बर्दगोरियाले भन्यो जथाभावी आगो नलगाउनुस: सुचनाको अवज्ञा गरे यस्ता कारवाही हुने

बर्दगोरिया । पछिल्लो केही दिन यता बर्दगोरिया गाउँपालिका लगाएत कैलाली विभिन्न स्थानमा आगलागी घटनाहरुले तीब्र रुप लिइएको छ ।

आगलागीका घटनाहरुले तिब्र गति सँगै त्यसबाट हुने क्षतिलाई रोकथाम गर्ने उद्देश्यले बर्दगोरिया गाउँपालिकाले जथाभावी रुपमा खेतबारीमा आगो नलगाउन एक सूचना जारी गर्दै गाउँपालिका वासीहरुलाई अनुरोध गरेको छ ।

सूचनामा यस्तो भनिएको छ ।

विपद् जोखिममा विशेषतः आगलागीको समस्या बढी रहेको हालको अवस्थामा बढी हावाहुरी चल्ने तथा गहुँ बाली भित्र्याउने समय भएको र कृषकहरुले गहुँ कटान गरी सकेपछि त्यसको खुटी/ नल/छवाली खेतमै आगो लगाउने चलनले गर्दा भित्र्याउन बाँकी रहेको गहुवाली तथा मानव वस्तीहरुमा समेत आगलागी हुन गई धनजनको क्षति भईरहेको तथा हुन जाने सम्भावना बढी भएकाले सम्बन्धीत सबैलाई आगो लगाउने कार्य नगर्नु नगराउनु हुन सूचित गरिन्छ ।

सूचनाको अवज्ञा गरि कसैले त्यस्तो कार्य गरी क्षती भएमा आगो लगाउने व्यक्ति स्वयम् जिम्मेवार हुनु पर्नेछ, र कसैले यस्ता कार्य गरे गराएको पाईएमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा २४ (१) बमोजिमः ५ लाख सम्म जरिवाना वा २ वर्ष सम्म कैद वा दुवै सजाय हुन सक्ने व्यहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ।

परिच्छेद – १० कसुर तथा सजाय

२४. कसुर र सजाय : (१) कसैले विपद्‌को घटना घट्न सक्ने गरी लापरबाही गरेमा वा त्यस्तो घटना घटाउन प्रत्यक्ष संलग्न भएमा त्यस्तो व्यक्तिलाई कसूरको मात्रा अनुसार पाँच लाख रूपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।

(२) कसैले देहाय बमोजिमको कुनै कार्य गरेमा त्यस्तो व्यक्तिलाई कसूरको मात्रा अनुसार एक लाख रूपैयाँसम्म जरिवाना वा छ महिनासम्म कैद वा दुवै सजाय हुनेछ :-

(क) कुनै विपद्‌को घटना घट्न सक्ने अफबाह फैलाई सार्वजनिक रूपमा त्रास सृजना गरेमा,

(ख) अनुमति लिई वा नलिई विपद्‌का नाममा चन्दा, राहत वा सहयोग सङ्कलन गरेमा, आफूखुशी वितरण गरेमा वा व्यक्तिगत लाभमा प्रयोग गरेमा,

(ग) विपद्‌को समयमा अप्राकृतिक रूपमा बजार मूल्य वृद्धि गरेमा वा कृत्रिम अभाव सिर्जना गरेमा वा 19 गुणस्तरहीन वस्तु तथा सेवाको कारोबार गरेमा ।

(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफा बमोजिमको कसूर गरेको कारण कसैको ज्यान गएमा, अङ्गभङ्ग भएमा वा चोटपटक लागेमा त्यस्तो कार्य गर्ने व्यक्तिलाई प्रचलित कानून बमोजिम सजाय हुनेछ ।

(४) कसैले देहाय बमोजिमको कार्य गरेमा त्यस्तो व्यक्तिलाई रुपैयाँसम्म जरिवाना हुनेछ :- (क) यस ऐन अन्तर्गतको कुनै कार्य गर्न नेपाल सरकार, परिषद्, प्राधिकरण वा यस ऐन बमोजिम गठित कुनै समिति वा त्यस्तो कार्यको लागि अख्तियारी प्राप्त व्यक्तिलाई आफ्नो कर्तव्य पालना गर्न बाधा पुन्याएमा,

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार