जाजरकोट जीप दुर्घटना अपडेट : १२ जनाको मृत्यु

सुर्खेत । सोमबार राति जाजरकोटको छेडागाड नगरपालिकामा भएको बोलेरो जिप दुर्घटना बाट १२ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी मृत्यु हुनेमा एकै वडाका आठ जना रहेको प्रहरीले जनाएको छ ।

जस अनुसार मृत्यु हुनेमा जारजरकोट छेडागाड नगरपालिका–५ का दीपक अधिकारी, नैनसरा अधिकारी, जैकुवरा बुढा, रामबहादुर बुढा, देवीसरा बुढा, अमर अधिकारी, निशा अधिकारी रहेका छन ।

यस्तै चालक भगवतीमाई गाउँपालिका–२ दैलेखका मानबहादुर रावत, सहचालक सोही पालिका वडा नं ३ का वीरेन्द्र केसी र अम्मर खड्काको पनि मृत्यु भएको छ ।

त्यस्तै दुर्घटनामा घाइते जैभान अधिकारीको उपचारका क्रम्मा सुर्खेतस्थित प्रदेश अस्पतालमा मृत्यु भएको छ । छेडागाड– ६ का वीरबहादुर खत्रीको पनि मृत्यु भएको छ ।

कर्णाली प्रदेश २००१ च ०४२९ नंको निजी जिप छेडागाड –३ जेवाबाट सोही नगरको वडा नं ४ को लेवातर्फ जाँदै गर्दा दशेराको भिरबाट खसेको थियो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार