बौनिया जेसिजद्वरा निशुल्क दन्त शिबिर सम्पन्न

बौनिया । बौनिया जेसिजले एक दिने निशुल्क दन्त शिबिर सम्पन्न गरेको छ ।

बिहीवार बाट सुरु भएको जेसिज सप्ताह कार्यक्रम अन्तरगत सोमबार निशुल्क दन्त शिबिर सम्पन्न गरेको हो । मालिका दन्त सेवा प्रालिको प्राविधिक सहयोगमा शिबिर वसन्त मुरारी नमुना मा वि मा भएको हो ।

शिबिरबाट कक्षा १ देखि १० सम्मका करिव ७८० जनाले सेवा लिएका छन । दन्त शिबिरमा दात हेर्दा सबैको राम्रै देखिएको मालिका दन्त सेवा प्रालिका संचालक तथा सिडिएस केशव शाहिले बताए । बौनिया जेसिजले दन्त शिबिर गरेर राम्रो काम गरेको बिधालयका शिक्षक गणेश प्रसाद दाहलले बताए ।

हामिले खानेकुरामा ध्यान नदिदा मुख र दात सम्बन्धि जटिल समस्या उत्पन्न हुने हुदा सधै दात माझ्नु पर्ने शाहिले बताए । शिबिरमा डाक्टर विशाल ढकाल,सिडिएस पदम बहादुर शाही लगाएतकाले दन्त परिक्षण गरेका थिए ।

शिबिरमा बौनिया जेसिजका अध्यक्ष कृष्ण प्रसाद ओझा,२०२१ का अध्यक्ष गणेश प्रसाद जोशी र बिधालयका शिक्षकहरुको उपस्थिति रहेको थियो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार