ब्रेकिङ न्युज

Featured posts

बौनिया जेसिजद्वरा निशुल्क दन्त शिबिर सम्पन्न

बौनिया जेसिजद्वरा निशुल्क दन्त शिबिर सम्पन्न

बौनिया । बौनिया जेसिजले एक दिने निशुल्क दन्त शिबिर सम्पन्न गरेको छ । बिहीवार बाट सुरु भएको जेसिज सप्ताह कार्यक्रम अन्तरगत सोमबार निशुल्क दन्त शिबिर सम्पन्न गरेको हो । मालिका दन्त सेवा प्रालिको प्राविधिक सहयोगमा शिबिर वसन्त मुरारी नमुना मा वि मा भएको हो । शिबिरबाट कक्षा १ देखि १० सम्मका करिव ७८० जनाले सेवा लिएका छन । दन्त शिबिरमा दात हेर्दा सबैको राम्रै देखिएको मालिका दन्त सेवा प्रालिका संचालक तथा सिडिएस केशव शाहिले बताए । बौनिया जेसिजले दन्त शिबिर गरेर राम्रो काम गरेको बिधालयका शिक्षक गणेश प्रसाद दाहलले बताए । हामिले खानेकुरामा ध्यान नदिदा मुख र दात सम्बन्धि जटिल…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-६ मा लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियानको अन्तरर्किया कार्यक्रम सम्पन्न

बर्दगोरिया-६ मा लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियानको अन्तरर्किया कार्यक्रम सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाका विभिन्न वडामा लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियानको अन्तरर्किया कार्यक्रम गरिरहेका छ्न। शनिबार बर्दगोरिया वडा नम्बर ६ पृथ्वीपुरमा पनि गाउँपालिकाको आयोजना अन्तरक्रिया कार्यक्रम २०७९ मङ्सिर ९ गते देखी मङ्सिर २४ गते सम्म आज सम्पन्न भएको छ । यस वर्ष “सभ्य समाजको पहिचान ,लैङ्गिक हिंसा विरुद्धको अभियान”भन्ने नारा दिएर १६ दिने अभियान मनाउन थालिएको हो ।संसारभर २५ नोभेम्बरदेखि ८ डिसेम्बरसम्म यो अभियान मनाउने गरिन्छ। नेपालमा पनि विभिन्न संघसंस्थाले यो अभियान मनाउँदै आएका छन्। बर्दगोरिया गाउँ पालिका वडा नम्बर ६का वडा अध्यक्ष रामकृष्ण डगौराको अध्यक्षतामा,अतिथिमा वडा नं.२का वडा अध्यक्ष गोबिन्द बि.क तथा बर्दगोरिया गाउँ पालिकाका महिला समितिका…
पुरा पढ्नुहाेस्
बौनिया जेसीजको सप्ताह कार्यक्रम सुरु

बौनिया जेसीजको सप्ताह कार्यक्रम सुरु

बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा जेसीज सप्ताह सुरु भएको छ। बौनिया जेसीजको आयोजनामा बिहिवारदेखि सप्ताह सुरु भएको हो । सप्ताहको एक कार्यक्रमका बिच बौनिया जेसीजका संस्थापक अध्यक्ष लिला जङ्ग शाहीले उद्घाटन गरेका छ्न । बौनिया जेसीज वर्ष २०२२ का अध्यक्ष जेसी कृष्ण प्रसाद ओझाको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै संस्थापक अध्यक्ष शाहीले अब यूवाहरुले आफ्नो नेतृत्व र ब्यक्तित्व विकाससँगै समाज परिवर्तनका लागि सकारात्मक कार्य गर्नुपर्ने बताए ।उनले दिनप्रतिदिन बढ्दो लागु औषध दुर्व्यसनीमा फसेका यूवाहरुलाई सकारात्मक कार्य गर्न चेतनामूलक कार्यक्रम गर्नुपर्नेमाजोड दिए । उनले यसअघि नेतृत्वले गरेका काम र गतिविधिलाई निरन्तरता दिदै पूरा गर्न नसकेको विकासका…
पुरा पढ्नुहाेस्
जाँचपास विना सवारी साधन चलाए; १ लाख जरिवाना

जाँचपास विना सवारी साधन चलाए; १ लाख जरिवाना

काठमाडौं । जाँचपास विनाका सवारीका साधन चलाएमा एक लाख जरिवाना गर्ने भएको छ । वन तथा वातावरण मन्त्रालय अन्र्तगतको वातावरण विभागले आज सुचना जारी गर्दै आगामी पुस १ गतेपछि विभागको परिक्षणमा प्रदुषण जाँचपास हुन नसक्ने सवारी साधनलाई एक लाख जरिवाना गर्ने चेतावनी दिएको हो । विभागले हाल काठमाडौं उपत्यकाभित्र सञ्चालित सवारी साधनहरुमा छड्के जाँच गरिरहेको छ । छड्के जाँचका क्रममा अधिकांश सवारी साधनले प्रदुषण जाँचपास नगरेको पाइएपछि विभागले सुचना जारी गर्दै पुस १ गतेबाट जरिवाना गर्ने तयारी गरेको हो । विभागले हरियो स्टिकर जारी भएको अवधि बाँकी रहेको अवस्थाका सवारी साधनमा पनि जुनसुकै बेला छड्के जाँच गर्ने र कारवार्ही गर्ने…
पुरा पढ्नुहाेस्
कैलालीमा भुमि समस्या सम्बन्धी जनसभा कार्यक्रम

कैलालीमा भुमि समस्या सम्बन्धी जनसभा कार्यक्रम

मसुरिया । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल कैलालीको आयोजनामा गौरीगंगा नगरपालिकामा भुमि समस्या सम्बन्धी जनसभा कार्यक्रम सम्पन्न भएको छ । पार्टीका कैलाली सचिब दल बहादुर ओखेडाले संचालन गरेको जनसभालाई वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका केन्द्रिय सचिवालय सदस्य तथा सुदुरपश्चिम संयोजक श्याम कुंवर ( सर्वजित) पार्टीका केन्द्रिय सचिवालय सदस्य तथा उत्पादन बिभाग प्रमुख मदन प्रभात, राष्ट्रीय भुमि अधिकार मञ्च गौरीगंगा नगर संयोजक नारायण तथा सुकुम्वासी समस्या बिरुद्धका अभियान्ता नन्दलाल बि.क लगायतले सम्बोधन गरेका थिए । सुकुम्वासी समस्याको दिर्घकालिन समाधान बारे धारणाहरु राख्दै वक्ताहरुले १५ बर्ष सम्म भुमिहिन सुकुम्बासीहरुलाई आश्वासन दिएर संसदवादी राजनीतिक दलहरुले भोट बैकंको रुपमा उपयोग गरेर बनायर धोका दिएको आक्रोश…
पुरा पढ्नुहाेस्
कैलालीको जोशीपुरमा हँसिया प्रहार: एक जनाको मृत्यु, एक घाइते

कैलालीको जोशीपुरमा हँसिया प्रहार: एक जनाको मृत्यु, एक घाइते

कैलाली । कैलालीको जोशीपुर गाउँपालिकामा हँसिया प्रहारबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गाउँपालिका वडा नम्बर ६ का ३३ वर्षीय पदमराज भण्डारी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको भिनाजु नाता पर्ने स्थानीय ५० बर्षीय गौरीलाल ढुङगानाको हँसिया प्रहारबाट मृत्यु भएको हो । यस्तै अर्का एक जना गम्भीर घाइते भएका छन्। गम्भीर घाइते हुनेमा अर्का साला ४० बर्षीय जयराज भण्डारी रहेको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि कोहरलपुर रिफर गरिएको छ। मंगलबार राति करिब ९ बजे भएको घटना पछि आरोपित ढुङगाना फरार छन। उनको खोजीका लागि प्रहरी परिचालन गरिएको छ।
पुरा पढ्नुहाेस्
डोटीमा चितुवाको आक्रमणबाट पाँच जना घाइते

डोटीमा चितुवाको आक्रमणबाट पाँच जना घाइते

कैलाली । डोटीमा चितुवाको आक्रमणबाट पाँच जना घाइते भएका छन्। मंगलबार जिल्लाको पूर्वीचौकी गाउँपालिका वडा नम्बर ५ बटाला गाउँमा चितुवाले आक्रमण बाट पाँच जना घाइते भएका हुन । घाइते हुनेमा ४५ वर्षीया देवी बटाला, उनका ४ वर्षका नाति सिद्ध बटाला, २२ वर्षीया पुष्पा गिरी, १५ वर्षीया लालि गिरी र १० वर्षीया हसिना गिरी रहेका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार चार वर्षीया बालक सिद्ध बटाला घरको आगनमा खेलिरहेका बेला चितुवाले आक्रमण गरेको थियो। स्थानीयले होहल्ला गर्दै भगाए। तर जंगलबाट घर फर्किरहेकाहरुलाई चितुवाले फेरि आक्रमण गरेको हो। उनीहरुको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको  छ । उनीहरु सबैको…
पुरा पढ्नुहाेस्
तराई  भू-भागमा कुहिरो; देशका अधिकांश भू-भागमा चिसो बढ्दै

तराई  भू-भागमा कुहिरो; देशका अधिकांश भू-भागमा चिसो बढ्दै

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । आज बिहान देशको पहाडी  भू-भागका थोरै स्थानहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहेको छ । यस्तै दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी  भू-भागका साथै लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी  रहनेछ । राती प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतः सफा रहनेछ। तराई  भू-भागमा कुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
पुरा पढ्नुहाेस्
छाडा चौपायाको समस्या बढ्दै, किसानलाई बाली जोगाउन मुस्किल

छाडा चौपायाको समस्या बढ्दै, किसानलाई बाली जोगाउन मुस्किल

कञ्चनपुर । कञ्चनपुरमा छाडा चौपायाको समस्या बढ्दै  गएको छ । पछिल्लो समय पशुको संरक्षण नहुँदा दिनप्रतिदिन समस्या बढ्दै गएको हो ।  स्थानीय तहले छाडा पशुचौपाया व्यवस्थापनका लागि खर्च गरे पनि समस्या समाधान हुन नसकेको भीमदत्त नगरपालिका निवासी हरिभान भट्ट बताए । “छाडा चौपायामा स्थानीय तहले धेरै पैसा खर्चिएका छन्, तर अझै समस्या समाधान हुन सकेको छैन,” उनले भने, “छाडा चौपाया राख्न कान्जीहाउस (गौशाला) बनाइयो तर अहिले उपयोगविहीन छन् ।” यस्ता चौपायाको समस्या समाधान नहुँदा स्थानीय चिन्तित बनेका छन् । बेदकोट नगरपालिकामा छाडा चौपायाको समस्या समाधान नभएको जनाउँदै सडकका चौपाया संकलन गरेर स्थानीयले नगरपालिका परिसरमा थुनेका छन् । नगरपालिकालाई छाडा चौपायाको…
पुरा पढ्नुहाेस्
देशभर चिसो बढ्दै, आवश्यक सावधानी अपनाउन महाशाखाको अनुरोध

देशभर चिसो बढ्दै, आवश्यक सावधानी अपनाउन महाशाखाको अनुरोध

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकासहित देशभरको मौसम चिसिदै गएको छ। आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम ७ डिग्री मापन गरिएको छ । मौसमविदका अनुसार अब देशभर चिसो बढ्दै जानेछ। मौसमविद हिरा भट्टराईले सेतोपाटीसँग भने, ‘तापक्रम घट्ने क्रममा छ। अब चिसो क्रमशः बढ्दै जान्छ। पछिल्लो केही दिन यता न्यूनतम् तापक्रम क्रमशः घटिरहेको छ।’ तराईका जिल्लामा लागेकको हुस्सु अब बिस्तारै पहाडी जिल्लाहरुमा पनि बढ्दै जानसक्ने उनले बताए। मौसम दुई तरिकाले चिसो हुन्छ। एउटा अधिकतम तापक्रम घटेर र अर्को न्यूनतम तापक्रम घटेर। डम्म बादल लाग्यो भने बादलले ब्ल्यांकेटको काम गर्छ र अधिकतम तापक्रम घट्छ। बादल लागेन भने न्यूनतम…
पुरा पढ्नुहाेस्