साहित्य र सृजना

बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सव; भोलि शृजना खत्री आउँदै

बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सव; भोलि शृजना खत्री आउँदै

बर्दगोरिया । बर्दगोरिया साहित्य तथा सास्कृतिक मञ्चको आयोजनामा सुरु भएको बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सवमा चैत १० गते भोलि शृजना खत्री हाउडे मायाको प्रस्तुति हुने भएको छ । कृषि ब्यापार ,संस्कृती र पर्यटनको बिकास : निर्माणाधीन सेती लोकमार्गको निकास भन्ने मुल नारा दिएको महोत्सवमा भोलि चैत १० गते चर्चित गायिका शृजना खत्री , सुरेश शाही लगाएत स्थानिय कलाकारहरुको प्रस्तुती रहने छ । शुक्रबार एक कार्यक्रमका बिच  सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार बिकास मन्त्री प्रकाश देउबाले उद्घाटन गरेका छन। चैत  ९ गते देखि १८ गते सम्म सन्चालन हुने महोत्सवमा चर्चित नायक पल शाह, गायक कमल खत्री ,चक्र बम, पशुपती शर्मा ,…
पुरा पढ्नुहाेस्
आज कोजाग्रत पूर्णिमा: धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी मनाइँदै

आज कोजाग्रत पूर्णिमा: धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी मनाइँदै

काठमाडौँ । नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडा दसैँ पर्व समापन हुन्छ । शास्त्र अनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम भने  शुक्रबार नै समापन भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि शुक्रबार नै समाप्त हो । शुक्रबार नै…
पुरा पढ्नुहाेस्
आज पनि नवदुर्गाको प्रसाद टीका र आशीर्वाद लिने क्रम जारी

आज पनि नवदुर्गाको प्रसाद टीका र आशीर्वाद लिने क्रम जारी

काठमाडौँ । आज पनि नवदुर्गाको प्रसाद स्वरूप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जाने क्रम जारी छ । नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि विजयादशमीका दिनदेखि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम आज पनि जारी रहेको छ । यो कार्य कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ। पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिन मात्र दुर्गाको प्रसाद लगाउने र आशीर्वाद थाप्ने प्रचलन रहेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भने कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीय रूपमा कुनै बाधा नरहेको बताएको छ । केही दिन सुनसान रहेको राजधानी सहरमा आज बिहानदेखि…
पुरा पढ्नुहाेस्
आज बडादसैँको आठौँ दिन : महाअष्टमी पर्व मनाइँदै

आज बडादसैँको आठौँ दिन : महाअष्टमी पर्व मनाइँदै

काठमाडौँ । आज आश्विन शुक्ल अष्टमी । बडादसैँको आठौँ दिन । देश तथा विदेशमा रहेका नेपालीहरूले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्त्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ । आजको दिन शास्त्रसम्मतरूपमा दसैँ घर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिन्छ । दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ । विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञ यज्ञादिमा…
पुरा पढ्नुहाेस्
आज पितृपक्ष समापन गरिंदै, आइतबारदेखि दुर्गापक्ष सुरु हुँदै  

आज पितृपक्ष समापन गरिंदै, आइतबारदेखि दुर्गापक्ष सुरु हुँदै  

२७ असोज,  काठमाडौं ।  प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भई औँसीका दिन समापन सोह्रश्राद्ध अर्थात् पितृपक्ष आजदेखि विधिवत् समापन गरिँदैछ । आरम्भकै दिन असोज १३ गते प्रतिपदा र द्वितीया तिथि श्राद्ध गरिएको थियो आज अन्तिम दिन आज औँसी श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । मातामह अर्थात् मामाघरका हजुरबुबाको श्राद्ध गर्नेले भने आइतबार श्राद्ध गर्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिए । मातामहको श्राद्ध कमैले गर्ने गरेका छन् । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा एक दिने नि:शुल्क आँखा चेकजाँच तथा रक्तदान कार्यक्रम हुँदै

बर्दगोरियामा एक दिने नि:शुल्क आँखा चेकजाँच तथा रक्तदान कार्यक्रम हुँदै

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा यहीँ असोज १९ गते नि:शुल्क एक दिने आँखा जाच शिविर तथा रक्तदान कार्यक्रमको आयोजना गरिने भएको छ । बर्दगोरिया ईभेण्ट एण्ड मार्केटिङ प्रा.लि. को आयोजना यहीँ असोज १९ गते शुक्रबारका दिन एक दिने नि:शुल्क आँखा चेकजाँच तथा रक्तदान कार्यक्रम हुन लागेको हो । गाउँपालिका भित्रका आर्थिक अवस्था कमजोर भइ आँखा चेकजाँच गर्न नसक्ने स्थानीय वासीलाइ सहयोग होस भन्ने उद्देश्यका साथ आफुहरुले एक दिने नि:शुल्क आँखा चेकजाँच शिविरको आयोजना गरेको बर्दगोरिया ईभेण्ट एण्ड मार्केटिङ प्रा.लिका प्रबन्ध निर्देशक हरेन्द्र चौधरीले बताए । उनले भने उक्त दिन आँखा चेकजाँच गर्नुका साथै आवश्यकता अनुसार नि:शुल्क औषधि, चस्मा वितरण गरिने…
पुरा पढ्नुहाेस्
आज श्रीकृष्णजन्माष्टमी पर्व; देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइदै

आज श्रीकृष्णजन्माष्टमी पर्व; देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइदै

काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए । कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा बृहत् घैटाफोड, आकाशे घैटामा ५० हजार पुरस्कार

बर्दगोरियामा बृहत् घैटाफोड, आकाशे घैटामा ५० हजार पुरस्कार

बर्दगोरिया । गाउँपालिकामा श्रीकृष्ण जन्माष्टमीको अवसरमा बृहत् घैटा फोड कार्यक्रम हुने भएको छ । पालिकाको वडा नम्बर १ मा रहेको सडकपुर बौनिया युवा क्लबले श्रीकृष्ण जन्माष्टमीको अवसरमा बृहत् घैटा फोड कार्यक्रमको आयोजना गर्न लागेको हो । हरेको वर्ष युवा क्लबले श्रीकृष्ण जन्माष्टमी को अवसर पारी वृहत् रुपमा घैटो फोड कार्यक्रम गर्दै आएको छ । सोही अनुसार यस वर्ष पनि उक्त कार्यक्रमलाई निरंतरता दिइएको युवा क्लबका महासचिव कृष्ण प्रसाद ओझाले जानकारी दिए । उनका अनुसार यस वर्षको घैटो फोड कार्यक्रम अन्तरगत आकाशे घैटो मा ५० हजार पुरस्कार रहेको छ । उक्त घैटो फोडने टीमलाई नगद ५० हजार  रुपैया पुरस्कार प्रदान गर्ने…
पुरा पढ्नुहाेस्
वरिष्ठ कलाकार ताम्राकारको आज अन्त्येष्टि

वरिष्ठ कलाकार ताम्राकारको आज अन्त्येष्टि

काठमाडौँ । वरिष्ठ कलाकार सानु ताम्राकारको आज अन्त्येष्टि गरिने भएको छ । चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार ताम्राकारको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पशुपतिमा राखिनेछ । ताम्राकारको शनिबार करिब ३ बजे उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको थियो । गत असारमा छोरा सारुक ताम्राकार घरमा मृत फेला परेपछि सानु ताम्राकारको स्वास्थ्य अवस्था बिग्रिएको थियो । उनी साउनको दोस्रो हप्ता नर्भिक अस्पतालमा भर्ना भएका थिए । निरौलाका अनुसार आईसीयूमा भर्ना भएका ताम्राकारको पछिल्लो समय किड्नीमा समेत समस्या देखिएको थियो । थुप्रै चलचित्र तथा सिरियलमा अभिनय गरेका ताम्राकारले तीन वर्ष चलचित्र कलाकार संघको कार्यवाहक अध्यक्षसमेत बनेका थिए । उनले ‘जीवन रेखा,…
पुरा पढ्नुहाेस्
पर्यटक नहुँदा हात्ती सफारी सङ्कटमा

पर्यटक नहुँदा हात्ती सफारी सङ्कटमा

भरतपुर । नेपालको प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक हो सौराहा । यहाँ चितवन राष्ट्रिय निकुञ्जभित्र  वन्यजन्तुको अवलोकनका लागि पर्यटक आउने गर्छन् । दुर्लभ एकसिङ्गे गैँडालगायतका वन्यजन्तु हेर्न यहाँ आउने पर्यटक लालयित हुन्छन् । निकुञ्जभित्रका वन्यजन्तु हेर्नका लागि विसं २०४१ बाट हात्ती सफारी गर्ने गरिएको हो । यहाँ हात्ती चढ्नकै लागि पर्यटक आउने गर्दथे । तर पछिल्लो समय यहाँको पहिचानका रूपमा रहेको हात्ती सफारी सङ्कटमा पर्दै गएको छ । पछिल्लो समय हात्ती सफारी गर्ने पर्यटकको सङ्ख्या क्रमशः घट्दै गएको रेवान सौराहाका पूर्वअध्यक्ष गोकर्ण गिरीले जानकारी दिए । कोरोना महामारीपछि सौराहा आउने २५ प्रतिशत पर्यटकमात्र हात्ती सफारी गर्ने गरेको उनले जानकारी दिए ।…
पुरा पढ्नुहाेस्