ब्रेकिङ न्युज

Featured posts

यातायात व्यवसायीको माग सम्बोधन गर्न कार्यदल गठन

यातायात व्यवसायीको माग सम्बोधन गर्न कार्यदल गठन

काठमाडौँ । सार्वजनिक यातायात बन्द गरेर आन्दोलनमा उत्रिएका यातायात व्यवसायीले उठाएका माग वार्ता र संवादमार्फत हल गर्न कार्यदल गठन गरिएको छ । सोमबार बिहान गृहमन्त्री रमेश लेखकले आन्दोलनरत व्यवसायीसित गृह मन्त्रालयमा छलफल गरी व्यवसायीको मागका सम्बन्धमा वार्ता गर्न कार्यदल गठन गरेका हुन् । गृहमन्त्री लेखकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्तको संयोजकत्वमा कार्यदल गठन गरिएको जनाएका छन । कार्यदलमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय, अर्थ मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव र ट्राफिक प्रहरी उपरीक्षक सरकारका तर्फबाट कार्यदलमा रहेका छन् । त्यसैगरी आन्दोलनरत व्यवसायीका तर्फबाट यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर…
पुरा पढ्नुहाेस्
युक्रेनद्वारा रुसमा अहिलेसम्मकै ठुलो ड्रोन आक्रमण

युक्रेनद्वारा रुसमा अहिलेसम्मकै ठुलो ड्रोन आक्रमण

एजेन्सी । युक्रेनले रुसमाथि लामो दुरीको ड्रोन आक्रमण गर्‍यो, जसमा ४ वटा सैन्य हवाई अड्डा निशानामा परे र ४० वटा युद्धविमानमा क्षति पुग्यो। आक्रमण एसबीयूको 'स्पाइडर्स वेब' अभियान अन्तर्गत भएको थियो, जसमा ११७ ड्रोन प्रयोग गरियो र यसको तयारीमा डेढ वर्ष लाग्यो। रुसले आक्रमणलाई 'आतंकवादी कार्य' भन्यो, भने दुवै पक्षबीच शान्ति वार्ताका लागि वार्ताकारहरू टर्की जाँदैछन्, तर ठूलो मतभेदका कारण धेरै आशा छैन। कीएभ । युक्रेनले आइतबार रुससँगको युद्धमा हालसम्मकै सबैभन्दा ठुलो लामो दुरीको आक्रमण सम्पन्न गरेको दाबी गरेको छ। यस आक्रमणमा, युक्रेनी सुरक्षा निकाय एसबीयूले ‘स्पाइडर्स वेब’ नाम दिइएको अभियानमा ११७ वटा ड्रोन प्रयोग गरी, ४ वटा रुसी सैन्य…
पुरा पढ्नुहाेस्
अछाममा भीषण हावाहुरी; दर्जन बढी घर तथा सार्वजनिक संरचनाहरूमा क्षति

अछाममा भीषण हावाहुरी; दर्जन बढी घर तथा सार्वजनिक संरचनाहरूमा क्षति

कैलाली । अछाममा आइतबार साँझ अएको भीषण हावाहुरीक कारण दर्जनभन्दा बढी घर तथा सार्वजनिक संरचनाहरूमा क्षति पुगेको छ । आइतबार साझ करिब ५ बजेको समयमा आएको भीषण हावाहुरीका कारण  जिल्लाको पञ्चदेवल विनायक नगरपालिका र रामारोशन गाउँपालिकाका दर्जनभन्दा बढी घर तथा सार्वजनिक संरचनाहरूमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ। सबैभन्दा बढी क्षति पञ्चदेवल विनायक नगरपालिका–२ मा बसोबास गर्ने हवाजै कामीको घर वरपर देखिएको छ। बगैँचामा रहेको रुखको हाँगा भाँचिएर शौचालय र सोलार प्यानल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। त्यस्तै सो ठाउँको  लेख काडाँगाउँकी पवित्रा देवी धामीको दुई तले चारकोठे कच्ची घरको छाना उडाएको छ। पञ्चदेवल विनायक–३ का सिरे…
पुरा पढ्नुहाेस्
हेर्नुहोस् आजको राशिफल

हेर्नुहोस् आजको राशिफल

२०८२ जेष्ठ १० । मेष आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन्। मेहनत गर्दा अवसर भने पाइनेछ। वृष नयाँ व्यवसाय सुरु गर्ने मौका छ। महत्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ। मिथुन प्रयत्न गर्दा भाग्यले साथ दिनेछ। परिवारको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ। श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ। कर्कट रमाइलो यात्राको अवसर जुट्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ। अप्ठ्यारा कामको बोझ थपिने सम्भावना छ। सिंह सुरुमा केही खर्च लागे पनि सोचेको काम बन्नेछ। व्यवसायमा लगानी बढाउने मौका जुर्न…
पुरा पढ्नुहाेस्
हेमराज थापा (बाबुराजा) को नयाँ गीत ‘मुटुमै लेखे’ सार्वजनिक

हेमराज थापा (बाबुराजा) को नयाँ गीत ‘मुटुमै लेखे’ सार्वजनिक

काठमाडौं चैत्र २८ – लोकसंगीत क्षेत्रका चर्चित गायक तथा सर्जक हेमराज थापा ९बाबुराजा० को नयाँ गीत ‘मुटुमै लेखे’ सार्वजनिक भएको छ। शान्ति श्री परियार र हेमराज थापा ९बाबुराजा० को सुमधुर आवाजमा रहेको यो गीतमा प्रेम, भावना र वियोगको कथा समेटिएको छ। गीतमा शब्द देव बोहरा र हेमराज थापा ९बाबुराजा० को रहेको छ भने संगीत पनि बाबुराजाले नै भरेका छन्। गीतको एरेन्ज पुष्कर खत्री ले गरेका हुन्। कुमार रानाले मिक्सिङरमास्टरीङ गरेका छन् भने रेकर्डिङ सुमन राना र खुमन राना को साथमा मरुनी डिजिटल स्टुडियो मा गरिएको हो। भिडियो पक्षमा पनि गीत निकै आकर्षक देखिएको छ। भिडियोमा कैलाश कठायत र सालिना खत्री…
पुरा पढ्नुहाेस्
वार्षिक पुण्य तिथिमा सहारा घरमा न्यानो कपडा वितरण 

वार्षिक पुण्य तिथिमा सहारा घरमा न्यानो कपडा वितरण 

बर्दगोरिया । कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर १० निवासी धिरेन्द्र कार्कीले जिल्लाको बर्दगोरीया गाउँपालिका वडा नम्बर २ मा रहेको असायका लागि सहयोगी हातहरु नेपाल सहारा घरमा न्यानो कपडा कम्बल वितरण गरेका छन ।   कार्कीले आफ्नी ममता मय स्वार्गिय आमा को वर्षिक पुण्य: तिथिको अवसरमा साहारा घरमा पुगि २० थान कम्बल वितरण गरेका हुन ।
पुरा पढ्नुहाेस्
सुदुरपश्चिम रोयल्सद्वारा काठामाडौं रोयल्स ७३ रनले पराजित

सुदुरपश्चिम रोयल्सद्वारा काठामाडौं रोयल्स ७३ रनले पराजित

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजलाई  ७३ रनले पराजित गरेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले प्रस्तुत गरेको १६८ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौंले १५.५ ओभरमा सबै विकेट गुमाएर ९४ रनमात्रै बनाउन सक्यो । काठमाडौंका स्टेफन एस्किनाजीले सर्वाधिक ३७ रन बनाए । उनले ३३ बलमा पाँच चौका र एक छक्का प्रहार गरे । सुमित महर्जनले १० बलमा दुई चौकासहित १४ रन जोडे । भीम सार्की र गेरहार्ड इरास्मसले समान १० रन थपे । यसबाहेक, काठमाडौंका अन्य ब्याटर दोहोरो अंकको रनसम्म पुग्न सकेनन् । काठमाडौंलाई सस्तैमा समेट्न सुदूरपश्चिमका नरेन साउदले पाँच…
पुरा पढ्नुहाेस्
यस्तो छ आज देशभरको मौसम

यस्तो छ आज देशभरको मौसम

काठमाडौँ । देशभरको मौसम आज सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । त्यसैगरी, आज राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । बिहीबार बिहान तराई तथा उपत्यकाका केही भागमा हुस्सु लाग्ने सम्भावना रहेकाले त्यसबाट दैनिक जनजीवन, यातायात तथा उडानमा आंशिक असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन विभागले सम्बद्ध सबैलाई अनुरोध गरेको छ ।
पुरा पढ्नुहाेस्
मौसम पूर्वानुमानः देशभर पश्चिमी तथा स्थानीय वायुको प्रभाव

मौसम पूर्वानुमानः देशभर पश्चिमी तथा स्थानीय वायुको प्रभाव

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाका अनुसार देशभर पश्चिमी वायु तथा पहाडी भू(भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण सोमबार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागका एक (दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । तराईका क्षेत्रमा बिहानीपख हल्का हुस्सु र कुहिरोको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ । मंगलबार पनि कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही…
पुरा पढ्नुहाेस्
मौसम पूर्वानुमान: यी दुई प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुस्सु

मौसम पूर्वानुमान: यी दुई प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुस्सु

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर पश्चिमी वायु तथा पहाडी भूभागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। देशका तराई भूभागका थोरै स्थानहरूमा हुस्सु लागेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी  र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी  र गण्डकी…
पुरा पढ्नुहाेस्