ब्रेकिङ न्युज

Featured posts

बर्दगोरियाको आगामी वर्षको बजेट एक अर्ब नौ करोड 

बर्दगोरियाको आगामी वर्षको बजेट एक अर्ब नौ करोड 

बर्दगोरिया। कैलालीको बर्दगोरिया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक अनुमानित बजेट सार्वजनिक गरेको छ । गाउँ सरकारको आफ्नो १८ औँ गाउँ सभा मार्फत गाउँ सरकारका प्रवक्ता एवम् वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतमले कुल १ अर्ब ९ करोड २१ लाख १५ हजार ६ सय ५० रुपैयाँको बजेट सार्वजनिक गरेका हुन । गाउँ सरकारले आगामी आर्थिक वर्षमा ३ करोड ८२ लाख ३३ हजार ८ सय आन्तरिक आय प्राप्त हुने अनुमान गरेको छ भने राजस्व बाँडफाँडबाट ११ करोड ५१ लाख ४१ हजार र अन्तर सरकार वित्तीय हस्तान्तरण (नेपाल सरकार) बाट कुल ५६ करोड ९८ लाख प्राप्त हुने अनुमान गरेको…
पुरा पढ्नुहाेस्
बर्दगोरिया १ मा नेतृत्व क्षमता विकास तथा उद्घोषण सम्बन्धी २ दिने तालिम शुरु

बर्दगोरिया १ मा नेतृत्व क्षमता विकास तथा उद्घोषण सम्बन्धी २ दिने तालिम शुरु

कैलाली — कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा नेतृत्व क्षमता विकास तथा उद्घोषण सम्बन्धी २ दिने तालिम सुरु भएको छ । स्थानीय तहमा सक्षम नेतृत्व विकास गर्ने उद्देश्यले आयोजना गरिएको उक्त तालिम प्रभावकारी रूपमा सुरु भएको हो । तालिममा नेतृत्व क्षमता विकास सम्बन्धी सहजीकरण लोकेन्द्र बिष्टले गर्नुभएको थियो । उहाँले नेतृत्वको आधारभूत अवधारणा, असल नेतामा हुनुपर्ने गुण, निर्णय क्षमता, संचार सीप, समय व्यवस्थापन तथा समूहलाई प्रभावकारी रूपमा अगाडि बढाउने तरिकाबारे विस्तृत रूपमा प्रशिक्षण दिनुभएको थियो । तालिमका क्रममा सहभागीहरूलाई समूहगत अभ्यास, प्रस्तुतीकरण तथा अन्तरक्रियामार्फत सिकाइलाई अझ प्रभावकारी बनाइएको थियो । यस्ता तालिमले स्थानीय तहमा आत्मविश्वासी, सक्षम तथा जिम्मेवार नेतृत्व…
पुरा पढ्नुहाेस्
श्री लालिगुँरास सामुदायिक वन उपभोक्ता समूहको ९ औँ वार्षिक साधारण सभा सम्पन्न

श्री लालिगुँरास सामुदायिक वन उपभोक्ता समूहको ९ औँ वार्षिक साधारण सभा सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा रहेको श्री लालिगुँरास सामुदायिक वन उपभोक्ता समूहको ९ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।   सामुदायिक वनका अध्यक्ष भीम बहादुर कुँवरको अध्यक्षतामा सोमबार भएको उक्त ९ औँ वार्षिक साधारण सभाका प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका वडा नं। ३ का वडा अध्यक्ष मन ऋषि आचार्य हरेका थिए ।   कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि आचार्यले सामुदायिक वन समुदायको भएको हुँदा आम उपभोक्ताले प्रत्यक्ष रूपमा लाभ लिन सक्ने बताए । समुदायलाई वन बाट पाउने हरेक प्रकारका सेवा सुलभ रूपमा सम्पूर्ण उपभोक्ताले पाउँदै आएको बताउँदै कसैलाई काखा पाका गरेर विभेद नगर्न समेत अनुरोध…
पुरा पढ्नुहाेस्
धनगढीको तापक्रम ४१ डिग्री पुग्ने, अन्य ठाउँको माैसम कस्तो रहला ?

धनगढीको तापक्रम ४१ डिग्री पुग्ने, अन्य ठाउँको माैसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको पछिल्लो विवरण अनुसार सोमबार देशका विभिन्न भागमा मौसमको दुई फरक रूप देखिने भएको छ। एकातिर सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा ‘तातो लहर’ चल्ने सम्भावना छ भने अर्कोतिर देशका धेरैजसो पहाडी, मध्य र पूर्वी भेगमा मेघगर्जनसहित वर्षा हुने पूर्वानुमान गरिएको छ।   दिउँसोको समयमा विशेषगरी पश्चिमी तराईका जिल्लाहरू अत्यधिक गर्मीको चपेटामा पर्नेछन्। दिपायल, धनगढी र नेपालगञ्जमा दिउँसो ‘तातो हावाको लहर’ चल्ने मौसम पूर्वानुमान छ। यी सहरहरूको अधिकतम तापक्रम ३८ देखि ४१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ, जसमध्ये धनगढी र नेपालगञ्जको तापक्रम सबैभन्दा बढी ४१ डिग्री सेल्सियससम्म पुग्न सक्नेछ।   त्यसैगरी, वीरेन्द्रनगर, घोराही र…
पुरा पढ्नुहाेस्
सीमा विवाद; घाइते चारजनाको हेलिकप्टर मार्फत उद्धार 

सीमा विवाद; घाइते चारजनाको हेलिकप्टर मार्फत उद्धार 

बाजुरा । बाजुराको हिमाली गाउँपालिकाको रानी सैनमा सीमा विवाद हुँदा हुम्लाका स्थानीय आक्रमणबाट घाइते भएका चारजनालाई हेलिकप्टर मार्फत उद्धार गरिएको छ। हिमाली गाउँपालिका–३ लाम्पाटामा अस्थायी प्रहरी चौकी निर्माण भइरहेको बेला हुम्लाको खार्पुनाथ गाउँपालिका–२, थालीका बासिन्दाले आक्रमण गरेका थिए । सो आक्रमणबाट ६ जना घाइते भएका थिए । आक्रमणमा परी हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा, वडा नम्बर ३ का वडासदस्य पेमा गारा गुरुङ, उनकी श्रीमती लक्ष्मी गुरुङ, स्थानीय मीनु कुँवर र नरबहादुर गुरुङ तथा प्रहरी चौकी विच्छ्यामा कार्यरत प्रहरी सहायक हवल्दार महेश धामी घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिए । घाइते भएकामध्ये चार जनालाई…
पुरा पढ्नुहाेस्
इरानको शान्ति प्रस्तावमा यी हुन् अमेरिकाका पाँच सर्त

इरानको शान्ति प्रस्तावमा यी हुन् अमेरिकाका पाँच सर्त

काठमाडौं । इरानलाई अमेरिकाले पाँचबुँदे सर्तसहित जवाफ पठाएको छ । फेब्रुअरी २८ देखि सुरु युद्ध अन्त्य गर्ने उद्देश्यले इरानले अमेरिकासमक्ष शान्ति प्रस्ताव पठाएको थियो । अमेरिकाले इरानसमक्ष पाँच प्रमुख सर्त राखेको फार्स समाचार एजेन्सीले जनाएको छ । ती सर्तमा इरानले एउटा मात्र परमाणु केन्द्र सञ्चालन गर्न पाउने, अत्यधिक सम्वद्र्धित युरेनियमको मौज्दात अमेरिकालाई हस्तान्तरण गर्नुपर्ने, विदेशमा रोक्का राखिएको इरानी सम्पत्तिको २५ प्रतिशत पनि फुकुवा नगरिने, युद्धका क्रममा इरानमा भएको क्षतिको कुनै क्षतिपूर्ति नदिइने र वार्ताको सुरुआतमै सबै मोर्चामा पूर्ण युद्धविराम लागु हुनुपर्ने उल्लेख रहेको जनाइएको छ । इरानको अर्को समाचार एजेन्सी मेहरले भनेको छ, “अमेरिकाले कुनै ठोस छुट नदिई युद्धका क्रममा…
पुरा पढ्नुहाेस्
नारायणगढ-मुग्लिन सडक अवरुद्ध

नारायणगढ-मुग्लिन सडक अवरुद्ध

काठमाडौं । सुक्खा पहिरो खस्दा नारायणगढ(मुग्लिन सडक अवरुद्ध भएको छ । उक्त सडकअन्तर्गत इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा सुक्खा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको हो । मुग्लिनस्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार पहिरोले सडक पूर्ण रूपमा बन्द भएको छ । सडक डिभिजन कार्यालयसँगको समन्वयमा पहिरो पन्छाउन प्रहरी टोली परिचालन भएको छ ।
पुरा पढ्नुहाेस्
सिजनमै  रासायनिक मल आपूर्ति नहुँदा किसान चिन्तित

सिजनमै  रासायनिक मल आपूर्ति नहुँदा किसान चिन्तित

जनकपुर। रासायनिक मलको अभाव प्रत्येक वर्ष खेती गर्ने समयमा मधेसका किसानले मलको अभाव झेल्नुपर्ने परेको छ । समयमै मल आपूर्ति नहुँदा किसानले सिजनमै मलको अभाव सामना गर्नुपर्ने नियति छ । यतिबेला मकै बालीका लागि रासायनिक मल आवश्यक पर्छ । केही महिनामै धान खेतीका लागि पनि मलको जोहो गर्नुपर्ने बाध्यतामा किसान छन् । अन्न उत्पादनको दृष्टिले महत्त्वपूर्ण मानिको मधेस प्रदेशमै रासायनिक मलको अभाव बढ्न थालेको छ । रासायनिक मल, भरपर्दो सिँचाइ र उन्‍नत बीउको सहज उपलब्धता नहुँदा कृषि उत्पादनमा ह्रास आउने कृषकको भनाइ छ । ‘एकातिर सरकारले कृषिको उत्पादन र उत्पादकत्वलाई प्राथमिकता दिएका छौँ भन्छ, तर अर्कोतर्फ कृषकलाई चाहिने मल समयमै…
पुरा पढ्नुहाेस्
जिप दुर्घटना परि १२ जना घाइते, ३ को अवस्था गम्भीर

जिप दुर्घटना परि १२ जना घाइते, ३ को अवस्था गम्भीर

काठमाडौं । डोल्पाको मुड्केचुलामा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । घाइतेमध्ये तीनको अवस्था गम्भीर छ । सोमबार साँझ रुकुम पश्चिमको त्रिवेणीदेखि डोल्पाको मुड्केचुला खर्क जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०४२८ नम्बरको जिप मुड्केचुला गाउँपालिका–१ भोटाऔल क्षेत्रमा दुर्घटनामा परेको हो ।   ब्रेक फेल भएर जिप दुर्घटना भएको मुड्केचुला–१ का वडाध्यक्ष पवन बुढाले जानकारी दिए । उनका अनुसार घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ । उनीहरूलाई थप उपचारका लागि रुकुम पश्चिमको चौरजहारीस्थित नगर अस्पताल पठाइएको छ । अन्य ९ जना घाइतेको भने स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको वडाध्यक्ष बुढाले बताए ।
पुरा पढ्नुहाेस्
यी पदाधिकारी पदमुक्त हुँदैः प्रशासनिक तथा सामाजिक क्षेत्रतर्फबाट

यी पदाधिकारी पदमुक्त हुँदैः प्रशासनिक तथा सामाजिक क्षेत्रतर्फबाट

काठमाडौँ । प्रशासनिक तथा सामाजिक क्षेत्रका पदाधिकारीहरूको पद रिक्त हुने भएको छन। राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेसँगै प्रशासनिक तथा सामाजिक क्षेत्रका पदाधिकारीहरूको पद रिक्त हुने भएको हुन।   प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले विभिन्न मन्त्रालय मातहतका निकायहरूमा नयाँ कार्यशैली भित्र्याउने लक्ष्यका साथ ल्याएको यो अध्यादेशपछि नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान ऐन, २०३९ बमोजिम नियुक्त भएका चार जना र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान ऐन, २०४९ अन्तर्गत नियुक्त एक जना पदाधिकारी अब पदमुक्त हुने भएका छन्।   यस्तै, सामाजिक सेवा र नियमनको क्षेत्रमा सक्रिय समाज कल्याण ऐन, २०४९ बमोजिम नियुक्त १० जना र नेपाल इन्जिनियरिङ…
पुरा पढ्नुहाेस्