जाँचपास विना सवारी साधन चलाए; १ लाख जरिवाना

काठमाडौं । जाँचपास विनाका सवारीका साधन चलाएमा एक लाख जरिवाना गर्ने भएको छ ।

वन तथा वातावरण मन्त्रालय अन्र्तगतको वातावरण विभागले आज सुचना जारी गर्दै आगामी पुस १ गतेपछि विभागको परिक्षणमा प्रदुषण जाँचपास हुन नसक्ने सवारी साधनलाई एक लाख जरिवाना गर्ने चेतावनी दिएको हो ।

विभागले हाल काठमाडौं उपत्यकाभित्र सञ्चालित सवारी साधनहरुमा छड्के जाँच गरिरहेको छ । छड्के जाँचका क्रममा अधिकांश सवारी साधनले प्रदुषण जाँचपास नगरेको पाइएपछि विभागले सुचना जारी गर्दै पुस १ गतेबाट जरिवाना गर्ने तयारी गरेको हो ।

विभागले हरियो स्टिकर जारी भएको अवधि बाँकी रहेको अवस्थाका सवारी साधनमा पनि जुनसुकै बेला छड्के जाँच गर्ने र कारवार्ही गर्ने सुचनामा उल्लेख गरिएको छ । सुचनामा आफ्नो टोल छिमेकमा कसैले खुल्ला रुपमा फोहोर जलाउने काम गरिरहेको भएपनि जानकारी दिन भनेको छ । त्यस्तो जानकारी दिनेको परिचय गोप्य राखि खुल्ला रुपमा फोहोर जलाउनेलाई कारवार्ही गर्ने विभागले जनाएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार