बर्दगोरियामा व्यवसायीक चिया तथा नास्ता सम्बन्धि १० दिने तालिम सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरोया गाउँपालिका वडा नम्बर २ मा १० दिने व्यवसायीक चिया तथा नास्ता तालिम सम्पन्न भएको छ ।

चैत्र १७ गते देखि शुरु भएको उक्त १० दिने व्यवसायीक चिया तथा नास्ता तालिम मंगलबार एक औपचारिक कार्यक्रमका बिच सम्पन्न भएको हो।

समापन कार्यक्रममा प्रमुख अतिथी बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेश राज गिरी (लालदीप) रहेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै पालिका उपाध्यक्ष गिरीले तालिम लिएर मात्र नहुने बताए । जब सम्म हामीले सिकेको सीप व्यवहारीक रुपमा सदुपयोग गर्दैनौ तब सम्म हामी सीप हुँदा हुँदै पनि बेरोजगार हुन्छौं । त्यस कारण जुन उद्देश्यका साथ मुक्त कमलरी विकास मञ्चले १० दिने व्यवसायिक चिया तथा नास्ता तालिम दिएको छ ।त्यसलाई व्यवहारीक जिवनमा लागू गरि आफ्नो आर्थिक व्यवस्थालाई मजबुत बनाउदै तालिम दिने संघसंस्था लाई पनि थप हौसला प्रदान गर्न समेत अनुरोध गरे ।

सोही क्रममा आफ्नो पालिकामा आई मुक्त कमलरियाका महिला दिदीबहिनी हरुलाई तालिम मार्फत उनीहरुको आर्थिक उपार्जनको लागि सहयोग गरेको भन्दै तालिम आयोजक समिती लाई धन्यवाद व्यक्त गर्दै आफ्नो पालिका सङ्ग समन्वय गर्दै आगामी कार्यक्रमहरु अगाडि बढाउन अनुरोध गरे ।

उपाध्यक्ष गिरीले तालिममा सहभागीहरुलाई आफुलाई सरकारले दिएको अधिकारलाई सदुपयोग गर्न समेत अनुरोध गरे ।

कार्यक्रममा विशिष्ट अतिथि बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष गोबिन्द बिक, निवर्तमान वडा अध्यक्ष भेखु चौधरी, मुक्त कमलरी मञ्चकी केन्द्रिय अध्यक्ष हिरा चौधरी रहेकी थिइन ।

“सीप सिकौ स्वावलम्बी बनौ, एक घर एक सहकारी, एक घर एक रोजगारी” भन्ने मुल नाराका साथ सुरु भएको उक्त तालिममा सहभागीहरुलाई प्रमाणपत्र सहित चिया तथा नास्ता व्यवसाय सञ्चालन का लागि आवश्यकता पर्ने भाडाहरु समेत वितरण गरिएको थियो ।

तालिममा २५ जना महिलाहरुको सहभागीता रहेको थियो । जुन कैलाली जिल्ला अन्तरगतका महिलाहरु रहेका थिए ।

उक्त १० दिने तालिमको समापन कार्यक्रमकि सभापति बिन्द्रा चौधरीले आफुहरुले मुक्त कमलरीहरुलाई स्वावरोजगार बनाउने उद्देश्यले तालिम संचालन गर्दै केही व्यवसायी संचालनका लागि आवश्यक पर्ने सामाग्री वितरण गरेको जानकारी गराउदै उक्त सिकेको सिपलाई व्यवसायी रुपमा लागू गर्न समेत सम्पुर्ण तालिम सहभागी हरुलाई अनुरोध गरिन ।

तालिमको आर्थिक संयोजन नेपाल युथ फाउन्डेसनले गरेको थियो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार