बर्दगोरिया-६ मा लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियानको अन्तरर्किया कार्यक्रम सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाका विभिन्न वडामा लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियानको अन्तरर्किया कार्यक्रम गरिरहेका छ्न। शनिबार बर्दगोरिया वडा नम्बर ६ पृथ्वीपुरमा पनि गाउँपालिकाको आयोजना अन्तरक्रिया कार्यक्रम २०७९ मङ्सिर ९ गते देखी मङ्सिर २४ गते सम्म आज सम्पन्न भएको छ ।

यस वर्ष “सभ्य समाजको पहिचान ,लैङ्गिक हिंसा विरुद्धको अभियान”भन्ने नारा दिएर १६ दिने अभियान मनाउन थालिएको हो ।संसारभर २५ नोभेम्बरदेखि ८ डिसेम्बरसम्म यो अभियान मनाउने गरिन्छ। नेपालमा पनि विभिन्न संघसंस्थाले यो अभियान मनाउँदै आएका छन्।

बर्दगोरिया गाउँ पालिका वडा नम्बर ६का वडा अध्यक्ष रामकृष्ण डगौराको अध्यक्षतामा,अतिथिमा वडा नं.२का वडा अध्यक्ष गोबिन्द बि.क तथा बर्दगोरिया गाउँ पालिकाका महिला समितिका सयोजक पानमति देवि राना, वडा नं.६का वडा सदस्य अमर दहित ,हितमत कठयात,धनशारा बि.क, वडा नं.६का पुर्व वडा सदस्य लक्ष्मण डगौरा,मिना बि.क लगयत बुद्धिजिबि , ?स्वयम् सेवाकहरु उपस्थिति रहनु भएको थियो।

कार्यक्रममा संयुक्त आमा समूहकी सदस्य उत्रा देवि बम र हरीयाली आमा समुहकी सदस्य जमुना सुवेदी, सृजनशिल किशोरी समुहकी अध्यक्ष कन्चन सुनार,लाली गुराँस महिला विकास समिति अध्यक्ष मनिसा बिक लगाएतले मन्तब्य राखेका थिए । अन्तरक्रियामा महिला मात्र नभएर अधिकांस पुरुष पनि हिंसामा परेको,महिलाहरु स्वयं महिलाबाटनै सबैभन्दा बढी हिंसामा परेको चर्चा गरिएको थियो ।

सासू,बुहारी देउरानी,जेठानीबीच सबैभन्दा बढी झगडा हुने गरेको समेत चर्चा गरिएको छ ।

आफ्नो पाँच बर्षे कार्यकालमा महिला हिंसा अन्त्य गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने वडाअध्यक्ष रामकृष्ण डगौराले बताए । डगौराका अनुसार महिलाहरु अहिले वडादेखी गाउँ कार्यपालिकासम्म जिम्मेवारि पदमा पुग्नु सुखद रहेको र लैंगिक हिंसा अन्त्य गर्न उहाँहरुको सक्रियता बढ्नु पर्ने बताए ।

उक्त कार्यक्रममा ६नम्बर वडाका विभिन्न समुहका १३५ महिलाहरुको सहभागिता रहेको थियो।
कार्यक्रम सन्चालन सरिता देवि चौधरीले गर्नु भएको थियो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार