बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सव; भोलि शृजना खत्री आउँदै

बर्दगोरिया । बर्दगोरिया साहित्य तथा सास्कृतिक मञ्चको आयोजनामा सुरु भएको बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सवमा चैत १० गते भोलि शृजना खत्री हाउडे मायाको प्रस्तुति हुने भएको छ ।

कृषि ब्यापार ,संस्कृती र पर्यटनको बिकास : निर्माणाधीन सेती लोकमार्गको निकास भन्ने मुल नारा दिएको महोत्सवमा भोलि चैत १० गते चर्चित गायिका शृजना खत्री , सुरेश शाही लगाएत स्थानिय कलाकारहरुको प्रस्तुती रहने छ ।

शुक्रबार एक कार्यक्रमका बिच  सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार बिकास मन्त्री प्रकाश देउबाले उद्घाटन गरेका छन।

चैत  ९ गते देखि १८ गते सम्म सन्चालन हुने महोत्सवमा चर्चित नायक पल शाह, गायक कमल खत्री ,चक्र बम, पशुपती शर्मा , शान्ती श्री परियार,  एलिना चौहान, गायिका अनु चौधरी , देउडा गायक लाल बहादुर धामी (अछामी बड्डो) मोडल रुबिना अधिकारी , शुशिला कार्की, गायिका तथा उद्घोषिका रुपा घर्तिमगर, मोडल रितु चौधरी कल्पना पाण्डे (कुशुम), हास्य कलाकारहरु सहित सुदुरपस्चिमका चर्चित देउडा कलाकारहरुको प्रस्तुती रहने छ । महोत्सवमा एक दर्जन बढी कलाकारहरुले आफ्नो प्रस्तुती राख्ने छन ।

महोत्सव अवलोकनका लागि टिकटमा सर्वसाधारणलाइ १ सय, बिद्यार्थीका लागि ५० र अशक्तका लागि छुटको ब्यवस्था गरिएको छ । साथै टिकट बाट उठेको प्रती टिकट १ रुपैयाँ बर्दगोरियामा रहेको सहारा घरलाई छुटाउने आयोजकले जनाएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार