाले भने, “समयमा पैसा नआएपछि जनजीवन चलाउन समस्या हुन थालेको छ । घर–व्यवहार चलाउन मुस्किल हुँदै गएको छ भने बैंकको ब्याज तिर्न सकिएको छैन ।” सङ्घीय तहबाट स्थानीय तहमा समायोजन भएर आएका स्वास्थ्यकर्मीले पाउँदै आएको तलबभत्ता गाउँपालिकाले…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-५ मा १ दिने निःशुल्क पशु स्वास्थ्य चेकजाँच तथा खोप शिविर संञ्चालन हुँदै

बर्दगोरिया-५ मा १ दिने निःशुल्क पशु स्वास्थ्य चेकजाँच तथा खोप शिविर संञ्चालन हुँदै

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका १ दिने निःशुल्क पशु स्वास्थ्य चेकजाँच तथा खोप शिविर कार्यक्रम संञ्चालन गरिने भएको छ । गाउँपालिका पशु सेवा शाखाको आर्थिक वर्ष २०८०/०८१ का विनियोजित बजेट उक्त १ दिने निःशुल्क पशु स्वास्थ्य चेकजाँच तथा खोप शिविर कार्यक्रम संञ्चालन गरिन लागेको हो । कार्यक्रम पालिकाको वडा नम्बर ५ को कार्यालय कोइलीभुरुवामा संचालन गरिने गाउँपालिका पशु सेवा शाखाका नायव पशुसेवा प्राविधिक अनिल ओलीले जानकारी दिए । उक्त शिविर फाल्गुन २१ गते सोमबार बिहान १० बजे देखि दिउँसो २ बजे सम्म संचालन गरिने भएको छ । शिविरमा दिइने सेवाहरु १) विज्ञ पशु चिकित्सक द्वारा पशु चेकजाँच तथा उपचार २)…
पुरा पढ्नुहाेस्