बर्दगोरियामा बृहत् घैटाफोड, आकाशे घैटामा ५० हजार पुरस्कार

बर्दगोरिया । गाउँपालिकामा श्रीकृष्ण जन्माष्टमीको अवसरमा बृहत् घैटा फोड कार्यक्रम हुने भएको छ ।

पालिकाको वडा नम्बर १ मा रहेको सडकपुर बौनिया युवा क्लबले श्रीकृष्ण जन्माष्टमीको अवसरमा बृहत् घैटा फोड कार्यक्रमको आयोजना गर्न लागेको हो ।

हरेको वर्ष युवा क्लबले श्रीकृष्ण जन्माष्टमी को अवसर पारी वृहत् रुपमा घैटो फोड कार्यक्रम गर्दै आएको छ । सोही अनुसार यस वर्ष पनि उक्त कार्यक्रमलाई निरंतरता दिइएको युवा क्लबका महासचिव कृष्ण प्रसाद ओझाले जानकारी दिए ।

उनका अनुसार यस वर्षको घैटो फोड कार्यक्रम अन्तरगत आकाशे घैटो मा ५० हजार पुरस्कार रहेको छ । उक्त घैटो फोडने टीमलाई नगद ५० हजार  रुपैया पुरस्कार प्रदान गर्ने छ । यस्तै पाइप चढाई सफल हुनेलाई ७ हजार १ सय, भुई घैटो फोड्नेलाई ५ हजार १ सय र कुर्सी दौड बिजेतालाई नगद ३ हजार ५ सय रुपैया नगद पुरस्कार प्राप्त गर्ने महासचिव ओझाले जानकारी दिए ।

घैटो फोड कार्यक्रमको अवलोकन गर्न छिमेकी पालिका लम्की चुहा नगरपालिका, जोशीपुर गाउँपालिका, मोहन्याल गाउँपालिका र घोडाघोडी नगरपालिका आसपासका गरि करिब ५० हजार बढी दर्शकहरुके प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा कार्यक्रमको अवलोकन गर्ने आकलन गरिएको छ ।

“युवाहरूको अभियान, स्थानीय कला साँस्कृतिकको पहिचान” भन्ने मुल नाराका साथ हुन लागेको उक्त घैटो फोड कार्यक्रम यही भाद्र २१ गते हुन लागेको हो ।

उक्त घैटो फोड कार्यक्रम गरेक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट हुँदै आएको छ । कार्यक्रम श्री बसन्त मुरारी नमूना माध्यमिक बिद्यालयको खेलमैदानमा हुने भएको हो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार