बर्दगोरिया गाउँपालिकामा १ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न: ४ सय ४४ जनाले सेवा

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा १ दिने निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ । विश्व हिन्दु परिषद नेपाल,धनगढी नगर समिति कैलालीको आयोजना तथा बर्दगोरिया गाउँपालिकाको सहयोगमा स्थानीय दोदोधरा अस्पतालमा शनिबार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

शिविरमा महिला पुरुष गरि ४ सय ४४ जनाले सेवा लिएको अस्पताल स्रोतले जनाएको छ । शिविरमा कन्सल्टेण्ड रेडियोलोजिस्ट डा. अशोक राज पन्त, हाडजोर्नी तथा मेरुदण्ड विषेशज्ञ डाक्टर ज्ञानेन्द्र जोशी, पेट,छाती,मुटु,सुगर,दम रोग सम्बन्धि विषेशज्ञ डाक्टर विकास रिजाल ,स्त्रीरोग तथा प्रसुती विषेशज्ञ डाक्टर जगदीश चन्द्र विष्ट लगाएतको विशेषज्ञ टोलिद्वारा परामर्श सेवा प्रदान गरिएको थियो ।

शिविरको पालिका अध्यक्ष कर्ण बहादुर कुवरले उद्घाटन गर्नुभएको थियो । विश्व हिन्दु परिषद नेपाल,धनगढी नगर समिति कैलालीका अध्यक्ष महेन्द्र राज पन्तको सभाध्यतामा भएको कार्यक्रममा उहाँले स्वास्थ्य मान्छेको अति अभिन्न पक्ष भएको र आफ्नो शरीरलाई विभिन्न रोगलाग्न बाट जोगाउन सबै सचेत हुनु पर्ने बताउनु भयो । उहाँले स्थानीय सरकारले नागरिकलाई स्थानीय स्तरमै सेवा पुर्याउने उदेश्यले शिविर संचालन गरिएको बताउनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष गणेश राज गिरिले स्थानीय सरकारले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम कारबाही अगाडि बढाइरहेको समेत बताउनुभयो । उहाँले स्वास्थ्य संवेदनशील क्षेत्र भएकोले आफूहरुले स्वास्थ्य क्षेत्रमा विभिन्न कार्यक्रमहरूको बारेमा छलफल गर्दै अरू थप कार्यक्रमहरू सञ्चालन गर्ने बताउनुभयो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार