घोडाघोडीमा आयो आर.एस.बुटिक एण्ड ट्रेनिङ्ग सेन्टर संचालनमा

घोडाघोडी । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ स्थित सुखड बजारमा आर.एस.बुटिक एण्ड ट्रेनिङ्ग सेन्टर संचालनमा आएको छ । झन्डै ५ लाखको लगानीमा जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ९ निवासी शान्ती चौधरी लगाएत ४ जनाको समूहले सो बुटिक संचालनमा ल्याएको हो ।

बुधबार उक्त बुटिक एन्ड ट्रेनिङ्ग सेन्टरको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारुले उद्घाटन गरेका छ्न । सो क्रममा उनले पछिल्लो समय नेपालमा फस्टाउँदो व्यवसाय मध्येको एक मानिने बुटिक व्यवसायले रोजगारीका लागि विदेशिन लागेका थुप्रै युवा पुस्तालाई नेपालमै स्वरोजगार बन्न मद्दत गरेको भन्दै व्यवसायप्रति लगनशील भएर लाग्न आग्रह गरेका छ्न ।

उनले बुटिकका डिजाइनेबल कपडा अहिले सर्वसाधारणको रोजाइमा पर्न थालिसकेको भन्दै रोजगारीको खोजीमा खाडीलगायत अन्य मुलुकमा श्रम बेच्न बाध्य महिलालाई सिलाई कटिङ, सिलाइ, बुनाइ लगायत बुटिकसँग सम्बन्धित सीप सिकाउन सक्ने हो भने स्वदेशमै स्वरोजगारको बाताबरण बन्ने विश्वास व्यक्त गरे ।

महिलाहरु आफै व्यवसायमा लगानी गरेर संचालन गर्नु गर्बको कृुरा भएको भन्दै उनले आफ्नो कार्यक्षेत्र तथा व्यवसायलाई सानो ठुलो नसम्झियर निरन्तर संघर्ष गर्दै गएमा व्यवसायीक क्षेत्रमा सफलता हासिल गर्न सकिने बताए ।

बुधबारदेखि सुखड बजारमा संचालनमा आएको आर.एस.बुटिक एण्ड ट्रेनिङ्ग सेन्टरमा विभिन्न जातजातिका भेसभुशा झल्काउने पोशाक, लेडिज एन्ड जेन्स सम्बन्धि सबै प्रकारका कपडा सिलाइनुका साथै बुटिक सम्बन्धि तालिम समेत प्रदान गर्ने सुबिधा रहेको संचालक शान्ती चौधरीले बताइन ।

उनले ग्राहकलाई चाहे अनुसारको कपडाहरु उपलब्ध गराउने र सर्वसुलभ मुल्यमा बिक्री गर्नुका साथै रोजाई अनुसारको डिजाईका साथमा सेवा प्रवाह गर्ने लक्ष्य राखिएको बताइन ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार