किसान-कोप मार्टको बदगोरियामा शाखा बिस्तार; पालिका अध्यक्ष कुँवर द्वारा उद्घाटन

बर्दगोरिया । कैलालीको बर्दगोरियामा किसान कोप मार्ट औपचारिक रुपमा संचालनमा आएको छ । बिहिवार पालिका अध्यक्ष कर्ण बहादुर कुवरले रिवन काटेर शाखाको उद्घाटन गरेका हुन ।

शाखाको उद्घाटन गर्दै अध्यक्ष कुवरले आफ्नो पालिकाको बिकास र यस क्षेत्रको व्यापार व्यवसायलाई थप वृद्धि गर्न यस्ता व्यवसाय तथा मार्टको एक अमुल्य भुमिका रहने बताए ।

उक्त मार्टमा दैनिक उपभोग्य खाद्यान्न, खेलकुद सामाग्री, गिफ्ट तथा स्टेसनरी सामाग्री, भाँडा-वर्तन, घर सजावटका सामाग्री, कस्मेटिक तथा हेल्थ केयर सामाग्री, स्थानीय एव रैथाने उत्पादन, खाद्यान्न, शुद्ध मासु तथा गेडागुडी, पाउनुका साथै व्यापारी प्रयोजनका लागि आवस्यक पर्ने विभिन्न सामाग्री पनि उपलब्ध रहेको छ ।

उक्त सामाग्रीहरुमा २ देखि १५ प्रतिशत सम्म छुट रहेको शाखा प्रमुख अजय राज जोशीले जानकारी दिए ।

किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको पुर्ण-स्वामित्वमा संचालित उक्त मार्टको हाल सम्म तिन वटा शाखा कार्यलय रहेका छन ।
जस्को मुख्य शाखा कार्यालय लम्कि रहेको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार