बर्दगोरिया ६ मा नि:शुल्क स्वास्थ्य शिविर संचालन हुने

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा एक दिने निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ ।

वडा नम्बर ६ मा अव्यवस्थित कोटातुल्सीपुर स्वास्थ्य चौकीको आयोजनामा यहीँ जेठ ४ गतेका दिन उक्त एक दिने निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको हो ।

शिविरमा नसर्ने रोगहरु जस्तै रक्तचाप, मधुमेह (सुगर), पिसाबमा प्रोटिनको जाँच, उपचार र परामर्श दिइने भएको वडा नम्बर ६ द्वारा प्रकाशि सूचना उल्ले गरिएको छ ।

सूचना
उपरोक्त विषय सम्बन्धमा बर्दगोरिया गाउँपालिका वडा नं. ६ मा यहि मिति २०८१/०२/०४ गतेका दिन कोटातुल्सीपुर स्वास्थ्य चौकी द्वारा नसर्ने रोगहरु जस्तै रक्तचाप, मधुमेह (सुगर), पिसाबमा प्रोटिनको जाँच, उपचार र परामर्श सम्बन्धी एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको ले सम्बन्धीत सबैको लागी यो सूचना प्रकाशित गरिएको छ ।
तपसिल
मिति : २०८१/०२/०४ गते
समय : १०:०० वजे देखी ५:०० वजे सम्म
स्थान : कोटातुल्सीपुर स्वास्थ्य चौकी
बर्दगोरिया वडा नं. ६ को वडा कार्यालय पृथ्वीपुर कैलाली

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार