बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका १ दिने निःशुल्क पशु स्वास्थ्य चेकजाँच तथा खोप शिविर कार्यक्रम संञ्चालन गरिने भएको छ ।
गाउँपालिका पशु सेवा शाखाको आर्थिक वर्ष २०८०/०८१ का विनियोजित बजेट उक्त १ दिने निःशुल्क पशु स्वास्थ्य चेकजाँच तथा खोप शिविर कार्यक्रम संञ्चालन गरिन लागेको हो ।
कार्यक्रम पालिकाको वडा नम्बर ५ को कार्यालय कोइलीभुरुवामा संचालन गरिने गाउँपालिका पशु सेवा शाखाका नायव पशुसेवा प्राविधिक अनिल ओलीले जानकारी दिए ।
उक्त शिविर फाल्गुन २१ गते सोमबार बिहान १० बजे देखि दिउँसो २ बजे सम्म संचालन गरिने भएको छ ।
शिविरमा दिइने सेवाहरु
१) विज्ञ पशु चिकित्सक द्वारा पशु चेकजाँच तथा उपचार
२) निःशुल्क पशु औषधी वितरण
३) पशु बन्ध्याकरण सेवा
४) गाई, भैसीमा लम्फी स्कीन रोग विरुद्ध खोप लगाइने
५) पशुको गर्भ परिक्षण तथा बाझोपनको उपचार
६) पशु पालन सम्बन्धी प्राविधिक सल्लाह