राष्ट्रिय युवा संघद्वारा सहयोग हस्तान्तरण

बर्दगोरिया । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कैलालीले आफ्नो स्थापनाको ३५ औं बर्षगाठ मनाउने क्रममा मंगलबार बर्दगाेरिया गाउँपालिका वडा नम्बर २ मा रहेको असाहयका लागि सहयोगी हातहरु नेपाल संस्थाद्धारा सञ्चालित सहारा घरमा सहयोग हस्तान्तरण गरेको छ ।

सहयोग हस्तान्तरण कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल कैलाली जिल्ला कमिटी अध्यक्ष लक्ष्मण थापाको अध्यक्षतामा भएको हाे । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटी सदस्य कैलाली इञ्चार्ज एवम् नेकपा एमाले जिल्ला कमिटी सदस्य उमेश तुलाचन रहेका थिए । यस्तै विशिष्ट अतिथिमा नेकपा एमाले कैलाली जिल्ला कमिटी सचिवालय सदस्य टंकराज ओलि रहेका थिए ।

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा राष्ट्रिय युवा संघ नेपाल प्रदेश कमिटी सदस्य कपेन्द्र रावल (कमल), नेकपा एमाले माेहन्याल गाउँ कमिटी अध्यक्ष भवानी प्रसाद देवकाेटा लगाएतले शुभकामना मन्तव्य व्यत्त गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय कमिटी सदस्य कैलाली इञ्चार्ज एवम् नेकपा एमाले जिल्ला कमिटी सदस्य उमेश तुलाचनले राष्ट्रिय युवा संघ नेपाल युवाहरुकाे सबैभन्दा ठुलो संगठन भएको जिकिर गर्दै युवाहरु सधैं परिवर्तनको पक्षमा रहनुपर्ने कुरामा जाेड दिए । साेहि अवसरमा अगाडि बाेल्दै तुलाचनले युवाहरू परिवर्तनका संबाहक भएकाले अन्य व्यक्ति हरु भन्दा युवाहरु आबद्ध रहेका संगठनका क्रियाकलापमा केही फरक हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा विशिष्ट अतिथिको आसनबाट बाेल्दै नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य टंकराज ओलिले राष्ट्रिय युवा संघ नेपाल स्थापनाकाे ३५ औं बर्षमा प्रवेश गरेको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै नेकपा एमाले पार्टिलाइ मजबुत बनाउने महत्त्वपूर्ण जिम्मेवार राष्ट्रिय युवा संघ नेपालको काधमा रहेको बताए ।

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य एव बर्दगाेरिया गाउपालिका इञ्चार्ज रामचन्द्र कठरिया , राष्ट्रिय युवा संघ नेपाल प्रदेश कमिटी सदस्य विराज धमाला लगाएता राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सदस्य र विभिन्न पालिकाका अध्यक्ष हरुकाे सहभागिता रहेको थियो ।

राष्ट्रिय युवा संघ नेपाल प्रदेश कमिटी सदस्य राजेन्द्र रावलकाे स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमकाे सञ्चालन जिल्ला कमिटी उप सचिव छत्र बुढाले गरेका थिए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार